काठमाडौं । बंगलादेशमा बिहे भोजमा चट्याङ पर्दा १७ जनाको मृत्यु भएको छ । घटनामा परी बेहुलासहित १४ जना घाइते भएका छन् ।
Advertisement
उत्तरी बंगलादेशको शिवगन्जमा पद्मा नदीमा एउटा डुङ्गाबाट ओर्लिएर बेहुला पक्षका मानिसहरू बेहुलीको घरतिर जान लागेको बेलामा ठूलो वर्षा भएको थियो । स्थानीय बासिन्दाका अनुसार उनीहरूमाथि चट्याङ खसेको थियो ।
बीबीसीका अनुसार बेहुला र बेहुली सुन्दरपुरका बासिन्दा हुन् । घटना हुँदा बेहुली उक्त समूहमा थिइनन् ।
बंगलादेशले सन् २०१६ मा चट्याङलाई राष्ट्रिय प्राकृतिक विपत्ति घोषणा गरेको थियो । सो वर्ष मे महिनामा चट्याङका कारण २०० जनाको मृत्यु भएको थियो । त्यतिबेला एकैदिन ८२ जनाको चट्याङ लागेर ज्यान गएको थियो ।