• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

कतिपय दलमा ‘खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने’ संस्कार छ


  •   बुधबार, चैत १८, २०७७ मा प्रकाशित
  • जनकराज शर्मा, महासचिव, राष्ट्रिय जनमोर्चा

    Advertisement

    राष्ट्रिय जनमोर्चाको चौथो राष्ट्रिय सम्मेलनको सङ्घारमा हुनुहुन्छ । सम्मेलनको तयारी कसरी चल्दै छ ?
    चौथो राष्ट्रिय सम्मेलन यही चैत २४, २५ र २६ गते रूपन्देही जिल्लाको बुटवलमा हुँदै छ । सम्मेलनको तयारी व्यापक रूपले द्रुतगतिमा अगाडि बढेको छ । प्रायः सबै जिल्लाहरूले प्रतिनिधि छनोट गरी त्यसको सूची केन्द्रीय कार्यालयमा पठाइसकेका छन् । कोभिड–१९ को प्रकोप पुनः बढ्न थालेको छ । त्यसबाट सुरक्षित हुनका लागि स्वास्थ्यका आवश्यक मापदण्ड अपनाउँदै नितान्त प्रतिनिधिमूलक रूपमा यो सम्मेलन सम्पन्न हुने छ । सम्मेलनका लागि आवश्यक व्यवस्थापकीय काम पनि करिब करिब पूरा भएका छन् ।

    राष्ट्रिय सम्मेलनमा कुन कुन जिल्लाबाट कति सङ्ख्या प्रतिनिधिहरूको प्रतिनिधित्व हुँदै छ ?
    सम्मेलनमा करिब ७० जिल्लाबाट तीन सयभन्दा बढी प्रतिनिधिको प्रतिनिधित्व हुने छ ।

     सम्मेलनलाई लक्षित गरेर सङ्गठन विस्तारको काम कसरी अगाडि बढ्दै छ ?
    सम्मेलनलाई सफल पार्नका लागि पार्टीका नेता–कार्यकर्ताहरू देशव्यापी रूपमा जुटिरहेका छन् । सम्मेलनको तयारीको क्रममा प्रदेश, जिल्ला, पालिका र वडास्तरका समितिका बैठक, भेला, प्रशिक्षणहरू भइरहेका छन् । सम्मेलन प्रचार प्रसारको क्रममा पर्चा वितरण तथा सदस्यता वितरण र नवीकरण गर्ने काम पनि सँगसँगै भएका छन् ।

     देशको वर्तमान परिस्थितिलाई कसरी नियाँल्नुभएको छ ?
    आज देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डता गम्भीर रूपमा कमजोर भएको छ । देशको राजनीतिक भविष्य अँध्यारोतर्फ धेकेलिइरहेको छ । यो अन्यौलताको स्थिति सृजना हुनुमा सरकार प्रमुख र राष्ट्रप्रमुख जिम्मेवार छन् । जनताको बलिदानीबाट प्राप्त गणतन्त्र, धर्म निरपेक्षतामाथि विदेशी शक्तिकेन्द्रको स्वार्थमा देशभित्रबाटै आक्रमण हुने खतरा छ । सरकार निर्माणको लागि मधेसवादी दलले अदालतको फैसलाबाट ज्यानमुद्दामा सजाय भोगिरहेका रेशम चौधरीको रिहाइ र संविधानमा संशोधनलाई मुख्य सर्तका रूपमा अगाडि सारेका छन् । त्यसबाट दण्डहीनताले प्रोत्साहन पाउने छ भने अर्कोतर्फ, देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डतामा गम्भीर प्रकरको समस्या पैदा हुने छ । रोग, भोग, गरिबी, बेरोजगारीबाट जनजीवन अत्यन्त कष्टकर बनेको छ । हत्या, हिंसा, बलात्कार र भ्रष्टाचारका घटना झन्पछि झन् बढिरहेका छन् । यी तमाम समस्याप्रति सरकार जवाफदेही बनेको पाइँदैन ।

    आफूलाई कथित ठुला पार्टी भन्न रुचाउने राजनीतिक दलहरू सत्ताप्राप्तिको खेलमा विदेशीको गोटी बनिरहेका छन् । सरकार गठनका लागि राजनीतिक सौदाबाजी गरिरहेका छन् । जनता र राष्ट्रका सामु देखा परेका यी गम्भीर समस्याप्रति उनीहरू बेसरोकार छन् । यी सबै खाले बेथिति र विसङ्गतिका विरुद्धमा तथा राष्ट्रियता, जनतन्त्र र जनजीविकाको पक्षमा जनतालाई सङ्गठित गर्दै सङ्घर्ष गर्नु आजको राष्ट्रिय आवश्यकता बनेको छ । त्यसका लागि राष्ट्रिय जनमोर्चा पार्टी निरन्तर जनताको बिचमा छ ।

