• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सुनसरी घटनाको सन्दर्भमा

आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

लोकप्रिय समाचार

  • १. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ४. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ५. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • ६. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जनजाति मुक्ति आन्दोलन

एम्नेस्टीको चेतावनीः ‘शिकारी’ विश्व व्यवस्था उदाउँदै


  •   मङ्गलबार, बैशाख ०८, २०८३ मा प्रकाशित
  • लन्डन, ८ वैशाख । मानव अधिकारको विश्वव्यापी अवस्था तीव्र रूपमा बिग्रँदै गएको चेतावनी दिँदै अधिकारवादी संस्था एम्नेस्टी इन्टरनेसनलले विश्व शक्तिशाली नेताहरूले नयाँ ‘शिकारी विश्व व्यवस्था’ लागू गर्ने प्रयास गरिरहेको आरोप लगाएको छ । संस्थाले यस्तो प्रवृत्तिको सामना गर्न अधिकांश देशहरू कमजोर र कायर देखिएको टिप्पणीसमेत गरेको छ ।

    Advertisement

    लन्डनमा सार्वजनिक गरिएको वार्षिक प्रतिवेदनमा एम्नेस्टीकी महासचिव एग्नेस कालामार्डले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई ‘शिकारी’ नेताहरूका रूपमा उल्लेख गर्दै कडा आलोचना गरे । उनका अनुसार यी नेताहरूले दोस्रो विश्वयुद्धपछि निर्माण गरिएको बहुपक्षीय अन्तर्राष्ट्रिय प्रणालीलाई कमजोर पार्दै शक्ति र युद्धलाई प्राथमिकता दिने दृष्टिकोण अपनाएका छन् ।

    प्रतिवेदनमा उल्लेख गरिएअनुसार, यस्तो विश्व दृष्टिकोणले कूटनीति र नियममा आधारित अन्तर्राष्ट्रिय व्यवस्थालाई विस्थापित गर्दै युद्ध, दमन र हिंसालाई साधनका रूपमा प्रयोग गर्ने प्रवृत्ति बढाइरहेको छ । कालामार्डले यो अवस्था विगत ८० वर्षमा निर्माण गरिएको अन्तर्राष्ट्रिय संरचनाका लागि गम्भीर खतरा भएको चेतावनी दिए ।

    उनका अनुसार सन् २०२५ मा ट्रम्प, पुटिन र नेतान्याहुले शक्ति, राजनीतिक प्रभुत्व र आर्थिक नियन्त्रणका लागि अन्तर्राष्ट्रिय नियमहरूको बेवास्ता गर्दै दमन र हिंसालाई प्रयोग गरेको देखिन्छ । यस्तो प्रवृत्तिले मानव अधिकारको आधारभूत संरचनामाथि आक्रमण भइरहेको उनको भनाइ छ ।

    उनका अनुसार यसले मानव अधिकार संरक्षणमा कमजोर प्रतिक्रिया देखिएको छ, किनभने धेरै सरकारहरूले शक्तिशाली नेताहरूको विरोध नगरी उनीहरूलाई खुसी पार्ने नीति रोजेको देखिएको छ ।

    एम्नेस्टीका अनुसार मध्यपूर्वमा जारी द्वन्द्व यस ‘नयाँ शिकारी विश्व व्यवस्था’ को स्पष्ट उदाहरण हो, जहाँ जातीय र विचारधारात्मक आधारमा मानवतालाई अमानवीकरण गर्ने प्रवृत्ति बढेको छ । ट्रम्पमाथि उनले विधिको शासन कमजोर पार्ने र शक्तिको मनपरी प्रयोग गर्ने नीतिहरू अपनाएको आरोपसमेत लगाए ।

    कालामार्डले ट्रम्प र पुटिनले ‘अत्यधिक जातीय र पितृसत्तात्मक’ विश्व दृष्टिकोण साझा गरेको दाबी गर्दै यसले महिला अधिकार, यौन तथा प्रजनन अधिकारमाथि गम्भीर असर पारेको बताए । उनका अनुसार अमेरिकामा पनि यी अधिकारहरू कमजोर पार्ने प्रयासहरू तीव्र भएका छन् ।

    चीनबारे टिप्पणी गर्दै एम्नेस्टीले चीनलाई प्रत्यक्ष ‘शिकारी सूची’ मा नराखे पनि म्यान्माको सैन्य शासनलाई समर्थन गर्ने र रुसलाई परोक्ष सहयोग गर्ने भूमिका खेलेको उल्लेख गरेको छ ।

    गाजामा जारी द्वन्द्वलाई प्रतिवेदनले विशेष रूपमा उजागर गर्दै विश्वका शक्तिशाली सरकारहरू इजरायलको गैरकानूनी कब्जा र मानव अधिकार उल्लङ्घन रोक्न असफल भएको आरोप लगाएको छ । यसलाई प्रतिवेदनले गम्भीर मानवीय सङ्कटका रूपमा चित्रण गरेको छ ।

    कालामार्डले वर्तमान अवस्थालाई ‘कायरताको युग’ भन्दै अधिकांश विश्व नेताहरूले शक्ति प्रयोग गर्नेहरूविरुद्ध दृढता देखाउन नसकेको टिप्पणी गर्नुभयो । उहाँका अनुसार स्पेन र स्लोभेनिया जस्ता केही देशबाहेक युरोपेली सङ्घ (इयु) का धेरैजसो सदस्य राष्ट्रहरू यस मामिलामा निष्क्रिय देखिएका छन् ।

    एम्नेस्टीले इजरायलसँगको इयुको व्यापार सम्बन्ध पुनर्विचार गर्न र प्रतिबन्धजस्ता कडा कदम चाल्न आग्रह गरेको छ । साथै, बेलायतमा प्रतिबन्धविरोधी प्रदर्शनहरूमा गरिएको गिरफ्तारी र असहमतिको दमनप्रति पनि आलोचना गरिएको छ ।

    संस्थाले स्पष्ट रूपमा सरकारहरूलाई शान्तिपूर्ण विरोधलाई अपराधीकरण नगर्न र मानव अधिकारको संरक्षणलाई प्राथमिकता दिन आग्रह गरेको छ ।

    मङ्गलबार, बैशाख ०८, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह
    नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो
    कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन
    मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश
    देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न
    प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ४.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ५.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ६.
      रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

    भर्खरै

    • १.
      सुनसरी घटनाको सन्दर्भमा

    • २.
      आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

    • ३.
      नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

    • ४.
      कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

    • ५.
      मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

    • ६.
      देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

    • ७.
      प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    • ८.
      कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.