प्युठान । अखिल नेपाल युवक संघ गौमुखी गाउँपालिका वडा न. ४ को पुजामा एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । वडा भित्रका प्रतिनिधिमुलक सदस्यहरुको बिचमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।
अखिल (छैठौं) का केन्द्रीय सचिव सुवाश जि.सि.ले देशको समसामयिक सन्दर्भ र युवा आन्दोलनका बारेमा प्रशिक्षण दिनुभएको थियो ।
प्रशिक्षण कार्यक्रममा राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य भरत केसी, अखिल नेपाल युवक संघका जिल्ला सचिव वरुणध्वज मल्ल, राजमो गौमुखी गाउँपालिका अध्यक्ष जनक केसी, राजमो नेता कृष्णप्रसाद जैसी, राजमो वडा अध्यक्ष शाकिकराम शर्मा, वडा सचिव बाबुराम केसी, अखिल नेपाल शिक्षक संघ गौमुखीका सदस्य राजकुमार केसी, र झिमरुकका सदस्य दिनेश खड्का लगाएतका नेताहरुको उपस्थिति रहेको थियो ।
प्रशिक्षण कार्यक्रमको अध्यक्षता युवक संघका पुजा वडाका उपाध्यक्ष स्याम बहादुर खत्री, र सञ्चालन अखिल (छैठौं) का जिल्ला सदस्य प्रकाश न्यौपानेले गर्नुभएको थियो ।






