• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

होर्मुज क्षेत्रमा जहाज आवागमन सहज बनाउन ‘प्रोजेक्ट फ्रीडम’ सुरु हुने


  •   सोमबार, बैशाख २१, २०८३ मा प्रकाशित
  • वासिङ्टन, २१ वैशाख । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार जानकारी गराउँदै मध्यपूर्वको अत्यन्त महत्वपूर्ण समुद्री मार्ग होर्मुज जलडमरूमध्यमा रहेका जहाजहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्ने प्रक्रिया सोमबार बिहानदेखि सुरु गरिने बताउनुभएको छ ।

    Advertisement

    उहाँले यस पहललाई ‘प्रोजेक्ट फ्रीडम’ नाम दिँदै मानवीय सहयोगका उद्देश्यले अघि सारिएको कदमका रूपमा प्रस्तुत गर्नुभएको छ । उहाँका अनुसार विभिन्न मुलुकहरूले आफ्ना व्यापारिक जहाजहरू उक्त संवेदनशील जलमार्गमा फसेको अवस्थाका कारण सहयोगका लागि अनुरोध गरेका थिए, जसमा ती मुलुकहरू प्रत्यक्ष रूपमा क्षेत्रीय विवादमा संलग्न नभए पनि उनीहरूका जहाजहरू प्रभावित भएका छन् ।

    राष्ट्रपति ट्रम्पले इरान, मध्यपूर्व क्षेत्र तथा संयुक्त राज्य अमेरिकाको साझा हितलाई ध्यानमा राख्दै जहाजहरूलाई सुरक्षित मार्ग प्रदान गर्दै उक्त क्षेत्रबाट बाहिर निकाल्ने निर्णय गरिएको उल्लेख गर्नुभएको छ । यस प्रयासले अन्तर्राष्ट्रिय समुद्री व्यापारलाई सहज बनाउन तथा आपूर्ति शृंखलालाई सामान्य अवस्थामा फर्काउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

    उहाँका अनुसार केही जहाजहरूमा खाद्यान्न, इन्धन तथा अन्य अत्यावश्यक सामग्रीको अभाव देखिन थालेको छ, जसले चालकदलको स्वास्थ्य, सुरक्षा तथा समग्र कल्याणमा चुनौती उत्पन्न गर्न सक्ने अवस्था रहेको छ ।

    उहाँले थप स्पष्ट पार्दै यस मानवीय प्रक्रियामा कुनै प्रकारको अवरोध भएमा आवश्यक परेमा उपयुक्त र कडाइका साथ सम्बोधन गरिने पनि उल्लेख गर्नुभएको छ ।

    यसैबीच, इरानले आफ्नो १४ बुँदे शान्ति प्रस्तावबारे अमेरिकी प्रतिक्रिया प्राप्त भएको र त्यसको सावधानीपूर्वक अध्ययन भइरहेको जनाएको छ । इरानी विदेश मन्त्रालयका प्रवक्ताले उक्त प्रस्तावको मुख्य उद्देश्य युद्धको अन्त्य सुनिश्चित गर्नु रहेको र त्यसमा आणविक विषयसँग सम्बन्धित विस्तृत विवरण समावेश नभएको स्पष्ट पार्नुभएको छ ।

    यस घटनाक्रमले मध्यपूर्व तथा एसिया क्षेत्रको सुरक्षा अवस्था, समुद्री व्यापार तथा अन्तर्राष्ट्रिय कूटनीतिक सम्बन्धलाई अझ संवेदनशील बनाएको सङ्केत गरेको छ ।

    सोमबार, बैशाख २१, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.