• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, कार्तिक ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सम्पत्ति शुद्धीकरणले ‘मालपानी’ लाई नछोएकोमा आश्चर्य

ब्राजिलमा भ्रष्टाचार आरोपित बोल्सोनारोलाई अमेरिकाले ‘असल मानिस’ भन्दै भिसा दिने

माओलाई तानाशाह भनेकोमा एमबाप्पेले मागे माफी

स्पेनमा दुई रेल ठोक्किँदा कम्तीमा ३० जनाको मृत्यु

शरद्मा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

भक्तपुरमा बिहीबारदेखि पुस्तक प्रदर्शनी सुरु

बाढीपछि फेरिएको पाल्पाको ‘रानीमहल’

नेप्से परिसूचक बढ्यो

जलवायु जोखिम निगरानीका लागि नेपालले राख्यो सहकार्यको प्रस्ताव

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ७. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ८. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ९. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • १०. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

जापानद्वारा सुरक्षा कारणले विदेशी अधिग्रहण रोक्ने तयारी


  •   शुक्रबार, बैशाख ११, २०८३ मा प्रकाशित
  • टोकियो, ११ वैशाख । राष्ट्रिय सुरक्षासम्बन्धी जोखिमलाई आधार बनाउँदै जापान सरकारले एक प्रमुख औद्योगिक मेसिन निर्माता कम्पनीको विदेशी अधिग्रहण प्रयास रोक्ने तयारी गरेको छ । दक्षिण कोरियामा आधारित निजी इक्विटी कोष एमबीके पार्टनर्सद्वारा टोकियोस्थित माकिनो मिलिङ कम्पनी खरिद गर्ने प्रस्तावलाई सरकारद्वारा निलम्बन गर्न सिफारिस गरिएको अधिकारीहरूले जनाएका छन् ।

    Advertisement

    अर्थमन्त्री सात्सुकी कटयामाले बिहीबार पत्रकारहरूलाई जानकारी दिँदै माकिनो मिलिङलाई पूर्ण रूपमा अधिग्रहण गर्ने एमबीके पार्टनर्सको प्रस्तावलाई रोक्नुपर्ने निष्कर्षमा सरकार पुगेको बताउनुभयो । उहाँका अनुसार माकिनो मिलिङका उत्पादनहरू जापानका रक्षा उपकरण निर्माणमा व्यापक रूपमा प्रयोग हुने भएकाले यस प्रकारको लगानीले राष्ट्रिय सुरक्षामा जोखिम निम्त्याउन सक्ने मूल्याङ्कन गरिएको छ ।

    सरकारी सिफारिस बुधबार नै जारी गरिएको हो । जापानको विदेशी मुद्रा तथा व्यापार कानूनअनुसार राष्ट्रिय सुरक्षासम्बन्धी जोखिम रोक्न यस्तो निलम्बन आदेश जारी गरिएको यो दोस्रो घटना भएको पनि उल्लेख गरिएको छ ।

    सन् १९३७ मा स्थापना भएको माकिनो मिलिङ कम्पनीले एयरोस्पेस, अटोमोबाइल, चिकित्सा उपकरण तथा सेमिकन्डक्टर उद्योगका लागि अत्यावश्यक मेसिन उपकरण उत्पादन गर्दै आएको छ । कम्पनीले आफ्नो वेबसाइटमार्फत आफूलाई विश्वस्तरीय औद्योगिक मेसिन उपकरण निर्माता भनेर परिचित गराएको छ ।

    एमबीके पार्टनर्सले भने जापान सरकारबाट प्राप्त सूचनाप्रति आश्चर्य व्यक्त गरेको छ । कम्पनीका अनुसार माकिनो मिलिङका उत्पादनहरूमा सैन्य प्रयोगको उच्च सम्भावना भएका संवेदनशील सामग्रीहरू समावेश रहेको जानकारी सरकारले दिएको छ । अधिग्रहण प्रक्रिया जुन महिनाको अन्त्यसम्म स्वीकृत हुने अपेक्षा गरिएको अवस्थामा यस्तो निर्णय आएको कोषले जनाएको छ ।

    एमबीके पार्टनर्सले अब सरकारको निलम्बन सिफारिसलाई स्वीकार गर्ने वा नगर्ने विषयमा मे १ सम्म निर्णय गर्नुपर्नेछ । यस निर्णयले जापानको विदेशी लगानी नीति र राष्ट्रिय सुरक्षाबीचको सन्तुलनमाथि पुनः बहस सुरु गराएको छ ।

    शुक्रबार, बैशाख ११, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सम्पत्ति शुद्धीकरणले ‘मालपानी’ लाई नछोएकोमा आश्चर्य
    ब्राजिलमा भ्रष्टाचार आरोपित बोल्सोनारोलाई अमेरिकाले ‘असल मानिस’ भन्दै भिसा दिने
    माओलाई तानाशाह भनेकोमा एमबाप्पेले मागे माफी
    स्पेनमा दुई रेल ठोक्किँदा कम्तीमा ३० जनाको मृत्यु
    शरद्मा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति
    भक्तपुरमा बिहीबारदेखि पुस्तक प्रदर्शनी सुरु

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

    भर्खरै

    • १.
      सम्पत्ति शुद्धीकरणले ‘मालपानी’ लाई नछोएकोमा आश्चर्य

    • २.
      ब्राजिलमा भ्रष्टाचार आरोपित बोल्सोनारोलाई अमेरिकाले ‘असल मानिस’ भन्दै भिसा दिने

    • ३.
      माओलाई तानाशाह भनेकोमा एमबाप्पेले मागे माफी

    • ४.
      स्पेनमा दुई रेल ठोक्किँदा कम्तीमा ३० जनाको मृत्यु

    • ५.
      शरद्मा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

    • ६.
      भक्तपुरमा बिहीबारदेखि पुस्तक प्रदर्शनी सुरु

    • ७.
      बाढीपछि फेरिएको पाल्पाको ‘रानीमहल’

    • ८.
      नेप्से परिसूचक बढ्यो

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.