• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

मध्यपूर्वमा तनाव उत्कर्षमा


  •   मङ्गलबार, बैशाख २२, २०८३ मा प्रकाशित
  • पेरिस, २२ वैशाख । मध्यपूर्व क्षेत्रमा युद्धजन्य अवस्था थप जटिल बन्दै जाँदा अन्तर्राष्ट्रिय स्तरमा तनाव घटाउने आह्वान तीव्र भएको छ । पछिल्ला आक्रमण र प्रतिआक्रमणका घटनाक्रमले क्षेत्रीय मात्र नभई, विश्वव्यापी सुरक्षा चिन्ता बढाएको छ ।

    Advertisement

    संयुक्त अरब इमिरेट्समाथि भएको आक्रमणपछि बेलायत, फ्रान्स, जर्मनी र साउदी अरेबियाले तत्काल तनाव कम गर्न आग्रह गरेका छन् । बेलायतका प्रधानमन्त्री किर स्टार्मरले अवस्था थप चर्किन नदिन रोक लगाउनुपर्ने बताएका छन् भने जर्मनीका चान्सलर फ्रेडरिक मर्जले इरानलाई वार्ताको मार्गमा फर्कन आग्रह गर्दै क्षेत्रीय तथा विश्व शान्तिलाई बन्धक नबनाउन चेतावनी दिएका छन् ।

    इरानतर्फबाट भने पछिल्ला आक्रमणलाई प्रत्यक्ष रूपमा अस्वीकार नगरिए पनि पूर्वनियोजित योजना नभएको दाबी गरिएको छ । एक वरिष्ठ इरानी सैन्य अधिकारीले तेल संरचनामा आक्रमण गर्ने कुनै पूर्वयोजना नरहेको उल्लेख गर्दै अमेरिकी सेनाको गतिविधिलाई उक्साहटपूर्ण भन्दै त्यसको जिम्मेवारी अमेरिकाले लिनुपर्ने बताए ।

    यसैबीच, संयुक्त अरब इमिरेट्सको शिक्षा मन्त्रालयले सुरक्षा जोखिमलाई ध्यानमा राख्दै देशभरका विद्यालयहरूलाई बाँकी हप्ताका लागि दूरशिक्षामा रूपान्तरण गर्न निर्देशन दिएको छ ।

    अमेरिकी सेनाले भने इरानका छवटा साना डुंगाहरू नष्ट गरेको र आफ्ना तथा व्यापारिक जहाजहरूलाई लक्षित गरी प्रहार गरिएका क्षेप्यास्त्र र मानवरहित आक्रमणकारी यन्त्रहरूलाई निष्क्रिय बनाएको जनाएको छ । संयुक्त राज्य केन्द्रीय कमान्डका प्रमुख एडमिरल ब्राड कूपरले अमेरिकी हेलिकप्टरहरूले व्यापारिक जहाजहरूलाई खतरा पुर्‍याउने डुंगाहरूलाई निशाना बनाएको जानकारी दिनुभयो । यद्यपि, तेहरानले आफ्ना युद्ध डुंगाहरू नष्ट भएको दाबीलाई अस्वीकार गर्दै अमेरिकी भनाइलाई निराधार र झुटो भनेको छ ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने हर्मुज जलघाँटीमा स्थिति अपेक्षाकृत नियन्त्रणमै रहेको दाबी गरे । उनका अनुसार इरानले केही गोली प्रहार गरे पनि ठूलो क्षति भएको छैन । दक्षिण कोरियाली जहाजमा सामान्य असर परेको बाहेक अन्य क्षति नभएको उहाँले बताए ।

    संयुक्त अरब इमिरेट्सले भने इरानी आक्रमणबाट आफे्‌नो फुजैराह ऊर्जा केन्द्र प्रभावित भएको र उक्त घटनामा तीन भारतीय नागरिक घाइते भएको जनाएको छ । यसलाई उसले गम्भीर उल्लंघन भन्दै आवश्यक परे प्रतिकार गर्ने अधिकार सुरक्षित रहेको स्पष्ट पारेको छ । तर इरानका एक वरिष्ठ अधिकारीले भने युएईमाथि आक्रमण गर्ने कुनै योजना नभएको पुनः दोहोर्‍याए ।

    ओमानतर्फ पनि असर परेको छ । हर्मुज जलघाँटी नजिकैको बुखा क्षेत्रमा एक आवासीय भवनलाई लक्षित गरी गरिएको आक्रमणमा दुई जना घाइते भएका छन् भने चारवटा सवारीसाधन क्षतिग्रस्त भएका छन् ।

    यसैबीच, इजरायलले सुरक्षा सतर्कता उच्च स्तरमा राखेको जनाएको छ । इरान र अमेरिकाबीचको बढ्दो तनावलाई नजिकबाट निगरानी गरिरहेको त्यहाँका एक सैन्य अधिकारीले बताएका छन् ।

    अमेरिकी नौसैनिक युद्धपोतहरू हर्मुज जलघाँटी हुँदै खाडी क्षेत्रमा प्रवेश गरी व्यापारिक जहाजहरूको सुरक्षा सुनिश्चित गर्ने अभियानमा जुटेका छन् । यसपछि इरानी राज्य सञ्चारमाध्यमहरूले इस्लामिक गणतन्त्रको नौसेनाले चेतावनीस्वरूप अमेरिकी जहाज नजिकै क्षेप्यास्त्र, रकेट तथा मानवरहित आक्रमणकारी यन्त्र प्रहार गरेको दाबी गरेका छन् ।

    यद्यपि, अमेरिकी पक्षले आफ्ना झण्डा भएका व्यापारिक जहाजहरू सुरक्षित रूपमा उक्त जलमार्ग पार गरेको जनाएको छ । त्यसको प्रतिवाद गर्दै इरानको क्रान्तिकारी गाड्र्सले कुनै पनि व्यापारिक जहाजले हर्मुज पार नगरेको दाबी गरेको छ र अमेरिकी भनाइलाई पूर्णतः असत्य भनेको छ ।

    पछिल्ला यी सबै घटनाक्रमले मध्यपूर्व क्षेत्र थप अस्थिर बन्दै गएको देखाएको छ, जहाँ सैन्य गतिविधि, कूटनीतिक बयानबाजी र आपसी आरोप–प्रत्यारोपले स्थिति थप जटिल बनाइरहेको छ ।

    मङ्गलबार, बैशाख २२, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.