नवलपरासी । राष्ट्रिय जनमोर्चा नवलपरासीको संघर्ष र संगठन परिचालन समिति, निर्वाचन क्षेत्र नं. २ को आयोजनामा सुनवल नगरपलिका वडा नं. ५ वनकट्टिमा वार्डस्तरीय भेला सम्पन्न भएको छ ।
भेलाले टिकाराम पौडेलको अध्यक्षतामा सात सदस्यीय वार्ड कमिटी गठन गरेको छ । समितिको उपाध्यक्षमा युगबहादुर पुन, सचिव पुष्पा विक, कोषाध्यक्ष ताराबहादुर विक तथा सदस्यमा सरिता पौडेल लगायत रहनु भएको छ ।
भेलालाई राजमो नवलपरासी जिल्ला अध्यक्ष किसनबहादुर अधिकारी, जिल्ला सल्लाहकार तिलकप्रसाद सुवेदीलगायत नेताहरुले शुभकामना दिनुभएको थियोे।
सुनवल ६ तिल्कानामा टोल कमिटी गठन
यस्तै, सुनवल नगरपालिका वार्ड नं. ६ तिल्कानामा आयोजित एक भेलाले ११ सदस्यीय तिल्काना गाउँ समिति गठन गरेको छ ।

जसको अध्यक्षमा ईन्दिरा कुमारी रोका, उपाध्यक्षमा दिलमाया थापा, सचिवमा बिशाल नेपाली, सहसचिवमा रक्षा राना, कोषाध्यक्षमा लक्ष्मी राना तथा सदस्यहरु नरबहादुर राना, मनरुपा रोका, रामु भण्डारी, लक्ष्मी परियार, सरिता नेपाली लगायत रहनु भएको छ ।
भेलामा राजमो जिल्ला अध्यक्ष किसनबहादुर अधिकारी, जिल्ला सल्लाहकार तिलकप्रसाद सुवेदी, राजमो जिल्ला सदस्य शेरबहादुर सुर्यवंशी, अखिल नेपाल महिला संघ जिल्ला अध्यक्ष सम्झना सुवेदी र अखिल नेपाल युवक संघ जिल्ला अध्यक्ष कुलराज गौतमको उपस्थित रहेको थियोे ।