    सर्वोच्च अदालतको पछिल्ला दुई वटा फैसलापछि पनि देशमा राजनीतिक अस्थिरता यथावत नै छ । राष्ट्रिय जनमोर्चाको दृष्टिकोणमा राजनीतिक अस्थिरताको निकास के हुन सक्छ ?
    हो । अहिले पनि देशमा राजनीतिक अस्थिरता कायम नै छ । यद्यपि सर्वाेच्चको फागुन ११ गतेको फैसलाबाट देशको संविधान, गणतन्त्र गम्भीर दुर्घटनाबाट बचेको भए पनि २३ फागुनको नेकपा विघटनको फैसालबाट विवाद नयाँ चरणमा विकास भएको छ । एमाले र माओवादी पार्टी पूर्ववत् अवस्थामा पुगेका छन् । त्यति मात्र होइन, एमालेभित्रको गम्भीर अन्तरविरोधले झनै अन्यौलता पैदा भएको छ । यो राजनीतिक अस्थिरताबाट देशभित्र एकातर्फ प्रतिगामी शक्ति र अर्काेतर्फ विदेशी साम्राज्यवादी शक्तिहरूले खेल्ने मौका पाएका छन् ।

    हाम्रो पार्टीले सुरुदेखि नै यो कुरामा जोड दिँदै आएको थियो कि मुलुकको गणतन्त्र, राष्ट्रियता, धर्म निरपेक्षताको रक्षा र राजनीतिक स्थिरताका लागि नेकपाबिचको एकता उनीहरूको पार्टीगत हितका लागि मात्र नभएर देशको राजनीतिक स्थिरताका लागि पनि आवश्यक हुन गएको छ । आज नेकपाको विघटन भएर एमाले र माओवादी–केन्द्र हुन पुगेको अवस्थामा पनि हाम्रो पार्टीको यो कुरामा जोड छ कि उनीहरूबिच सम्भव भएसम्म पार्टीएकता हुनुपर्छ । त्यो हुन नसके संयुक्तमोर्चाको सरकार बनाएर भए पनि वामपन्थीहरूको संसद, सरकार र देशको राजनीतिलाई स्थायित्व दिनुपर्दछ । त्यसका लागि केपी ओलीले राजीनामा दिनुपर्छ भन्ने राष्ट्रिय जनमोर्चाको दृष्टिकोण रहेको छ । त्यसबाट नै देश, जनता र स्वयम् ती पार्टीहरूको पनि हित हुने छ ।

     नयाँ सरकार कुन कुन पार्टीको माझबाट गठन हुनु ठिक हुन्छ भन्ने लाग्दछ यहाँलाई । अब बन्ने सरकारमा राष्ट्रिय जनमोर्चा सहभागी हुन सक्छ ?
    यो प्रश्नको जवाफ मैले दिइसकेको छु र फेरि दोहो-याउँछु, अहिले पनि संसदमा वामपन्थीहरूको करिब दुईतिहाइ बहुमत छ । यस आधारमा वामपन्थीहरूको संयुक्त सरकार गठन गर्न सकिन्छ र गठन हुनु पनि पर्छ । केपी ओलीले कानुनी र नैतिक हैसियत गुमाइसकेको हुँदा त्यसको विकल्प वामशक्तिहरूको संयुक्त सरकार नै हो । हाम्रो पार्टी सरकारमा जाँदैन । तर वामशक्तिहरूको संयुक्त सरकार बनेमा त्यसलाई समर्थन गर्ने हाम्रो नीति हुने छ ।

    ऋषि कट्टेल नेतृत्वको पार्टी निर्वाचन आयोगमा दर्ता हुँदाहुँदै अयोधीप्रसाद यादव आयुक्त रहेका बेला अर्को नेकपा पार्टी दर्ता गरियो । हाल आएर सर्वोच्चको नयाँ फैसला आएको छ । यस सन्दर्भमा निर्वाचन आयोगसमेतको पक्षपातपूर्ण रवैयालाई कसरी बुझ्नुभएको छ ?
    निर्वाचन आयोगको रवैया त छँदै छ । यो परिस्थितिको सृजना हुनुमा त्यत्ति मात्र नभएर त्यसमा एमाले र माओवादी–केन्द्रको सत्ता र शक्तिको दम्भ पनि हो । विधिप्रक्रिया मिच्ने उनीहरूको प्रवृत्तिको उपजको परिणाम अर्काे नेकपा पार्टी दर्ता गरिएको हो ।

