• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ८. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

शिक्षाले सर्टिफिकेट दियो, जीवन जिउने कला र संस्कार दिएन


  •   शनिबार, साउन ३१, २०७७ मा प्रकाशित
  • विश्व २१औँ शताब्दीमा पुगे पनि हाम्रो समाजको रहन सहन, ‌चालचलन, भेषभुषा अझै पनि १८/१९ औ‌ँ शताब्दीमा नै अड्किएको जस्तो छ । हाम्रो देशको शिक्षा नीति १९औँ शताब्दीको जस्तो छ भने पाठ्यक्रम र पढाउने तरिका २०औँ शताब्दीको जस्तो छ । यस्तो शिक्षा नीतिले २१औँ शताब्दीका विद्याद्यार्थीहरुको आवश्यकता पुरा गर्न सक्दैन । जबसम्म शिक्षा नीतिमा परिवर्तन ल्याउन सकिँदैन तबसम्म हाम्रो समाज‌ परिवर्तन हुन पनि गाह्रो हुन्छ ।

    Advertisement

    नेपाली समाज अन्धविश्वासमा डुबिरहेको छ तर अपसोच, अन्धविश्वास मान्नेहरूमा बढी शिक्षित वर्गनै रहेका छन् । अशिक्षित वर्गले अन्धविश्वास मा रुमल्लिएको स्वभाविक जस्तो लाग्छ तर शिक्षित हुँदै गएको पछिल्लो पिँढीसमेत यही अन्धविश्वासी समाजलाई अगाडि बढाउन सहयोग गरेको देख्दा यस्तो लाग्छ कि शिक्षाले हामीलाई‌ डिग्रीको सर्टिफिकेट त दिन्छ तर व्यवहार र संस्कार दिन सकेन । यस्तो शिक्षा नीति परिवर्तन गर्न अति आवश्यक छ।

    हाम्रो शिक्षा र व्यवहारमा परिवर्तन नल्याउने हो भने समाजमा बिद्यमान अन्धविश्वासको जरा उखेल्न नसकिने अवस्था छ ।
    यसै शिक्षा नीतिलाईइ पच्छ्याउने युवाहरु पनि दुई थरी छ । एक थरी युवाहरुमा हामी कुन बाटो गइरहेका छौँ भन्ने चिन्ता छ भने अर्को थरीका युवाहरुमा यो दुनियाँको मतलब छैन । उनीहरूलाइ मोजमस्ती, ऐस, आराम भए पुग्छ । यी युवाहरुलाई परिवर्तन गर्न वर्तमान शिक्षाले सक्दैन ।

    नेपाली युवाले आफ्नो औपचारिक शिक्षा हासिल गरिसकेपछि कोरियन, जापानिज लगायतका अन्य देशको भाषा तथा संस्कृति सिक्न बाध्य हुने गर्दछ । किनकि बर्तमान शिक्षाले युवालाई विदेशिन र विदेशकै भाषा संस्कृति जान्न बाध्य बनायो । हो, हामीले विश्वको भाषा संस्कृति बुझ्नु पर्छ तर बाध्यताबस होइन । नेपालको शिक्षा नीतिले विदेशी भाषा संस्कृति सिक्नुपर्ने बाध्यता बनाएको छ ।

    नेपालको बर्तमान शिक्षाले समाजिक कुरीति समेत हटाउन सकेको छैन । एक थरी मानिसहरुको भनाई के छ भने ठुला–ठुला घर बनाउनु, सडक पुल आदि भौतिक पूर्वाधार तयार गर्नु नै विकास हो । अहिलेको शिक्षा हासिल गरेको व्यक्तिले भौतिक विकासलाई मात्रै वास्तविक विकासको संज्ञा दिएको पाइन्छ । तर यो मात्रै विकास होइन । यथार्थमा भन्ने हो भने भौतिक रुपमा भएको विकास विकास होइन देश विकास तब भएको मानिन्छ जब हरेक व्यक्तिको चेतना विकास हुन्छ । व्यक्तिको चेतनामा राजनीतिक, नैतिक चेतना विकास गर्नु नै वास्तविक विकास हो ।

