• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ७. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ८. वृद्धाश्रममा आगलागी हुँदा १६ जनाको मृत्यु

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

अस्वस्थ भए पनि मसालप्रति प्रतिबद्ध छु


  •   मङ्गलबार, असार ३०, २०८३ मा प्रकाशित
  • मधु क्षेत्री, केन्द्रीय कोषाध्यक्ष, राष्ट्रिय जनमोर्चा

    Advertisement

    २०८३ असार ३० गते युगदर्शन मिडियाका कार्यकारी सम्पादक प्रकाश थापामगर र संवाददाता गोविन्दकुमार शर्मासित भिडियो कुराकानी गर्दै ।

    ० युगदर्शन मिडियामा आज हामी नयाँ अतिथि राष्ट्रिय जनमोर्चाका केन्द्र्रीय कोषाध्यक्ष मधुकुमार क्षेत्रीजीसँग सहकर्मी साथी गोविन्दकुमार शर्मा र म प्रकाश थापामगर कुराकानी गर्न उपस्थित भएका छौँ । सर्वप्रथमतः मधुजीलाई युगदर्शन मिडियामा स्वागत गर्न चाहन्छौँ ।

    – धन्यवाद ।

    ० स्वास्थ्यस्थिति कस्तो छ हजुरको ?

    – स्वास्थ्य अवस्था त्यस्तै छ भनौँ । म विगत २०८३ वैशाखदेखि बिरामी भएको थिएँ । त्यसपछि हेम्स हस्पतालमा गइयो, इमर्जेन्सीमा । त्यहाँ डायग्नोसिस गर्दा बोन म्यारो क्यान्सर भयो भन्ने थाहा लाग्यो । त्यसपछि क्यान्सरको उपचारमा लाग्यौँ । क्यान्सरको उपचारमा लाग्दाखेरि क्यान्सरको किमो चढाइयो । यसको साइड इफेक्ट छैन तर मलाई फियोमा समस्या छ । फियो सुन्निएपछि डाक्टरहरूले फेरि फियोको किमो चढाउन लागे । आठओटा फियोको किमो चढाए तर पनि पूरै ठिक भएन । त्यसपछि अन्ततः डक्टरको सल्लाहअनुसार म वीर अस्पतालमा अहिले रेडिएसनमा गइराखेको छु । आजसम्म छओटा रेडिएसन भइसक्यो । अब चारओटा रेडिएसन बाँकी छ । अहिलेको रेडिएसन एकदम लो डोजको छ । हाई डोज शरीरले थेक्न सक्दैन कि भएर लो डोजको किमो दिइराखेको छ । मलाई लाग्छ, १० ओटा डोजपछि अलिकति बढाउछ होला ।

    ० अब हामी तपाईंको राजनैतिक पृष्ठभूमिबारे कुराकानी गर्न चाहन्छौँ । नेकपा (मसाल) को राजनीतितर्फ कसरी आकर्षित हुनुभयो ? केबाट प्रेरणा पाउनुभयो ?

    – नेकपा (मसाल) को राजनीतिबारे प्रवेश गर्नुभन्दा अगाडि मैले अलिकति आफ्‌नो ब्याकग्राउन्डबारे चर्चा गर्न चाहान्छु ।

    मेरो जन्म भारतको कलकत्तामा सन् १९५५ मा भएको हो । त्यहाँ म सानैदेखि सुवर्ण शमशेरको घरमा जाने, केटाकेटी भएकाले खेल्ने गर्थें । त्यहाँ पुष्पलालजीहरू पनि बुबालाई भेट्न आउनुहुन्थ्यो ।

    त्यति बेलासम्म म कतैतिर लागेको थिइनँ । म अलिकति विद्रोही स्वभावको थिएँ । त्यस क्रममा ‘अन्धवेग’ र ‘पचास रुपैयाँको तमसुक’ नाटक खेलिसकेपछि ममा जोस आयो । अब प्रतिक्रियावादीका विरुद्ध लड्नपर्छ† राजाको शासनले केही दिनेवाला छैन भन्ने भावना मेरो मस्तिष्कमा बिजारोपण भयो । त्यसपछि कलकत्ताबाट प्लस टू पढाइ क्लियर गरेर म नेपाल आएँ ।

