• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १७, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सुस्तामा भारतीय एसएसबी नेपाली भूमिमा प्रवेश, निर्माणाधीन बाँध भत्काएपछि तनाव

मुलुक विदेशीको क्रीडाभूमि बन्न दिनु हुँदैन : नेपाल

जनताले १० दिनदेखि ग्यास अभावको सास्ती खेप्दै

संघीयताको औचित्यमाथि फेरि प्रश्न

गाउँगाउँमा सिंहदरबार कुरा मात्रै हो, सिंहदरबार त सिंहदरबारै हो नि

विश्वासको मतपछि लुम्बिनीमा मन्त्रिपरिषद् विस्तार गर्ने सहमति

गाडीमा कटहर बोक्दा अशुभ हुने अन्धविश्वासले किसान मारमा

रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

साम्प्रदायिक द्वन्द्वको मूल कारण राज्यका गलत नीति हुन् : आचार्य

लोकप्रिय समाचार

  • १. मसालको प्रश्न– सुनसरी घटनामा गृहमन्त्रीले राजीनामा दिनुपर्दैन ?

  • २. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ३. राजमोको बाइसौँ पार्टीस्कुलमा डा. सुमन्त बन्जाडेद्वारा प्रशिक्षण

  • ४. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ५. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • ६. हिन्दु राष्ट्रको पक्षमा छैनौँ, त्यसले राजसंस्था फर्काउँछ : प्रधानमन्त्री बालेन

  • ७. शिक्षामन्त्री सस्मित पोखरेलले तत्काल राजीनामा दिनुपर्छ : जिसी

  • ८. राज्यसत्ता

  • ९. १२ मे १९८६ को आन्दोलनमा पक्राउ परेका ९५ जनालाई सम्मान गरिने

  • १०. मैले चिन्न नसकेको– ‘को आफ्‌नो, को पराई’

गाउँगाउँमा सिंहदरबार कुरा मात्रै हो, सिंहदरबार त सिंहदरबारै हो नि


  •   आइतबार, साउन १७, २०८३ मा प्रकाशित
  • खिमविक्रम शाही, राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेश समितिका सदस्य तथा पूर्व प्रदेश सांसद

    Advertisement

    (नमस्कार । युगदर्शन मिडियामा सहकर्मी धनवीर पुनसँगै म प्रकाश थापामगर । आज नयाँ अतिथिका साथ हामी तपाईंहरूको सामु प्रस्तुत भएका छौँ । आज हाम्रो अतिथि हुनुहुन्छ, राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेश समितिका सदस्य तथा गण्डकी प्रदेशका राष्ट्रिय जनमोर्चाका पूर्व सांसद खिमविक्रम शाही । आज हामीले उहाँसँग गण्डकी प्रदेशसँगै देशको समसामयिक राजनीति विषयको सेरोफेरो रहेर कुराकानी गर्न गइरहेका छौँ ।)

    ० सर्वप्रथम त खिमविक्रमलाई युगदर्शन मिडियामा स्वागत गर्दछु ।

    :: नमस्कार । धन्यवाद छ तपाईंहरूलाई पनि ।

    ० आराम हुनुहुन्छ ?

    :: आराम छु ।

    ० के कार्यक्रम लिएर आउनुभयो ?

    :: अहिले राष्ट्रिय जनमोर्चाको प्रशिक्षण कार्यक्रम थियो । त्यसैमा सहभागी हुन आएको हुँ ।

    ० प्रशिक्षण कार्यक्रम भन्नुभयो, यो कस्तो खालको कार्यक्रम हो ? के हुन्छ यसमा ?

    :: हाम्रो पार्टीले नियमित रूपमा क्लास चलाइराखेको हुन्छ । अहिले यो बाइसौँ क्लास हो । यसमा राजनीतिबारे, देशको बारे, जनताका बारे पढ्ने/पढाउने कार्यक्रम हुन्छ । त्यसैमा सहभागी हुन आएको थिएँ ।

    ० यस्ता कार्यक्रममा खालि केन्द्रीयस्तरका मान्छे अथवा सांसदहरू मात्रै आउने हो कि या अरू समग्र आमकार्यकर्ता आउँछन् ?

