त्रिपोली(लिबिया), १०वैशाख । लिबियको तटबाट अनियमित आप्रवासी बोकेका १० वटा डुंगा सहित डुंगामा सवार आप्रवासीहरुलाई उद्धार गरेको लिबियाका अधिकारीहरूले घोषणा गरेका छन् ।
Advertisement
विज्ञप्ति जारी गर्दै लिबियन रेड क्रिसेन्टले लिबियाको समुद्रको तटमा कठोर परिस्थितिबाट पीडित विभिन्न देशका ४०४ जना अनियमित आप्रवासीलाई उद्धार गरेको पुष्टि गरेको छ ।
उद्धार पछि आप्रवासीहरूलाई अवतरण बिन्दुहरूमा सारिएको जानकारी दिदै स्रोतहरूले त्यहाँ उनीहरूले प्राथमिक उपचार र आवाश्यक मानवीय सहायता तत्काल प्राप्त गरेको जनाएको छ । उद्धार कार्य संयुक्त राष्ट्रसङ्घीय शरणार्थी उच्चायुक्तसँगको साझेदारीमा तटरक्षक, लिबियाली नौसेना लगायतको समन्वयमा सम्भव भएको जनाइएको छ ।