    नेपाल आइसकेपछि केही समय मैले बुटवलमा जागिर गरेँ । जागिरकै क्रममा २०३५/३६ सालको आन्दोलनमा सामेल भएँ । त्यतिखेर म हेटाँैडामा काजमा आएको थिएँ । त्यहीँ आन्दोलन चर्कियो । म पनि आन्दोलनमा लागेँ । त्यस बेला मलाई पुलिसले खोज्यो । बाथरुममा थुनेर मलाई होटेलवालाले बचाए ।

    आफ्‌नो काज सिध्याएर म फर्कें तर कम्पनीमा त हल्ला भइसकेको थियो । त्यति बेला कर्मचारी राजनीतिमा लाग्न हुँदैन भन्ने स्पष्ट थियो । २०३५–३६ सालको आन्दोलनको कारणले गर्दा मैले जागिर छोड्नुपर्‍यो । मलाई कम्पनीको जिएमले भने– ‘इट विल बेटर इफ यू विल रिजाइन अदरवाइज तपाईंको जीवनभरि कालो दाग लाग्छ ।’ त्यसपछि मैले रिजाइन गरेँ ।

    रिजाइन गरिसकेपछि पहिला त बुटवलमै बसेँ । त्यस क्रममा बिपी कोइराला र गणेशमान सम्मिलित तीनओटा सभामा गएँ, किनभने कम्युनिस्ट भन्ने मलाई त्यति बेला पनि थाहा थिएन । अलिअलि बुबाले भन्नुहुन्थ्यो । त्यो नेपालगञ्ज, बुटवल र नारायणघाटका तीनओटा कार्यक्रममा मसँगै हिँडे । त्यसपछि म अर्घाखाँची गएँ । अर्घाखाँची गरेर सोसियल वर्कमा लागे । त्यहाँको खानेपानी योजनाको संस्थापक सचिव पनि बनेँ । त्यहाँ सिडिओ ल्याएर उद्घाटन गर्ने प्रस्ताव आउँदा मैले विद्रोह गरेर सिडिओले किन उद्घाटन गर्ने, हाम्रो अध्यक्षले गर्नुपर्छ भनेँ । त्यसपछि म सिधै इन्डिया गएँ । त्यसबिचमा म गाउँ पञ्चायतको सदस्य पनि भएको थिए मनोनित । त्यो पनि परित्याग गरेँ ।

    इन्डिया पुगिसकेपछि प्रशस्त नेपालीहरू देखेँ । मैले त्यहाँ भलिबल खेल्ने तथा तिनै नेपालीसित सम्पर्क गर्न थालेँ, किनभने ममा त्यो विद्रोहको ज्वाला त भडकिरहेको थियो । त्यस क्रमा लीलानाथ कुशुमसँग सम्पर्क भयो ।

    सबैभन्दा पहिला मैले आन्दोलनमा भाग लिएको भनेको तारादेवीको हत्याकाण्डमा हो, दिल्लीको नारयणामा । बसन्तकुञ्जको त्यो आन्दोलनमा मैले सक्रिय भूमिका खेलेँ । जुलुस प्रदर्शन, विद्रोह, विरोध प्रदर्शन इत्यादि कामका लागि म लागिँरहे । पछि काम गर्दागर्दै म सांस्कृतिक मोर्चातिर पनि लागेँ । सङ्गठनकर्ता पनि भएँ । मैले पार्टीको नेतृत्व पनि गरेँ । ‘नेपाल एकता सन्देश’ मा म कहिले अध्यक्ष भएँ, कहिले सचिव भएँ भन्ने विस्तृत रूपमा लेखिएको छ ।

    एकपटक हामीले चुनाव बहिष्कार गर्‍यौँ । बहिष्कार गर्ने क्रममा दयाराम न्यौपाने, बमबहादुर राना, डिलाराम आचार्य, म अनि गोविन्द केसी नयाँदिल्लीका । यिनै पाँच जनालाई पार्टीले अर्घाखाचीमा खटायो, बहिष्कारको सिलसिलामा । यहाँ बहिष्कार गरियो । प्रशस्त मात्रामा प्रचार गरिदियो । अन्तमा सबै भूमिगत भयौँ । डिलारामजी उतै लुक्नुभयो । मलाई जिल्लाले ‘तपाईं दक्षिणतिर नलाग्नुस्, पूर्वतिर लाग्नुस् भनेपछि पूर्वतिर लागेँ । रिडी, बलकोट हुँदै म गोरखपुर पुगेँ ।