    :: हैन । सांसद वा ठुलो पद भएका मात्र आउनुपर्छ भन्ने होइन । पार्टीभित्रका इच्छुक मैले लिनुपर्छ भन्ने साथीहरू यसमा आउन सक्नुहुन्छ ।

    ० अब गण्डकी प्रदेशको बारेमा कुराकानी गरौँ । फागुन २१ गतेको चुनावले बागलुङमा राष्ट्रिय जनमोर्चाको जनाधार खस्किएको हो कि जस्तो देखियो । खास वास्तविकता के हो ?

    :: चुनावको परिणामबाट हेर्दा जनमत खस्किएकै हो । त्यसलाई हामीले स्वीकार गर्नुपर्छ । सक्रियता वा अरू गतिविधिको आधारमा राष्ट्रिय जनमोर्चा ठिकै छ ।

    ० त्यहाँ तालमेलको कारणले पनि तपाईंहरूलाई अप्ठ्यारो परेको मान्न सकिने आधार छ कि छैन ?

    :: जहाँ तालमेल वा गठबन्धन हुँदाखेरि कतिपय कुराहरू अब मिल्दो रहेनछ । बागलुङको दुइटा क्षेत्रमध्ये एउटा क्षेत्रमा राष्ट्रिय जनमोर्चाको उम्मेदवार र अर्को क्षेत्रमा नेकपाको उम्मेद्वार निश्चित गरेर हामीले गठबन्धन गर्यौँ । इमानदारीसाथ भन्नुपर्दा नेकपाका साथीहरूले कतिपय ठाउँमा इमानदारिता नदेखाएको पायौँ । त्यसले गर्दा गठबन्धनमा अलिकति समस्या हुँदो रहेछ भन्ने महसुस गरेका छौँ ।

    ० अर्को वर्ष फेरि चुनाव आउँछ । पछिल्लो चुनावको अनुभवबाट के सिक्नुभएको छ ?

    :: २०८४ सालमा चुनाव हुनेछ । स्थानीय चुनाव पनि होला, प्रदेश चुनाव पनि होला । गत वर्ष फागुन २१ गतेको चुनावमा नसोचेको परिणाम आयो । परिणाम राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा गयो । त्यसकारण अब आउने चुनावमा हामी अलि मजबुत भएर जानुपर्छ भन्ने अनुभव छ । यो अनुभवको आधारमा हामी बदलिएर जाँदा राम्रो हुन्छ भन्ने लाग्छ ।

    ० बागलुङमा तपाईंहरू गाउँ विकास समिति हुँदादेखि चुनावमा सहभागी हुनुहुन्छ । अहिले पनि विभिन्न पालिकामा तपाईंहरूका प्रतिनिधिहरू छन् । यस क्रममा बागलुङमा विकास निर्माणका उल्लेखनीय कामहरू के कस्ता गर्नुभयो ?

    :: बागलुङमा राष्ट्रिय जनमोर्चाका विभिन्न पालिकामा प्रमुख/उपप्रमुख, वडाअध्यक्षहरू हुनुहुन्छ । कतिपय विकाससँग जोडिएका कुरा नभएका होइनन्, भएका छन् तर पनि नयाँ प्रकारको कार्यक्रम खासै भएका छैनन् । माथिबाट केन्द्र सरकारले, प्रदेश सरकारले जस्तो प्रकारले यो गर, ऊ गर भनेर दिएको छ, त्यसलाई फलो गर्नेबाहेक अरू सिर्जनशील नयाँ विकासका कार्यक्रम भएजस्तो लाग्दैन ।

    ० तपाईंहरूका जनप्रतिनिधिले केन्द्रबाट गरेको आदेशलाई चिरेर आफ्नै ढङ्गले अगाडि जाने खालको विकास निर्माणका काम गर्न मिल्दैन ?

