जेनेभा । संयुक्त राष्ट्र सङ्घले डारफोरमा रहेको मिसनबाट शान्ति सैनिक फिर्ता भएको जनाएको छ । सो जानकारी डारफोरमा रहेको संयुक्त राष्ट्रसङ्घ मिसनका लजिस्टिक प्रमुख अतुल खारेले मङ्गलबार दिनुभएको हो ।
उहाँले दक्षिण सुडानको डारफोरमा रहेको मिसनका सदस्य हटेको जानकारी दिनुभयो । उहाँका अनुसार सो मिसनमा रहेका शान्ति सैन्य र अरू सबै कर्मचारी पनि त्यहाँबाट हटेको बताइएको छ ।
त्यहाँ गत १३ वर्षदेखि जारी रहेको हिंसाबाट यहाँका नागरिकलाई बचाउने भन्दै संयुक्त राष्ट्रसङ्घीय मिसन सुरु भएको थियो । सो मिसनको अन्तिम समय २०२० को डिसेम्बर ३१ सम्म मात्र रहेको थियो । हिंसा जारी नै रहेको भनेपछि यहाँका अधिकारीहरूले आजसम्म यो मिसन जारी राखेका थिए । मङ्गलबारदेखि ती मिसनका सबै सैनिक र कर्मचारी फिर्ता भएका बताइएको हो ।
गत जुन ३० मा त्यहाँका ६ हजार प्रहरी र सैनिक फिर्ता भएका थिए । अरू बाँकी रहेका शान्ति सैनिक, प्रहरी र अरू कर्मचारीले पनि मङ्गलबार सुडान छोडिसकेका छन् । (रासस/सिन्ह्वा)