    राष्ट्रिय जनमोर्चा नेकपाको (मसाल) वैधानिक मोर्चा भएको बताइन्छ । तर तपाईंहरू निर्वान आयोगले तय गरेको विधिप्रक्रियाबाट चल्नुहुन्छ । यस्तो अवस्थामा पार्टी र निर्वाचन आयोगको निर्देशनमाझ कुनै असामञ्जस्यताको स्थिति आउने गरेको त छैन ?
    राष्ट्रिय जनमोर्चा एउटा वैधानिक पार्टी हो अर्थात् यो सामन्तवाद–साम्राज्यवाद विरोधी राजनीतिक शक्तिहरूलाई गोलबन्द गरेर अग्रगामी परिवर्तनका पक्षमा काम गर्न स्थापित भएको कानुनी पार्टी हो । यो आफैमा कम्युनिस्ट पार्टी होइन । यसले नेकपा (मसाल) को राजनीतिक कार्यदिशालाई नैतिक रूपमा समर्थन र सहयोग गर्दछ । राष्ट्रिय जनमोर्चा नेपालको संविधान, कानुनअन्तर्गत रहेर राष्ट्रियता, जनतन्त्र र जनजीविका वा प्रगतिशील रूपान्तरणको पक्षमा दृढतापूर्वक उभिँदै आएको छ । यो स्थितिमा राष्ट्रिय जनमोर्चा पार्टी र निर्वाचन आयोग दुवै नेपालको वर्तमान संविधान, कानुनको आधारमा सञ्चालित हुने भएको हुँदा असामञ्जस्यता आउने कुरा भएन ।

     तपाईहरूले नयाँ जनवादी क्रान्तिको तयारी गर्नुपर्ने बताइरहनुहुन्छ । निर्वाचन आयोगद्वारा बनाइएको विधिप्रक्रियाअन्तर्गत रहेर राष्ट्रिय जनमोर्चाको नेतृत्वमा नयाँ जनवादी क्रान्तिको तयारी गर्नु सम्भव छ ?
    नयाँ जनवादी क्रान्तिको नेतृत्व क्रान्तिकारी सर्वहारा वर्गको पार्टीले मात्र गर्न सक्छ । नेपालमा क्रान्तिकारी सर्वहारा वर्गको एक मात्र पार्टी नेकपा (मसाल) हो । राष्ट्रिय जनमोर्चा क्रान्तिकारी सर्वहारा वर्गको पार्टी नभएको हुँदा तपाईंले प्रश्न गरेअनुसार न त यसले नयाँ जनवादी क्रान्तिको तयारी गर्न सक्छ, न त यसले नयाँ जनवादी क्रान्तिको नेतृत्व नै गर्न सक्छ ।

    राष्ट्रिय जनमोर्चा देशभक्त, प्रगतिशील र वामपन्थी विचार भएका सदस्यहरूको बाहुल्यता भएको सङ्गठन हो । नेपालमा तत्कालै नयाँ जनवादी क्रान्ति सुरु गर्नका लागि क्रान्तिकारी परिस्थिति तयार भएको छैन । क्रान्तिको वस्तुगत परिस्थिति तयार भए पनि आत्मगत परिस्थिति परिपक्व भएको देखिँदैन । त्यो अवस्थामामा कानुनी सङ्घर्ष नै तात्कालिक सङ्घर्षको प्रधान पक्ष बन्न जान्छ । यद्यपि सशस्त्र सङ्घर्ष नै सङ्घर्षको अन्तिम र निर्णायक पक्ष हो ।

    आजको यो परिस्थितिमा जनान्दोलनबाट प्राप्त भएका उपलब्धिको रक्षा गर्दै थप उपलब्धि प्राप्तिका लागि कानुनी सङ्घर्षमा जोड दिनुपर्दछ । त्यसले नयाँ जनवादी क्रान्तिको आधार तयार गर्न मद्दत गर्दछ भन्ने नेकपा (मसाल) को विश्लेषण छ । नेकपा (मसाल) को तात्कालिक परिस्थितिमा अवलम्बन गरिएको शान्तिपूर्ण जनसङ्घर्षको नीतिलाई राष्ट्रिय जनमोर्चा पनि कानुनी पार्टी भएकाले नेपालको संविधान तथा प्रचलित कानुनको अधिनमा रहेर यसले कानुनी सङ्घर्षमा जोड दिँदै आएको छ ।