    :: साथीहरूले कतिपय ठाउँमा त्यो प्रकारले काम गर्नुभएको छ तर त्यो प्रकारले गर्दा नीति र विधिमा त रहनुपर्‍यो । सरकारले बनाएको नीति र विधि हो, हाम्रो पार्टीले मात्रै बनाएको होइन । संविधानमा रहेर काम गर्नुपर्ने हुन्छ । त्यसकारण ठ्याक्कै चिरेर ‘हामी यो प्रकारले गयौँ है, राष्ट्रिय जनमोर्चाले यो प्रकारको कार्यक्रम गर्‍यो’ भन्ने प्रकारको जान सकिँदैन । फेरि पनि कतिपय स्थानमा भएका अनियमितता, भ्रष्टाचार विरोधी कार्यक्रम, जनतालाई सचेत गराउने कार्यक्रम, विकास निर्माणसँग जोडेर जनतालाई सचेत गराउने कार्यक्रम राष्ट्रिय जनमोर्चाका जनप्रतिनिधिले गर्नुभएको छ ।

    ० भन्ने गरिन्छ, स्थानीय तह बनिसकेपछि गाउँगाउँमा सिंहदरबार गयो । तपाईंहरूले त्यस्तो पाउनुभएन ?

    :: छैन, छैन । त्यो त ठुला भनाउँदा पार्टीहरूले, सरकारमा बसिरहने पार्टीहरूले भन्ने नारा मात्रै हो । त्यस्तो महसुस भएको छैन । गाउँगाउँमा सिंहदरबार कुरा मात्रै हो, सिंहदरबार त सिंहदरबारै हो नि ।

    ० स्थानीय निकायलाई अलि बलियो बनाउन के कस्ता सुधार गर्नुपर्छ नीतिगत रूपमा भन्ने लाग्छ तपाईंलाई ?

    :: अहिलेकै अवस्थामा स्थानीय तहलाई सुधार गर्ने छुट्टै प्रकारको सम्भावना छैन । हामीले पटकपटक भनिरहेका छौँ, सबै अधिकार पालिकालाई दिइनुपर्दछ । विकासको अधिकार पनि पालिकाले पाउनुपर्छ । यसरी केही विकास हुने थियो तर त्यसमा बाधक बनेको छ सङ्घीयता । त्यसकारण प्रदेशको सरकार खारेज गर्ने गरी संविधान संशोधन गरियो भने केही फरक हुन्छजस्तो लाग्छ ।

    ० संघीयताको त तपाईंहरू विरोधी नै पर्नुभयो तर त्यसो हुँदाहुँदै पनि तपाईंहरूले सङ्घीय प्रदेशको चुनावमा भाग लिनुभयो । तपाईंले त्यति लामो समय त काम गर्न पाउनुभएन होला । जति समय काम गर्न पाउनुभयो गण्डकी प्रदेशसभामा, तपाईंको आफ्नो अनुभव के कस्तो छ ?

    :: सङ्घीयताको विरोध गर्दैमा त्यसमा भाग नलिने कुरा भएन । हामी नेपाली हौँ, नेपालभित्रै बस्नुपर्छ । अर्को कुरो म गण्डकी प्रदेशको सांसद भएको उपनिर्वाचनबाट हो । टेकबहादुर घर्तीको निधन भएपछि म सांसद भएँ । करिब तीन वर्षसम्म सांसद भएर काम गर्ने अनुभव मौका मिल्यो । त्यहाँ जसरी बाहिर बसेर वा भोटर भएर संसद्बारे कुरा गरिन्थ्यो, मुख्यमन्त्रीबारे कुरा गरिन्थ्यो, मन्त्रीबारे कुरा गरिन्थ्यो, आफै संलग्न भएर धेरै अनुभव बटुल्न पाइयो । त्यो अनुभव मैले ग्रहण गरेको छु ।

    ० तपाईं प्रदेश सांसदको रूपमा क्रियाशील हुँदाखेरि विकास निर्माणका काम अथवा जनताका समस्या समाधान गर्ने सवालमा प्रदेश सरकारले सम्बोधन गर्न सक्दो रहेछ कि सक्दो रहेनछ ? के पाउनुभयो ?

    :: कतिपय कुराहरू सम्बोधन गरेको पनि देखिन्छ तर त्यो खासमा नीतिगत रूपमा त नभएर त मन्त्रीहरूको पहलको आधारमा, उनीहरूको शक्तिको आधारमा । त्यसरी कतिपय आफूहरू भएको ठाउँमा कार्यक्रम दिएर विकास निर्माणका भौतिक पूर्वाधार, बाटोघाटो आदि केही कुरा निर्माण भएको देखिन्छ । नीतिगत रूपमा त्यो सही छैन । किन सही छैन भने आखिर प्रदेशले पठाउने कार्यक्रम पालिकामा हो । त्यसमा जिगज्याग छ । कार्यक्रम पठाउँछ । कार्यक्रम पठाइसकेपछि प्राविधिक पनि प्रदेशकै हुनुपर्छ भन्छ । कतिपय पालिकालाई कुन कार्यक्रम परेको छ भन्ने पनि थाहा नभएका अवस्था छ । वडाअध्यक्षलाई थाहा नभएको पनि हुन्छ । त्यसकारण तालमेल मिलेको छैन ।

    ० यो जिगज्यागलाई सम्बोधन गर्ने उपाय केही छैन ?