    गोरखपुर पुग्दाखेरि त्यहाँ मोहनजी, बाबुरामजी हुनुहुन्थ्यो । खान पकाउँदै हुनुहुन्थ्यो । त्यहाँ एक जना ‘नेताजी’ पनि हुनुहुन्थ्यो । उहाँले ‘अरे आपके बहुत लोग दिल्ली मेँ गिरफ्‌तार हो गए’ भन्न भने । त्यसपछि हामीलाई विश्वास लाग्यो । पछि मोहनजीले समाचार सुन्नुभयो । यताउता फोनफान गर्नुभयो । मे १२, १९८६ को आन्दोलनमा त्यस्तो भएको रहेछ । त्यस दिन खाना खाइर सुत्यौँ । अर्को दिन मोहनजीले भन्नु हो– ‘तपाईं र बाबुराम भएर जानुस् ।’ म र बाबुराम दिल्ली गयौँ ।

    त्यहाँ गइसकेपछि म र साथीहरूलाई बेलमा छुटाउने काम भए । मसित अब रासनकार्ड थियो तर नचल्ने, किनभने सरकारी जग्गा थिएन । त्यसकारण मैले कसैलाई जमानत दिन सकिनँ । अरूका रासनकार्ड लिएर छुटाउने काम भयो । त्यसपछि मैले फरिदावादमा जमेरै काम गर्न थाले ।
    बाबुरामजीहरू फुट्दा फरिदावादलाई जिरो बनाइदिए । त्यसपछि गएर फेरि त्यहाँ पुनर्जागरण ल्याइयो । त्यस क्रममा ३२ ओटा टोल समिति बनाइयो । आन्दोलनमा भाग लिइयो । त्यस दौरानमा म २०४५–४६ सालको आन्दोलनमा नेपाल आएँ, जागिर छोडेर ।

    पछि मलाई केही समय पार्टीले अर्घाखाँची खटायो । त्यसपछि बुटवल बोलायो । मोहनजीले बुटवलमा बसेर काम गर्नुस् भन्नुभयो । त्यहाँ सांस्कृतिक मोर्चामा काम दिनुभ्यो । हामीले सांस्कृतिक मोर्चालाई चलायमान बनायौँ । त्यही बेला लक्ष्मी गुरुङ र धनकाजी गुरुङलाई प्रवेश गराइयो । त्यसै क्रममा नेपालगञ्ज, खजुरा–कोहलपुर, सुर्खेतमा कार्यक्रम गरेर दाङको लालमाटियास्थित स्कुलमा कार्यक्रम गरेका थियौँ । त्यसपछि पनि ठाउँठाउँमा हामीले सांस्कृतिक कार्यक्रम गर्‍यौँ । त्यसपछि २०४८ सालतिर फेरी मोहनजीले भन्नुभयो– ‘अब तपाईं फेरि इन्डियातिर जानुस् ।’

    सन् १८९८ मा फेरि इन्डिया गएँ । इन्डिया गएर फेरि सङ्गठन पुनर्गठन गरियो । सबै नयाँ तरिकाले निर्माण गरियो । सङ्गठन मजबुत बनाइयो ।
    सन् २००९ को मूल प्रवाह अखिल भारत सम्मेलनको छैटौँ अखिल भारत सम्मेलनमा मैले आफूलाई होलटाइमर घोषणा गरेँ र जागिर छोडेँ । त्यसपछि म सन् २००९ मा नेपाल आएँ । हुन त त्यो भन्दा अगाडि पनि म पटकपटक नेपाल आएको थिएँ । मैल युगज्योति प्रकाशन हेर्थें । त्यहाँ हरिकान्तजी पनि हुनुहुन्थ्यो । प्रकाश थापा पनि हुनुहुन्थ्यो । त्यति बेला भक्तपुरको सानो ठिमीमा थियो हाम्रो कार्यालय ।

    ढाँट्ने कुरा भएन । यसबिचमा केही समयको लागि म विचलित भएँ । मलाई भ्रममा पारियो । म माओवादीमा गएँ तर निष्क्रिय भएर बसेँ । त्यहाँको माहोल, तिनीहरूको संस्कार मैले पचाउन सकिनँ । त्यहाँ न सर्कुलर आउँछ, न पार्टीको केही आउछ, केही पनि छैन । माथिका सेक्रेटरीले जे बोल्यो, बोल्यो । त्यस्तो किसिमको संस्कार रहेछ । म निष्क्रिय भएर बसँे ।