    मतदानको आधारमा मूल्याङ्कन गर्दा राष्ट्रिय जनमोर्चाको मतदाता सङ्ख्या घट्दै गइरहेको देखिन्छ । यस्तो किन भइरहेको छ ? के तपाईंहरूले जनताको पक्षमा काम गर्न नसकेर हो ?
    बुर्जुवा संसदीय व्यवस्थाको आन्तरिक चरित्रको विषयमा सर्वसाधारण जनाता अनभिज्ञ छन् । यो प्रणालीमा जे भनिन्छ, त्यो गरिन्न । जे गरिन्छ, त्यो भनिँदैन । अर्काे शब्दमा एउटा भन्ने र अर्काे गर्ने गरिन्छ । त्यसैले लेनिनले भन्नुभएको थियो– “संसद भनेको खसीको टाउको देखाएर कुकुरको मासु बिक्री गर्ने थलो हो ।” नेपालका राजनीतिक दल र उनीहरूको राजनीतिक संस्कार पनि त्योभन्दा फरक देखिँदैन । उनीहरूको त्यो राजनीतिक संस्कारको प्रभाव जनतामा पर्ने नै भयो ।

    निर्वाचनको समयमा त त्यो राजनीतिक संस्कार झनै घरदैलोसम्म पुग्दछ । निर्वाचनको समयमा मतदाताको बिचमा उनीहरू साम, दाम, दण्ड, भेदको नीति अपनाउँछन् । त्यसबाट जनता अलमलमा पर्दछन् । उनीहरूको पछि लाग्न बाध्य हुन्छन् । सिद्धान्त, विचार, राजनीतिको आधारमा जनतालाई प्रशिक्षित गर्ने काम उनीहरूबाट हुँदैन । त्यसको ठिक विपरीत जनतालाई झुट आश्वासन दिएर जनमत आकर्षित गर्दछन् । त्यसले गर्दा सही राजनीति विचार, सिद्धान्त ओझेलमा पर्दछ । राष्ट्रिय जनमोर्चाको मत सङ्ख्या घट्दै जानुमा त्यसको सही सिद्धान्त, विचार र राजनीति ओझेलमा पर्नुले काम गरेको छ ।

    अर्काे सत्य कुरा के पनि हो भने राष्ट्रिय जनमोर्चाको सिद्धान्त, विचार र राजनीतिलाई सबै जनताको बिचमा हामीले पु¥याउन पनि सकेका छैनौँ । विरोधी शक्तिको जालझेललाई चिरेर जान सकेका छैनौँ । त्यतातर्फ हाम्रो ध्यान जान जरुरी छ । जनतामाझ हाम्रो साङ्गठनिक पहुँचको कमी हुनु पनि एउटा कारण हो ।

    आफ्नो स्थापनाकालदेखि नै राष्ट्रिय जनमोर्चाले निर्वाचनमा भाग लिइरहेको छ । निर्वाचनमा भाग लिएयता हालसम्मको उपलब्धि के हो ?
    बुर्जुवा व्यवस्थाअन्तर्गतको निर्वाचनलाई राष्ट्रिय जनमोर्चाले एउटा राजनीतिक आन्दोलन वा सङ्घर्षको रूपमा लिने गरेको छ । राष्ट्रिय जनमोर्चा मुलुकको राष्ट्रियता, सार्वभौमिकता, राष्ट्रिय अखण्डता, राष्ट्रिय स्वाधीनता र प्राप्त गणतन्त्र र धर्म निरपेक्षताको रक्षाको पक्षमा दह्रो प्रकारले उभिँदै आएको छ । देशमा विद्यमान हत्या, हिंसा, बलात्कार, महङ्गी, भ्रष्टाचार, अपराधिक क्रियाकलापलाई रोक्नका लागि सरकारलाई खबरदारी गर्दै आइरहेको छ । जनताको स्वास्थ्य, शिक्षा र रोजगारको ग्यारेन्टी गरिनुपर्दछ भनेर आवाज बुलन्द गर्दै आएको छ । राष्ट्रिय जनमोर्चाले निर्वाचनमा जितेका सङ्घ, प्रदेश र स्थानीयतहमा सन्तुलित विकास नीति अवलम्बन गर्ने प्रयत्न गरेको छ । विशेष गरिकन सङ्घ, प्रदेश र स्थानीयतहका सदन र सडकमा सुशासन र विकासका लागि राजमोका प्रतिनिधिले खेलेको भूमिकाबाट सङ्गठनको जनपक्षीय विचार, राजनीति, सिद्धान्त तथा कार्यक्रमलाई जनताको बिच लैजान सहयोग मिलेको छ । यसलाई निर्वाचनमा भाग लिएयताको उपलब्धिको रूपमा लिन सकिन्छ ।