    :: उपाय किन नहोस् ? हुन्छ नि । उपाय गर्ने कुराभन्दा पनि सरकारमा बस्ने, सत्तामा बस्ने पार्टीका नेताहरूले त्यो प्रकारको व्यक्तिगत स्वार्थमा बढी लिप्त भएको हुनाले त्यो प्रकारको नीतिविधि बनाउन असजिलो भको छ । गर्ने हो भने त नहुने के छ र ?

    ० स्थानीय निकाय र प्रदेशले आत्मनिर्भर ढङ्गले कार्यक्रम अगाडि बढाउन अथवा त्यसरी जनताको समस्या समाधान गर्न के के खालको समाधान दिन सकिन्छ ?

    :: एउटा कुरा त संविधान नै हो । संविधान मान्नुपर्‍यो । स्थानीय तहले कार्यक्रम छुट्टै बनाउनुपर्‍यो । त्यसका लागि कार्यविधि बनाउनुपर्‍यो । कार्यविधि बनाउँदा माथिको काममा बाँधा नपर्ने गरी बनाउनुपर्‍यो । त्यसकारण कतिपय संविधानमा संशोधन गर्ने कुरा छन् । ती संशोधन हुँदा बाधा फुकेको महसुस हुन्थ्यो ।

    ० अब राष्ट्रिय राजनीतिका कुरा गरौँ । नयाँ भनिएका शक्तिहरू आएपछि परम्परागत भनिने दललाई दुई कित्तामा बाँड्ने काम भएको छ । त्यो क्रममा राष्ट्रिय जनमोर्चालाई पनि पुरानो शक्ति हो भन्ने कुरा गरिन्छ । के वास्तवमा राष्ट्रिय जनमोर्चा पुरानो शक्ति हो कि नयाँ ?

    :: यो त यिनीहरूको चुनावी नारा मात्र हो । चुनावमा हामीले देख्यौँ, त्यो हजुरले पनि भन्नुभयो । हजुरलाई पनि भोट माग्न आएका होलान् । हामी नयाँ दल, नयाँ मान्छे, पुरानो दलले ३५ वर्षसम्म काम केही गरेनन् भनेर अफवाह फैलाए । यसरी भोट माग्दै चुनाव जिते । जनताले पनि पत्याए । करिब दुईतिहाइ मत पनि दिए । अहिले उनीहरूको गतिविधि हेर्दाखेरि उही पुरानै भनेर जुन उनीहरूले ट्याग लगाएका थिए, तिनले भन्दा पनि झन् पुरानो काम गर्ने सोचका साथ आएका रहेछन् । अर्कोतिर, राष्ट्रिय जनमोर्चाले पनि पटकपटक कहिले संसदमा भाग लिने, कहिले पालिकामा जाने जनप्रतिनिधि हाम्रो पनि भएको हुनाले यिनी पनि पुरानै दल हुन् भन्ने ट्याग लगाएका हुन् । मेरो विचारमा यो पुरानो र नयाँ भनेको उमेरले हुने होइन । पुरानो नयाँ भनेको विचारले हुने हो । नयाँ विचार लिएको छ भने त्यसलाई हामी नयाँ भन्छौँ र पुरानो विचारलाई अवलम्बन गरेको छ भने त्यसलाई पुरानो भन्छौँ । त्यसैकारण राष्ट्रिय जनमोर्चालाई जुन प्रकारले पुरानो भनेर ट्याग लगाउँछन् भन्ने त्यो गलत छ ।

    ० बागलुङको हकमा कुरा गर्दा रास्वपाभन्दा त पुरानै होला नि, किनभने त्यहाँ गाउँ विकास समिति बनेदेखि नै तपाईंहरूको नेतृत्व छ ?