    यस क्रममा भैरव रेग्मी सरले सम्पर्क गरिराख्नु भएको थियो । मैले प्रकाश थापामगरसित पनि सम्पर्क गरिराख्या थिएँ, बेलाबेलामा । एकपटक भैरवजीले ‘तपाईं काठमाडौँ आउनुस्, मैले कुराकानीको व्यवस्था मिलाइदिन्छु’ भन्नुभयो । त्यति बेला म माओवादी पार्टीको बुद्धिजीवी सङ्गठनको केन्द्रमा थिएँ । त्यति बेला बुद्धिजीवी सङ्घको बैठक थियो । त्यो बैठक फागुन २६ गते थियो । म काठमाडौँ आएँ तर त्यो बैठकमा गइन् । म सिधैँ बागबजार गएँ । त्यहाँ भैरव रेग्मीजीसित भेट भयो । आधा घण्टापछि मोहनजी आउनुभयो । त्यहाँ आधा घण्टासजति कुराकानी भयो ।

    मोहनजीले भन्नुभयो– ‘हामीले तपाईंमाथि कुनै किसिमको कारबाही गरेका छैनौँ, केही अन्यथा सोचेका छैनौँ । तपाईं जानुभयो, त्यो बेग्लै कुरो भयो तर हामीले तपाईंमाथि त्यस्तो केही पूर्वाग्रह राखेका छैनौँ र सोच्दा पनि सोचेका छैनौँ । तपाईं जुन समितिमा हुनुहुन्थ्यो, त्यसैमा तपाईंलाई अपडेट गराउँछौँ । तपाईं निर्धक्क भएर काम गर्नुहोस् ।’ त्यसपछि मैले काठमाडौँ आएर युगज्योति प्रकाशनको काम सम्हाले ।

    २०७२ सालदेखि युगज्योति सम्मालेँ । त्यसपछि म राष्ट्रिय जनमोर्चाको केन्द्रीय कोषाध्यक्षमा चयन भएँ । फेरि राष्ट्रिय जनमोर्चाका र विभिन्न विशेष जिम्मेवारी आए । आर्थिकसम्बन्धी जिम्मेवारी दिइयो ।

    यस्तो अस्वस्थ हुँला भन्ने मैले चिताएको पनि थिइनँ । मेरो कामप्रति, लगनशीलता, इमानदारितामाथि कसैले औँला उठाउन सक्ने अवस्था थिएन, कसैले उठाएन पनि । मैले काम गर्दै गएँ । अहिले त म अस्वस्थ भएको छु । बिस्तरामा पल्टिएको छु र केही गर्न सक्ने अवस्थामा छैन, तैपनि नेकपा (मसाल) प्रति म प्रतिबद्ध छु । देश र पार्टीक्रान्तिको लागि केही गर्नुपर्छ भने म अझै काम गर्न तयार छु । भौतिक रूपले म जान नसके पनि अरूअरू तरिकाले पनि मैले पार्टीलाई सहयोग गर्नेछु । पार्टीले पनि मलाई ठुलो सहयोग गरेको छ । यो पार्टीमा हुँदैनथेँ भने म बाँच्दा पनि बाँच्दिनथेँ । त्यसकारण नेकपा (मसाल) प्रति मेरो प्रतिबद्धता कायमै छ ।

    अर्को कुरा, यो देशमा यदि क्रान्ति गर्छ भने, पक्कै पनि केही समय पछि होला, अहिले तत्कालै नहोला, केही समयपछि पत्याउलान् जनताले, अहिले नपत्याएको बेग्लै कुरो हो, एक दिन राष्ट्रिय जनमोर्चाको राजनीति सही छ भन्ने कुरो जनताले बुझ्‌नेछन् र जनताले विद्रोहमा भाग लिनेछन् भन्ने मलाई पूर्ण विश्वास छ ।

    ० तपाईंले भर्खर भनेजस्तै तपाईंले पुष्पलालदेखि बाबुराम भट्टराई हुँदै यहाँसम्मको राजनीतिक जीवन बिताउनुभयो । तपाईंको आफ्‌नो अनुभवको आधारमा त्यो पुरानो पुस्ता र अहिलेसम्मको अवस्थामा राजनीतिमा भिन्नता के पाउनुभयो, राजनीतिक क्रियाकलाप, गतिविधि, कार्यशैलीमा ?

