शंकरप्रसाद पोख्रेल, तम्घास ।
गुल्मीको कालीगण्डकी गाउँपालिका वडा नं ५ मा राष्ट्रिय जनमोर्चाको भेला सम्पन्न भएको छ । भेलाले राजमोको वडा समिति पुनर्गठनसमेत गरेको छ ।
भेलाको उद्घाटन मूल प्रवाह अखिल भारत नेपाली नेपाली एकता समाजका केन्द्रीय सदस्य रामकुमार क्षेत्रीले गर्नु भएको थियो । कार्यक्रममा कालीगण्डकी गाउँपालिकाका उपाध्यक्ष तथा राजमो केन्द्रयि सदस्य तारा थापा क्षत्री, राजमो गुल्मीका सदस्य पूर्णबहादुर थापा, राजमो बुटवल उपमहानगर सदस्य थम्मनसिंह पुलामी लगायत नेताहरुको आतिथ्यता रहेको थियो ।
भेलाले मिथुन बलालको अध्यक्षतामा ३७ सदस्यीय वडा समिति पुनर्गठन गरेको छ । जसको उपाध्यक्षमा युबराज सापकोटा, सचिव गंगाधर सापकोटा, सहसचीव दिपक बलाल, कोषध्यक्ष सोमनाथ बलाल तथा सदस्यहरुमा किरण बुढाथोकी, तारसिंह पुलामी, खेम सारु, हिमलाल बलाल, धनबहादुर राना, नरेन्द्र बलाल, मनबहादुर थापा, ओमबहादुर श्रीस, बाबुराम गुरुङ, लिलबहादुर विक, भोजराज सापकोटा, पदम श्रीस, रुमबहादुर बुढाथोकी, बिस्ना सापकोटा, जमुना सापकोटा, सीता परियार, सकुन्तला सापकोटा, रुपा पुलामी, महादेव सापकोटा, दुर्गाबहादुर श्रीस, पूर्णबहादुर राना, धनसिंह काउछा रहनुभएको छ ।
भेलाको अध्यक्षता दुर्गाबहदुर थापाले गर्नु भएको थियो भने सञ्चालन गंगा सापकोटा र स्वागत पुरन रानाले गर्नुभएको थियो ।