    :: छ, छ । पार्टीस्थापनाको हिसाबले बागलुङमा मात्रै नभएर नेपालमै राष्ट्रिय जनमोर्चा राष्ट्रिय स्वतन्त्र पार्टीभन्दा पुरानै भन्नुपर्‍यो, किनभने अस्ति भर्खर २०७९ सालमा रविले स्थापना गरेको पार्टी हो त्यो । उनीहरू भन्दा पहिलेको पार्टी हो राष्ट्रिय जनमोर्चा । बागलुङको हकमा कुरा गर्दा राष्ट्रिय जनमोर्चा गतिविधिमा अग्रसर भएको अवस्था हो । हाम्रा जनप्रतिनिधि उनीहरूले सोचेभन्दा पुराना पार्टीका हुन् । पुरानो पार्टीका केही गर्दैनन् भन्ने कुरो सत्य होइन । हाम्रा साथीहरूले निरन्तर जनताको काम गरिरहनु भएको छ । बागलुङवासी जनतासँग नियमित रूपमा विकास निर्माणका कार्यक्रम गरिरहनु भएको छ ।

    ० नयाँको कुरा गर्दाखेरि रास्वपा नयाँ हो त ? जस्तो कि हामीले चुनावमा देख्यौँ, असीजति सांसद त अरू पार्टीमा टिकट नपाएर त्यहाँबाट चुनाव जितेका छन् ।

    :: त्यही त । त्यो हजुर आफैले भन्नुभयो । विभिन्न पार्टीमा बसेर काम गरिरहेका र अलि पछिल्लो पिरियडमा पदलोलुपहरू त्यो पार्टीमा गएर २०८२ सालको चुनावबाट सांसद हुनुभएको छ । त्यसकारण उहाँहरू अहिले राष्ट्रिय स्वतन्त्र पार्टीको सांसद हुनुभयो । त्यसैले उहाँहरूलाई नयाँ भन्न मिल्दैन ।

    ० अहिले नयाँ भनिएकाहरूको जो सरकार छ नि केन्द्रमा, यो सरकारको कामकारबाहीलाई कसरी बुझ्नुभएको छ ? हनिमुन पिरियड सकियो । अब सरकारको मूल्याङ्कन गर्न मिल्ला नि ?

    :: सरकारका गतिविधिको सबैले आँकलन गरिसकेका छन् । अब हजुरहरू जस्ता मिडियाकर्मीले पनि राम्रै प्रकारले मूल्याङ्कन गर्नुभएको छ । ३५ वर्ष शासन चलाएको पार्टीले बिगारेको देशलाई हामीले भर्खर कसरी के गर्ने भन्ने कुरा गर्छन् उनीहरू । यिनीहरूको बेग्लै आधार देखिएको छैन । अब उनीहरूको बिचमा पनि पार्टी सभापति एकातिर, प्रधानमन्त्री अर्कातिर, अर्थमन्त्री अर्कातिर कताकता भएजस्तो पनि देखिन्छ । मेन्टेन गरेर खर्च बचाउँछौँ भनेर गफ गर्ने गर्थे । अहिले झनै खर्च थोपरिरहेछन् । स्वकीय सचिव नराख्ने भनेर चर्चा चलाए, अहिले उनैले फेरि स्वकीय सचिव राख्ने निर्णय गरे । प्रधानमन्त्री, मन्त्रीका लागि २७–२८ जना सल्लाहकार राखेका छन् । यस्ता थुप्रै प्रकारका गतिविधि यिनले गरिरहेका छन् । त्यसकारण योभन्दा अगाडिको केपी ओलीको सरकार, कङ्ग्रे्रेसको सरकार, नेकपाको सरकारले भन्दा गतिलो तरिकाले काम गर्लान्जस्तो लागेको छैन ।

    ० सत्तारूढ दलले प्रदेशसभा खारेज गर्ने कुरा गर्‍यो । यसमा तपाईंहरूको समर्थन वा विरोध के हुन्छ ?