    – भिन्नता भन्ने कुरो त समय र परिस्थितिले ल्याउने हो । त्यही अनुसार राजनीतिक परिवर्तन पनि हुन्छ । राजनीतिक चिन्तन पनि अगाडि बढ्छ । त्यहीअनुसार राजनीति, राजनीतिज्ञ अगाडि बढ्छन् ।

    अहिले देशमा गम्भीर किसिमको अवस्था छ । नेपाली जनतालाई गास, बास, कपासबाट वञ्चित गरिएको छ । शिक्षाबाट बञ्चित गरिएको छ । स्वास्थ्यबाट बञ्चित गरिएको छ । भोकमरी यस्तो भई राखेको छ । पहिलापहिला नेपालमा धानचामल निर्यात कम्पनी थियो । हामीले धानचामल निर्यात गर्थ्यौं, बङ्गलादेशलाई । अहिले हामीले आयात गर्छौं । निर्यातको कुरो छैन । मैले भर्खरै सुनेको, अहिलेसम्म जम्मा ३२ प्रतिशत मात्रै रोपाइँ भएको छ । कृषिप्रधान देशको यस्तो हालत छ ।

    अब राजनीति पनि त्यहीअनुसार परिवर्तन हुँदै जाने हो । मलाई लाग्छ, अब राजनीतिलाई सही तरिकाले ट्याकल गर्ने मार्क्सवादलाई बुझेका, मार्क्सवादलाई यो देशको माटोअनुसार प्रयोगमा ल्याउन सकिन्छ भन्ने शक्तिले हो । त्यो शक्ति राष्ट्रिय जनमोर्चा नै हो । अरू एमाले, माओवादी सबै वास्तवमा खाओवादीजस्ता भइसके । एमाले त अब गइसक्यो । माओवादी अलिअलि थियो, त्यो पनि अब सिद्धिसक्यो । अवसरवादी धारमा गइसक्यो ।

    मैले केही दिन अघि सुनेको थिएँ, नेपालमा यदि कम्युनिस्ट छ भने त्यो नेकपा (मसाल) र नेमकिपा हो । त्यसकारण म धुक्क छु, नेकपा (मसाल) को राजनीति अहिले पनि सही छ, हिजो पनि सही थियो, सही विश्लेषण गरेको थियो । आज र भोलि पनि सही विश्लेषण गरेर पार्टीलाई निर्बाध रूपमा अगाडि बढाउनेछ । जनतालाई गोलबन्द गरेर यो पार्टी एकदिन ठुलो बन्नेछ भन्ने मलाई विश्वास छ ।

    ० स्रोतालाई तथा दर्शकवृन्द, हामीले स्वास्थ्यको कारणले उहाँसँग धेरै लामो अन्तर्वार्ता गर्ने छैनौँ । त्यसबाहेक उहाँको राजनीतिक जीवनका विविध पक्षको विषयमा फेरि उहाँसँग फेरि अर्को चरणमा कुराकानी गर्नेछौँ । गम्भीर स्वास्थ्यका बाबजुद युगदर्शन मिडियालाई समय दिनुभयो, त्यसका लागि यहाँलाई धेरै धेरै धन्यवाद छ । हामी उहाँको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ । हामी आशा गर्छौं, उहाँले अझै सक्रिय जीवन बिताउनुहुनेछ ।

    मङ्गलबार, असार ३०, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    युक्रेन युद्ध अन्त्यका लागि पुटिनसँग अमेरिकी दूतहरूको ‘ठोस योजना’बारे छलफल
    ‘भोटेकोशी बाढीबारे समयमै पूर्वसूचना दिन पाएको भए अझ धेरैको ज्यान जोगाउन सकिन्थ्यो’: बाढीविद् पराजुली
    प्रशिक्षणपछि किसान तथा आम जनतासँग भेटघाट गर्नेछौँ : ठाडामगर (भिडियोसहित)
    द्वन्द्ववाद धेरैपटक पढियो तर व्यावहारिक रूपमा कमजोर छौँ भन्ने महसुस भयो : खडायत (भिडियो)
    हामी सही नीति लिएर गएका छौँ तर जनताले बुझ्न सकिरहेका छैनन्, : अधिकारी (भिडियोसहित)
    जनताको चेतनास्तरअनुसार राजनीति लिएर जानुपर्छ : (भिडियोसहित)

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.