• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, कार्तिक ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

ब्राजिलमा भ्रष्टाचार आरोपित बोल्सोनारोलाई अमेरिकाले ‘असल मानिस’ भन्दै भिसा दिने

माओलाई तानाशाह भनेकोमा एमबाप्पेले मागे माफी

स्पेनमा दुई रेल ठोक्किँदा कम्तीमा ३० जनाको मृत्यु

शरद्मा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

भक्तपुरमा बिहीबारदेखि पुस्तक प्रदर्शनी सुरु

बाढीपछि फेरिएको पाल्पाको ‘रानीमहल’

नेप्से परिसूचक बढ्यो

जलवायु जोखिम निगरानीका लागि नेपालले राख्यो सहकार्यको प्रस्ताव

अर्नब आँधीका कारण बिहीबारदेखि नेपालमा वर्षा हुने

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ७. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ८. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ९. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • १०. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

भारतमा मतगणनाः मोदीका लागि निर्णायक घडी


  •   सोमबार, बैशाख २१, २०८३ मा प्रकाशित
  • कोलकाता, २१ वैशाख । भारतका विभिन्न राज्यमा सम्पन्न चुनावको मतगणना सोमबार कडा सुरक्षा व्यवस्थाबीच सुरु हुँदा यसको नतिजाले प्रधानमन्त्री नरेन्द्र मोदीका लागि राजनीतिक रूपमा महत्वपूर्ण सन्देश दिने अपेक्षा गरिएको छ । विशेषगरी पश्चिम बंगालमा केन्द्रित यस चुनावी प्रतिस्पर्धालाई राष्ट्रिय शक्ति सन्तुलनसँग जोडेर हेरिएको छ ।

    Advertisement

    अप्रिल र मे महिनामा पाँच राज्य तथा क्षेत्रहरूमा सम्पन्न निर्वाचनपछि अहिले मतगणना भइरहेको छ । सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) विपक्षीको नियन्त्रणमा रहेका राज्यहरूमा आफ्‌नो प्रभाव विस्तार गर्ने रणनीतिमा देखिएको छ । राष्ट्रिय संसदमा बहुमतसहित सत्तामा रहेको भाजपाले यी चुनावलाई आफ्‌नो पकड थप मजबुत बनाउने अवसरका रूपमा लिएको छ ।

    सबैभन्दा बढी ध्यान भने पश्चिम बंगालतर्फ केन्द्रित छ, जहाँ करिब १० करोड जनसंख्या भएको राज्यमा सन् २०११ देखि सत्तामा रहँदै आएकी मुख्यमन्त्री ममता बनर्जी नेतृत्वको अखिल भारतीय तृणमूल काँग्रेस (टिएमसी) लाई हटाउन भाजपाले आक्रामक अभियान चलाएको थियो । हिन्दू राष्ट्रवादी धार बोकेको भाजपाले यसपटक उल्लेखनीय उपलब्धि हासिल गर्ने अपेक्षा गरेको छ ।

    गत हप्ता सार्वजनिक गरिएको एक्जिट पोलहरूले टिएमसी र भाजपाबीच कडा प्रतिस्पर्धा देखाए पनि केहीले भाजपालाई झिनो अग्रता दिएका थिए । यद्यपि भारतमा एक्जिट पोलहरूको विश्वसनीयता अघिल्ला अनुभवका आधारमा कमजोर मानिँदै आएको छ ।

    राजनीतिक विश्लेषक विश्वनाथ चक्रवर्तीका अनुसार पश्चिम बंगालको नतिजाले देशव्यापी राजनीतिक समीकरणमा प्रभाव पार्न सक्छ । उहाँले कोलकातामा एएफपीसँग कुरा गर्दै यस प्रतिस्पर्धाले शक्ति सन्तुलनलाई नयाँ ढंगले परिभाषित गर्न सक्ने सम्भावना रहेको बताउनुभयो ।

    यस चुनावी अभियानमा मतदाता सूचीबाट लाखौँ नाम हटाइएको विषयले पनि विवाद निम्त्याएको थियो । अधिकारीहरूले अयोग्य मतदातालाई हटाउने उद्देश्य रहेको बताएका भए पनि आलोचकहरूले यसलाई सीमान्तकृत तथा अल्पसंख्यक समुदायलाई लक्षित कदमका रूपमा व्याख्या गरेका छन् ।