    :: राष्ट्रिय जनमोर्चाले सङ्घीय प्रदेश संरचना खारेज गरेर स्थानीय सत्तालाई बलियो बनाउनुपर्छ भन्ने कुरा गर्छ । रास्वपाले पनि प्रदेश खारेज गर्नुपर्छ त भनेको छ तर उद्देश्य उनीहरूको हाम्रोभन्दा फरक छ । हामीले प्रदेश सरकार खारेज गरेर स्थानीय स्थानीय सरकारलाई बलियो बनाउनुपर्छ भनेका छौँ । उनीहरूले यो बोझ भयो, हटाउनुपर्छ भन्ने प्रकारको तर्क गरिरहेका छन् । उनीहरूको सोचाइमा सैद्धान्तिक आधार केही छैन । त्यसकारण उनीहरूको धारणाबारे समर्थन वा विरोध गर्नेमा कुनै कुरा छैन । हाम्रो आफ्नै स्पष्ट विचार छ ।

    ० अर्थात् तपाईंहरूले सङ्घीयता खारेज गरेर स्थानीय तहलाई बलियो बनाउन चाहनुहुन्छ तर रास्वपाको यससम्बन्धी कुनै नीति छैन।

    :: छैन, त्यस्तो नीति केही पनि देखिन्न ।

    ० यो जिल्ला समन्वय समिति छ नि, बागलुङमा पनि तपाईंहरूकै प्रमुख हुनुहुन्छ । यो एकदमै औपचारिक प्रकारको भयो । कुनै काम गर्न सकेन । यसलाई पनि खारेज गर्दिए हुन्छ भन्ने कुरा पनि उठ्ने गर्छ । यसको महत्त्व छ कि छैन ?

    :: यो कुरा उठिरहेको छ । सबैजसो पार्टीका कार्यकर्ताले जिल्ला समन्वय समितिको खासै महत्त्व भएन । खारेज गर्नुपर्छ भनेको सुनिन्छ । झट्ट हेर्दाखेरि यसको काम केही छैन । त्यहाँ जुन कर्मचारी छन्, जनप्रतिनिधि छन्, ती घट्थे होलान् तर पनि जिल्ला समन्वय समितिले केन्द्र सरकार र पालिकामाझ पुलको काम गरेको हुनाले यसको महत्व अझै छ भन्ने लाग्छ मलाई ।

    ० मतलब अझै के केही समय राख्नुपर्छ लाग्छ यहालाई ?

    :: हजुर, राख्नुपर्छ भन्ने लाग्छ ।

    ० तर तपाईंहरूको प्रस्तावअनुसार प्रदेशसभा खारेज भएर समन्वयात्मक प्रदेश बनाइयो भने के हुन्छ ? त्यस्तो अवस्थामा जिल्लासँग यसको अधिकार ठोक्किन्छ कि ठोक्किन्न ?

    :: त्यो त त्यति बेला नै ठोस आधारमा भन्न सकिन्छ । फेरि पनि त्यति बेला समन्वयात्मक प्रदेश संरचना भइदियो भने जिल्ला समन्वय समिति नहुन पनि सक्छ । त्यसको धेरै कुरामा महत्त्व नहुन सक्छ ।

    ० सरकारले अहिले संविधान संशोधन बहसपत्र अगाडि बढाइरहेको छ । त्यस क्रममा प्रतिवेदन पनि प्राप्त भइसकेको छ । संविधान संशोधन गर्नुपर्‍यो भने संशोधन गर्नुपर्ने विषय के के होलान् ?

    :: संविधानमा संशोधन गर्नुपर्ने कुरा थुप्रै छन् । हामीले २०७२ सालमा संविधान बनाएको हो । संविधान सधैँभरि एउटै प्रकारले चल्छ भन्ने होइन । बेलाबेलामा आवश्यकताअनुसार संशोधन गर्नुपर्ने हुन्छ । संशोधन गर्नुपर्ने थुप्रै कुरामध्ये सङ्घीयता प्रमुख हो । २०७२ सालको संविधानलाई संशोधन गरेर प्रदेश संरचना खारिज गर्नु प्रमुख संशोधन हो । त्यसो गर्दा राम्रै हुन्छजस्तो लाग्छ ।

    ० सत्तारूढ दल र अहिलेका प्रधानमन्त्रीले राष्ट्रपतीय प्रणालीमा निकै जोड गरिरहेका छन् । के हुन्छ उनीहरूले भनेजस्तै राष्ट्रपतीय प्रणाली लागु गर्दा देशको विकास, निर्माण, स्थिरता सबै हुन्छ ?