    तर यो शिक्षाले हामीलाई ठुला ठुला घर बनाएर ऐस आरामको जिन्दगी जिउनुलाई विकास भन्न लगायो । समाज परिवर्तन गर्न कयौं वर्ष लाग्छ । यो यथार्थ हो, तर यसलाइ शिक्षा नीतिले सहयोग गरेन भने मुस्किल हुने गर्दछ । नेपालको वर्तमान शिक्षाले हामीलाई डिग्री गरेर नोकरी खाने एउटा बाटो मात्रै सिकायो । किन हामीलाई आफ्नो खुट्टामा उभ्याउन सिकाएन ? किन यो देशको वातावरण सुहाउँदो शिक्षा दिन सकेन ? किन शिक्षालाई व्यावसायमुखी बनायो ? आदि प्रश्नहरुका उत्तर खोज्नुपर्ने हुन्छ ।

    हामो समाजमा अहिले पनि सामन्ती संस्कार र बुर्जुवा चेतले जरा गाडेर बसेको छ । तर यसलाई शिक्षा नीतिले सुसंस्कारयुक्त समाजको निर्माण गर्न सकेको छैन । जबसम्म शिक्षा नीतिमा आमूल परिवर्तन हुँदैन तबसम्म शोषक सामन्त र बुर्जुवा वर्गको नीति निर्माणमा अधिनायकत्व रहिरहन्छ । बर्तमान शिक्षाले जन्माएको जनशक्तिको रुपरेखा पनि बडो अचम्मको छ । रजस्वला भएकी छोरीलाई छाउपडी गोठमा सुत्न लगाइन्छ ।

    विज्ञान पढेको व्यक्तिले भुत प्रेत, बोक्सीको आरोपमा धामि झाक्री बोलाएर मलमुत्र खुवाउने गर्छ । एक जना जनसंख्या पढेको व्यक्तिले पाँच ६ वटा छोरी भएपछि पनि छोरा पाउने आसमा बच्चा जन्माइरहन्छ । नैतिक शिक्षा पढेकोले आमा बुबालाई वृद्धाश्रम पुगाएको हुन्छ । सामाजिक शिक्षा पढ्ने व्यक्ति दारुको भट्टिमा रक्सि खाएर मातिएको हुन्छ र छोराको बिहेमा लामो दाइजोको लिष्ट तयार गरिरहेको हुन्छ । यस्तै यस्तै बनाउन सिकायो यो शिक्षा नीतिले । यो शिक्षाले खालि डिग्री प्राप्त त गरायो तर व्यावहारिक भएन ।

    हाम्रो देशको शिक्षा नीति देशको आवश्यकता अनुरुप व्यावहारिक बन्नुपर्छ । उद्योग धन्दाको विकास, कृषि, प्राविधिक शिक्षा, हुनु जरुरी छ । हामीसँग भएको जमिनमा पुरानो प्रणाली भन्दा पनि आधुनिक तरिकाबाट खेती गराउने शिक्षा चाहिएको छ अहिले । हामिलाई सिपमुलक शिक्षा आवश्यक छ । हामीलाइ उद्यमी बनाउने शिक्षाको आवश्यकता छ ।

    (लेखक अनेरास्ववियु (छैठौं) कन्चनपुरका सचिव हुन् ।)

    शनिबार, साउन ३१, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका
    नेपाली राजनीति र नियति
    धर्मप्रति मजदुरको धारणा
    राष्ट्रिय सार्वभौमिकतासामु अमेरिकी हस्तक्षेप बढ्दो
    दाङबाङ : पहिचान, भूगोल र सम्भावना
    रसुवाबाढी : तीन जिल्लाका १८ विद्यालयमा क्षति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.