• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सुनसरी घटनाको सन्दर्भमा

आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

लोकप्रिय समाचार

  • १. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ४. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ५. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • ६. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जनजाति मुक्ति आन्दोलन

महाकाली नदीमा तटबन्ध बनाउनु अन्तर्राष्ट्रिय कानुनको उल्लंघन : नेकपा (मसाल)


  •   बिहिबार, पुष २३, २०७७ मा प्रकाशित
  • काठमाडौँ । नेकपा (मसाल) ले भारतले महाकाली नदीमा एकतर्फी रूपमा तटबन्ध बनाउनुलाई अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन बनाएको छ । दार्चुला जिल्लाको महाकाली–५ गल्फै भौरादगढमा भारतले एकतर्फी रूपमा तटबन्ध बनाउन थालेपछि नेकपा (मसाल) को यस्तो प्रतिक्रिया सार्वजनिक भएको हो ।

    Advertisement

    पार्टीप्रवक्ता रामप्रकाश पुरीको हस्ताक्षरमा २०७७ पुस २३ गते जारी प्रेसवक्तव्यमा यस्तो जानकारी गराइएको हो । पार्टीद्वारा यससम्बन्धमा नेपाल सरकारको तर्फबाट प्रभावशाली कदम उठाउन माग गरिएको छ ।

    त्यसैगरी वक्तव्यमार्फत पार्टीले सरकारले हालै कृषिक्षेत्रमा वैज्ञानिक प्रविधि भित्राउने नाममा विदेशी लगानी भित्राउने निर्णय गरेकोमा त्यसको पनि विरोध गरेको छ । प्रविधि भित्राउने नाम दिइए पनि अन्ततः उक्त निर्णयबाट कृषिक्षेत्रमा बहुराष्ट्रिय कम्पनीको प्रवेश नै हुने पार्टीको धारणा छ ।

    प्रेसवक्तव्यको पूर्ण पाठ यस्तो छ–

    “दार्चुला जिल्लाको महाकाली–५ गल्फै भौरादगढमा भारतले एकतर्फी रूपमा महाकाली नदीमा तटबन्ध बनाउने कार्य गरेर आफ्नो साम्राज्यवादी चरित्रलाई नाङ्गो रूपमा प्रदर्शन गरेको छ । अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन गर्दै नेपालको सहमति बिना नै भारतले उक्त तटबन्धन बनाउनु त्यसले नेपालप्रति अपनाउँदै आएको साम्राज्यवादी प्रवृत्तिको सिलसिला भएको कुरा स्पष्ट छ । त्यो कार्यबाट भारतले नेपाल र भारतबिच पहिले आफूखुसी तटबन्ध बनाउन नपाइने भनी भएको सहमतिलाई उल्लङ्घन गर्न पुगेको छ । अन्तर्राष्ट्रिय कानुनअनुसार पनि सीमाक्षेत्रको बहावलाई असर पर्ने गरी कुनै पनि मुलुकले एकतर्फी रूपमा भौतिक संरचना निर्माण गर्न मिल्दैन । त्यसरी नेपालको सहमति बिना नै भारतले महाकाली नदीमा तटबन्ध निर्माण गर्नु गैरकानुनी, आपत्तिजनक र नेपालको सार्वभौमिकताका विरुद्धमा छ । हामीले भारतीय साम्राज्यवादको उक्त कार्यको भत्र्सना र विरोध गर्दछौँ । भारत पक्षबाट भएको उक्त कार्यबारे प्रभावकारी कदम उठाएर समस्या समाधानका लागि तुरुन्त पहल गर्न हामीले नेपाल सरकारको ध्यान आकर्षित गर्दछौँ ।

    हालै नेपाल सरकारले कृषिक्षेत्रमा वैज्ञानिक प्रविधि भित्राउने भनी गरेको निर्णय नेपालको कृषिक्षेत्रमा बहुराष्ट्रिय कम्पनीलाई नै भित्राउने योजनाअन्तर्गत भएको कुरा प्रष्ट छ । सरोकारवालासित कुनै परामर्श नगरी गरिएको त्यो निर्णयानुसार वैज्ञानिक प्रविधि भित्राउने कुरा भएको भए पनि कृषिक्षेत्रमा बहुराष्ट्रिय कम्पनीलाई नै स्थान प्राप्त हुने छ । त्यसरी त्यो निर्णय प्रविधि हस्तान्तरण ऐन–२०७५ अनुसार विदेशी लगानी भित्राउन नपाइने कानुनको विरुद्धमा भएको कुरा पनि स्पष्ट छ । अहिले सरकारले कृषिक्षेत्रमा विदेशी लगानी भित्र्याउने निर्णय गरी ऐन र कार्यविधि तयार गरिरहेको कुरा सार्वजनिक गरेको छ । यदि त्यो निर्णय लागु भयो भने बहुराष्ट्रिय कम्पनीबाट विश्वभरि जस्तै नेपालको कृषिक्षेत्रबाट साना किसान, राष्ट्रिय कृषि व्यवसायी तथा कृषि उद्यमी विस्थापित हुने छन् । त्यसबाट कृषि क्षेत्रको ठुलो जनशक्ति बेरोजगार हुनुको साथै जमिन वा उत्पादनको स्वामित्व पनि समाप्त भएर जाने छ । त्यसबाट राष्ट्रिय अर्थतन्त्रको आधार समाप्त हुने छ; र, बहुराष्ट्रिय कम्पनी (साम्राज्यवाद) को प्रभाव कायम हुने छ । हामीले कृषिक्षेत्रमा साम्राज्यवादलाई प्रवेश दिने सरकारको त्यस प्रकारको निर्णयको विरोध गर्दछौँ; र, कृषि क्षेत्रमा त्यस प्रकारको विदेशी लगानी भित्र्याउने नीतिका विरुद्धमा सम्पूर्ण सरोकार पक्षलाई सचेत र सङ्गठित भई सङ्घर्ष गर्न अपिल पनि गर्दछौँ ।”

    बिहिबार, पुष २३, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह
    नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो
    कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन
    मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश
    देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न
    प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ४.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ५.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ६.
      रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

    भर्खरै

    • १.
      सुनसरी घटनाको सन्दर्भमा

    • २.
      आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

    • ३.
      नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

    • ४.
      कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

    • ५.
      मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

    • ६.
      देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

    • ७.
      प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    • ८.
      कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.