    :: हामीले राष्ट्रपतीय प्रणाली भएका अरू देश पनि देखिरहेका छौँ । राष्ट्रपति भएका कारणले विकास निर्माण काम बढी हुने र राष्ट्रपति नभएको कारणले विकास निर्माण नहुने भन्ने कुरालाई हामी मान्दैनौँ । हामीलाई लागेको कुरा हो, राष्ट्रपतिलाई कार्यकारी बनाउँदा ऊ झन् तानाशाह हुन्छ । कार्यकारी राष्ट्रपति भन्दाबित्तिकै अविश्वास प्रस्ताव नराख्न नपाइने हुन्छ । लगातार एउटै मान्छे राष्ट्रप्रमुख भइरह्यो भने हिजो जुनीभरि राजाले शासन चलाएकोजस्तो हुन सक्छ । त्यसकारण राष्ट्रपतीय प्रणाली अहिलेको परिप्रेक्ष्यमा ठिक हुँदैन भन्ने लाग्छ ।

    ० यो संसदीय प्रणालीले त राजनीतिक अस्थिरता, दलबदली, सत्तालोलुपतालाई वृद्धि गर्छ भन्छन् नि । त्यो हो कि ?

    :: अँ त्यो पनि देखियो । संविधानभन्दा पनि ठुला पार्टीहरू जो सरकारमा बसिरहेका हुन्छन्, उनीहरू सरकारबाहिर रहँदा छटपटी हुने, त्यसपछि गडबडी गर्ने, सरकार ढलाउने, फेरि आफू जाने, कोसित मिलेर सत्तामा पुगिन्छ, त्यही गर्ने गर्दछन् । यसरी जसरी हुन्छ, जनताको समस्या समाधान गर्नेभन्दा पनि व्यक्तिगत स्वार्थ पूर्ति गरेको हुनाले गडबडी देखियो नै । नत्र भने अस्ति भर्खरै हामीले लेखेको गणतन्त्रिक संविधानले दिएका जुन प्रकारका अधिकार छन्, त्यसभित्रको कर्तव्य पूरा गर्नुपर्छ । त्यो कर्तव्य पूरा नगरेको हुनाले नै यो प्रकारको गडबडी देखियो । यो अवस्थामा संसदीय व्यवस्था नै ठिक छ भन्ने लाग्छ ।

    ० संविधान संशोधनको कुरा गर्दा कतिपयले यो गणतान्त्रिक व्यवस्था नै काम नलाग्ने भइसकेको छ, यसलाई फेर्नुपर्छ, पुरानोतिर फर्किनुपर्छ भन्ने प्रतिगामी कोणबाट भनौँ न, कुरा आएको छ । यसलाई कसरी लिनुहुन्छ ?

    :: २०६२–६३ सालको जनआन्दोलनले संविधानसभाको चुनावतिर उन्मुख बनायो । २०७२ सालको संविधान लेख्ने बेलामा पनि गणतन्त्रिक संविधान लेखियो । संविधानसभाको चुनाव पनि उनीहरूले उपयोग गरे । त्यति बेलाका पार्टीहरूले समर्थन गरेका थिए संविधानसभालाई । संविधानसभाको चुनाव भएपछि यही नै हुन्छ भन्ने उनीहरूलाई हेक्का नभएर पनि हुन सक्छ । उनीहरूले सोचेजस्तो अहिले भएको छैन । संविधानसभाले बनाएको संविधान भएकाले हामी पछि पर्‍यौँ भन्ने कुरा सोचेका हुन सक्छन् । नत्र हिजोको राजतन्त्रभन्दा अहिलेको गणतन्त्र जनताको लागि प्रगतिशील व्यवस्था हो ।

    ० हामी अन्तर्वार्ताको अन्तिमतर्फ छौँ । जाँदाजाँदै मैले तपाईंलाई सोध्न चाहेँ, बागलुङको भौतिक विकास निर्माण अथवा त्यहाँका जनताको समस्या समाधान गर्न तपाईंसित त्यस्तो रोडम्याप के छ ? के के गर्दाखेरि बागलुङे जनताको समस्या समाधान हुन्छ अथवा त्यहाँको भौतिक विकास निर्माण हुन्छ ?