     प्रदेशसभा र स्थानीयतहमा राष्ट्रिय जनमोर्चाका जनप्रतिधिको भूमिका कस्तो छ ?
    प्रदेशसभा र स्थानीयतहमा राष्ट्रिय जनमोर्चाका जनप्रतिनिधिको उपस्थिति न्यून छ । जनप्रतिनिधिको सङ्ख्या कम भएकै कारणले नीति निर्माण गर्दा हाम्रा जनप्रतिनिधिले पेस गरेका जनपक्षीय नीति तथा कार्यक्रम पनि पारित हुँदैनन् । कतिपय स्थानीय तह, जहाँ हाम्रो जनप्रतिनिधिको बहुमत छ, त्यहाँ राम्रै काम भएको देखिन्छ । तर पनि प्रदेशसभा र स्थानीयतहमा हाम्रा जनप्रतिनिधिले जनता र राष्ट्रको पक्षमा अहिलेसम्म जे जति भूमिका खेलेका छन्, त्यतिले मात्र पर्याप्त हुँदैन । त्योभन्दा थप भूमिका खेल्नुपर्ने आवश्यकता छ† मतदाताको नजरमा कुशल जनप्रतिनिधिको रूपमा जानिनु आवश्यक छ । त्यो कुरामा जनप्रतिनिधिले विशेष ध्यान दिनुपर्दछ ।

     राष्ट्रिय जनमोर्चाको सङ्घीयता विरोधी आन्दोलन कहाँ पुग्यो ? कतै सङ्घीयताप्रति राष्ट्रिय जनमोर्चा नरम बन्दै गइरहेको अवस्था त होइन ?
    राष्ट्रिय जनमोर्चाले सङ्घीयता खारेजीको आन्दोलन सुरुदेखि अहिलेसम्म निरन्तर चलाइराखेको छ । सङ्घीयता विरुद्धको आन्दोलन झन्पछि झन् सशक्त बन्दै गएको छ । सङ्घीय प्रणाली नेपालको लागि अफापसिद्ध रहेछ भन्ने कुरा झन्पछि झन् छर्लङ्ग हुँदै गएको छ । राष्ट्रिय जनमोर्चाले सुरुदेखि यो कुरा भन्दै आएको थियो कि यदि नेपालबाट सङ्घीय प्रणाली खारेज नगर्ने हो भने यसले नेपाल राज्यलाई नै खारेज गर्ने छ । सङ्घीयताकै कारण आज देशमा संवैधानिक, राजनीतिक, आर्थिक र सामाजिक सङ्कट पैदा भएको छ । देश अँध्यारो सुरुङतर्फ गइरहेको छ । सङ्घीयताका यी सबै दुष्परिणामको कारणले मुलुकमा सङ्घीयता विरोधी जनमत बढिरहेको छ । यो जनमतको नेतृत्व राष्ट्रिय जनमोर्चाले सुरुदेखि निरन्तर गर्दै आएकोले सङ्घीयता विरोधी आन्दोलनप्रति नरम हुने प्रश्न नै हुँदैन ।

    राष्ट्रिय जनमोर्चाका सङ्गठन र सङ्घर्षका आगामी कार्यक्रम के कस्ता छन् ?
    अहिले राष्ट्रिय जनमोर्चा पार्टी ऐतिहासिक चौथो राष्ट्रिय सम्मेलनमा जुटेकाले हाम्रो सम्पूर्ण ध्यान सम्मेलन सफल पार्नेतर्फ केन्द्रित छ । राष्ट्रिय सम्मेलन तत्कालै सम्पन्न हुने भएकाले सम्मेलनबाट नै सङ्गठन र सङ्घर्षसम्बन्धी ठोस कार्यक्रम बन्ने छन् ।