    मतगणनाअघि मुख्यमन्त्री ममता बनर्जीले आफ्‌नो पार्टी विजयी हुने दाबी गर्नुभयो । उहाँले भाजपाले सत्ता प्राप्त गर्न नसक्ने बताउँदै अन्तिमसम्म धैर्य राख्न समर्थकहरूलाई आग्रह गर्नुभयो । यता पश्चिम बंगाल भाजपाका प्रमुख समिक भट्टाचार्यले भने जनताले परिवर्तन चाहेको दाबी गर्दै आफ्‌नो पार्टीको जित सुनिश्चित भएको प्रतिक्रिया दिनुभयो ।

    पश्चिम बंगालमा अघिल्ला चुनावहरूमा हिंसात्मक घटना देखिएकाले यसपटक पनि सुरक्षा व्यवस्था कडा पारिएको छ ।

    यसैबीच अन्य राज्यहरूमा पनि मतगणना जारी छ । दक्षिणी राज्य तमिलनाडुमा मुख्यमन्त्री एमके स्टालिन नेतृत्वको द्रविड मुनेत्र कडगम पुनः सत्तामा फर्किने अपेक्षा गरिएको छ । करिब आठ करोड जनसंख्या भएको यो औद्योगिक राज्यमा सत्तारूढ दल बलियो अवस्थामा देखिएको छ ।

    तीन करोड १० लाखभन्दा बढी जनसंख्या रहेको पूर्वी राज्य असममा भाजपाले आफ्नो नियन्त्रण कायम राख्ने अनुमान गरिएको छ । सानो तटीय क्षेत्र पुडुचेरीमा पनि भाजपा सत्तारूढ गठबन्धनको हिस्सा रहेको छ ।

    दक्षिणी राज्य केरलामा भने प्रतिस्पर्धा रोचक बनेको छ । करिब तीन करोड ६० लाख जनसंख्या रहेको यस राज्यमा काँग्रेस नेतृत्वको गठबन्धनले कम्युनिस्ट पार्टीलाई चुनौती दिएको छ र एक्जिट पोलहरूले सत्ता परिवर्तनको सम्भावना देखाएका छन् ।

    यी राज्यहरूको नतिजाले प्रधानमन्त्री मोदीलाई आन्तरिक र बाह्य दुवै मोर्चामा प्रभाव पार्ने देखिन्छ । उच्च बेरोजगारी दर, आर्थिक दबाब तथा अमेरिकासँगको सम्भावित व्यापार सम्झौता जस्ता विषयबीच यी चुनावी परिणामहरूले सरकारको आगामी रणनीतिमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

    सोमबार, बैशाख २१, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ब्राजिलमा भ्रष्टाचार आरोपित बोल्सोनारोलाई अमेरिकाले ‘असल मानिस’ भन्दै भिसा दिने
    माओलाई तानाशाह भनेकोमा एमबाप्पेले मागे माफी
    स्पेनमा दुई रेल ठोक्किँदा कम्तीमा ३० जनाको मृत्यु
    शरद्मा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति
    भक्तपुरमा बिहीबारदेखि पुस्तक प्रदर्शनी सुरु
    बाढीपछि फेरिएको पाल्पाको ‘रानीमहल’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

    भर्खरै

    • १.
      ब्राजिलमा भ्रष्टाचार आरोपित बोल्सोनारोलाई अमेरिकाले ‘असल मानिस’ भन्दै भिसा दिने

    • २.
      माओलाई तानाशाह भनेकोमा एमबाप्पेले मागे माफी

    • ३.
      स्पेनमा दुई रेल ठोक्किँदा कम्तीमा ३० जनाको मृत्यु

    • ४.
      शरद्मा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

    • ५.
      भक्तपुरमा बिहीबारदेखि पुस्तक प्रदर्शनी सुरु

    • ६.
      बाढीपछि फेरिएको पाल्पाको ‘रानीमहल’

    • ७.
      नेप्से परिसूचक बढ्यो

    • ८.
      जलवायु जोखिम निगरानीका लागि नेपालले राख्यो सहकार्यको प्रस्ताव

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.