    :: बागलुङ जिल्ला पनि नेपालको दुर्गम जिल्लामध्ये एउटामा पर्छ । यहाँ गर्नुपर्ने धेरै कुरा छन् ।

    हाम्रै क्षेत्रको ढोरपाटनमा उत्तरगङ्गा जलविद्युत् आयोजना प्रस्तावित छ । त्यसलाई अगाडि बढाउनुपर्दछ । सरकारले त्यसप्रति ध्यान दिनुपर्दछ । त्यसले धेरै कुरा दिन्छ । हामी रुकुम पश्चिमसँगै म्याग्दीसँग पनि जोडिएका छौँ । पल्लोतिर हामी रुकुम पूर्वसँग जोडिएका छौँ । यी तीनोटै जिल्लासँगै हामी रोल्पासँग पनि नजिकै छौँ । त्यसरी हामी ती जिल्लाहरूसँग पनि जोडिने प्रकारका अर्थात् रोल्पासँग जोडिने, मुस्ताङसँग जोडिने, गुल्मीसँग जोडिने गरी सडक बनाउनुपर्ला । यस क्षेत्रका जुन हिमाल, पहाड, झरनासँगै कतिपय हाम्रो संस्कारसंस्कृति, मठमन्दिर छन्, ती सबैलाई जोडेर विकास गर्न सकियो भने बागलुङको विकास केही अगाडि बढ्छ भन्ने लाग्छ ।

    ० महत्त्वपूर्ण समय युगदर्शनलाई दिनुभयो, त्यसका लागि धेरै धेरै धन्यवाद ।

    :: धन्यवाद छ । युगदर्शनले मलाई स्टुडियोमा बोलाएर आफ्नो कुरा भन्ने अवसर दिनुभयो । युगदर्शन परिवारलाई मेरो धन्यवाद छ ।

    (२०८३ साउन १५ गते युगदर्शन मिडियाका लागि कार्यकारी सम्पादक प्रकाश थापामगरले लिनुभएको भिडियो अन्तर्वार्ताको सम्पादित सामग्री । भिडियो अन्तर्वार्ताको पूर्ण पाठ युगदर्शन मिडियाको युट्युब च्यानल वाच गर्न सकिनेछ ।)

    आइतबार, साउन १७, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सुस्तामा भारतीय एसएसबी नेपाली भूमिमा प्रवेश, निर्माणाधीन बाँध भत्काएपछि तनाव
    मुलुक विदेशीको क्रीडाभूमि बन्न दिनु हुँदैन : नेपाल
    साम्प्रदायिक द्वन्द्वको मूल कारण राज्यका गलत नीति हुन् : आचार्य
    न्यायको पर्खाइमा देविका खनालः सडकको चित्कार
    रक्तिम सांस्कृतिक अभियान कास्कीको तेस्रो जिल्ला भेला सम्पन्न
    धार्मिक–साम्प्रदायिक षड्यन्त्रविरुद्ध राष्ट्रिय एकता कायम गर्न युवक संघको आह्वान

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      मसालको प्रश्न– सुनसरी घटनामा गृहमन्त्रीले राजीनामा दिनुपर्दैन ?

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      राजमोको बाइसौँ पार्टीस्कुलमा डा. सुमन्त बन्जाडेद्वारा प्रशिक्षण

    • ४.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ५.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ६.
      हिन्दु राष्ट्रको पक्षमा छैनौँ, त्यसले राजसंस्था फर्काउँछ : प्रधानमन्त्री बालेन

    भर्खरै

    • १.
      सुस्तामा भारतीय एसएसबी नेपाली भूमिमा प्रवेश, निर्माणाधीन बाँध भत्काएपछि तनाव

    • २.
      मुलुक विदेशीको क्रीडाभूमि बन्न दिनु हुँदैन : नेपाल

    • ३.
      जनताले १० दिनदेखि ग्यास अभावको सास्ती खेप्दै

    • ४.
      संघीयताको औचित्यमाथि फेरि प्रश्न

    • ५.
      गाउँगाउँमा सिंहदरबार कुरा मात्रै हो, सिंहदरबार त सिंहदरबारै हो नि

    • ६.
      विश्वासको मतपछि लुम्बिनीमा मन्त्रिपरिषद् विस्तार गर्ने सहमति

    • ७.
      गाडीमा कटहर बोक्दा अशुभ हुने अन्धविश्वासले किसान मारमा

    • ८.
      रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.