    देशको भौतिक विकास निर्माणको सन्दर्भमा राष्ट्रिय जनमोर्चाको धारणा के हो ? देशको भौतिक विकास निर्माण कसरी गरिनुपर्दछ भन्ने लाग्दछ ?
    कुनै पनि देशको भौतिक विकास हुने कुरा एउटा नियमित प्रक्रिया हो । नेपालको कतिपय क्षेत्रमा भौतिक विकास भएका पनि छन्† जस्तो– यातायात, सञ्चार, शिक्षा, स्वास्थ्य, विद्युत, खानेपानी आदि क्षेत्रमा विकास भएको पाइन्छ । तर मुख्य प्रश्न भौतिक विकास भएको छ/छैनभन्दा पनि भौतिक विकासको प्रयोग कसरी भएको छ भन्ने विषय नैमहत्वपूर्ण प्रश्न हो ।

    हामीले देखेका छौँ, हाम्रो देशभित्र भएका भौतिक विकासको प्रतिफल समाजका कुन वर्ग भोग गर्न सक्षम हुन्छ वा भोग गर्ने हैसियत राख्दछन् ? त्यसको यथार्थ पहिचान गर्न सकेको खण्डमा मात्र भौतिक विकासको वास्तविक औचित्य पुष्टि हुन सक्छ । नेपालको विभिन्न क्षेत्रमा जे जति भौतिक विकास भएका छन्, ती भौतिक विकासको प्रतिफल आधारभूत तहका जनताले उपभोग गर्न सक्षम भएका छन् कि छैनन ? त्यो विषयमा हाम्रो मुख्य ध्यान जान जरुरी छ ।

    नेपालमा बिजुली छ । तर बिजुलीको भाडा तिर्न सक्ने आर्थिक हैसियत राख्नेका लागि मात्र बिजुलीको विकास भएको मानिन्छ । नेपालमा यातायातको विकास भएको छ । जसले गाडीको भाडा तिर्न सक्ने आर्थिक हैसियत राख्दछ, त्यसका लागि मात्र यातायातको विकासको औचित्य हुन्छ । नेपालमा कृषिकलेज, मेडिकल कलेज, इन्जनियरिङ कलेजहरू खोलिएका छन्, जसले त्यसको शुल्क तिर्न सक्ने आर्थिक हैसियत राख्दछ, त्यसका लागि मात्र शिक्षाको विकास भएको हुन्छ । तर शुल्क तिर्न सक्ने आर्थिक हैसियत नराख्नेका लागि माथि उल्लेखित भौतिक विकासको कुनै औचित्य हुँदैन ।
    त्यसैले हाम्रो विकाससम्बन्धी धारणा के हो भने भौतिक विकास भएर मात्र देश विकास भएको ठहरिँदैन । भौतिक विकासको साथसाथै भौतिक विकासको प्रतिफल देशका आधारभूत वर्गका जनताले उपभोग गर्नका लागि आर्थिक हैसियत राख्न सक्ने क्षमताको विकास राज्यले गराउन सके मात्र समग्र देशको विकास भएको मानिन्छ । आधारभूत तहका जनताको आर्थिक हैसियत बढ्नका लागि उनीहरूलाई सिपमूलक र रोजगारमूलक शिक्षा अध्ययनका लागि राज्यले सेवासुविधा उपलब्ध गराउनेतर्फ ध्यान दिनु जरुरी छ । नेपालको अहिलेको विकासनीति सहरमुखी छ, ग्रामीण क्षेत्रको विकासमा ध्यान दिएको पाइँदैन । हाम्रो पार्टीले सन्तुलित विकास नीतिमा जोड दिएको छ ।
    अन्तर्वाता प्रकाश थापामगर

    बुधबार, चैत १८, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अस्वस्थ भए पनि मसालप्रति प्रतिबद्ध छु
    लोकतान्त्रिक गणतन्त्र विश्वकै उत्कृष्ट व्यवस्था हो– प्रथम राष्ट्रपति डा यादव
    गणतन्त्र नेपाली जनताको सामूहिक सङ्घर्षबाट प्राप्त उपलब्धि होः मुख्यमन्त्री पाण्डे
    पाकिस्तानद्वारा ट्रम्पको प्रस्ताव अस्वीकार
    तानाशाही ध्येयका साथ विद्यार्थी सङ्गठनमाथि प्रतिबन्ध लगाइँदैछ : जिसी (भिडियो अन्तर्वार्ता)
    चीनमा स्वेच्छिक अंगदाता संख्या ७३ लाख नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.