• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, कार्तिक ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सम्पत्ति शुद्धीकरणले ‘मालपानी’ लाई नछोएकोमा आश्चर्य

ब्राजिलमा भ्रष्टाचार आरोपित बोल्सोनारोलाई अमेरिकाले ‘असल मानिस’ भन्दै भिसा दिने

माओलाई तानाशाह भनेकोमा एमबाप्पेले मागे माफी

स्पेनमा दुई रेल ठोक्किँदा कम्तीमा ३० जनाको मृत्यु

शरद्मा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

भक्तपुरमा बिहीबारदेखि पुस्तक प्रदर्शनी सुरु

बाढीपछि फेरिएको पाल्पाको ‘रानीमहल’

नेप्से परिसूचक बढ्यो

जलवायु जोखिम निगरानीका लागि नेपालले राख्यो सहकार्यको प्रस्ताव

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ७. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ८. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ९. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • १०. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

लक्सनलाई पार्टीको पुनः समर्थन


  •   मङ्गलबार, बैशाख ०८, २०८३ मा प्रकाशित
  • वेलिङटन, ८ वैशाख । लगातार घट्दो जनसमर्थन र पार्टीभित्र बढ्दो असन्तुष्टिबीच न्युजिल्यान्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सन अन्ततः नेतृत्व जोगाउन सफल भएका छन् । मंगलबार भएको आन्तरिक मतदानले उहाँ अझै पार्टीको विश्वासमा रहेको सन्देश दिएको छ, यद्यपि राजनीतिक चुनौती भने कायम देखिएको छ ।

    Advertisement

    केन्द्र–दक्षिणपन्थी नेसनल पार्टीका नेता लक्सनले नोभेम्बरमा हुने आम चुनावअघि पार्टीको कमजोर जनमत सर्वेक्षणका कारण नेतृत्वमाथि प्रश्न उठेपछि विश्वासको प्रस्ताव अघि सारेका थिए । करिब तीन घण्टा चलेको ककस बैठकपछि उनले आफूले प्रस्तावित विश्वास मत पारित भएको जानकारी दिए ।

    “मैले मेरो नेतृत्वप्रति विश्वासको औपचारिक प्रस्ताव पेस गरेको थिएँ”, उहाँले भन्नुभयो, “त्यो प्रस्ताव पारित भएको छ र यसले मलाई नेताका रूपमा मेरो ककसको समर्थन रहेको पुष्टि गरेको छ ।”

    यद्यपि, उहाँले कति मतले जित हासिल गरेको भन्ने खुलाए । मतदान प्रक्रिया गोप्य राखिएको थियो र अन्तिम मत परिणाम स्वयं उनलाई पनि सार्वजनिक नगरिएको बताइएको छ । बैठकमा सहभागी सांसदहरूले मात्र मतदान गर्न पाएका थिए भने खराब मौसमका कारण वेलिङ्टनतर्फका धेरै उडान रद्द हुँदा केही सदस्यहरू उपस्थित हुन सकेनन् ।

    पछिल्ला महिनाहरूमा लक्सनको नेतृत्वबारे प्रश्नहरू बढिरहेका थिए । जनमत सर्वेक्षणमा उनको पार्टी ३० प्रतिशतभन्दा तल झरेको छ भने उनको व्यक्तिगत लोकप्रियता पनि घट्दो क्रममा देखिएको छ । यसै सन्दर्भमा केही सांसदहरू असन्तुष्ट रहेको र आगामी निर्वाचनमा पुनः निर्वाचित हुने सम्भावना कमजोर भएको चर्चा चलेको थियो ।

    यस्ता अड्कलबाजीलाई लक्सनले ‘मिडिया सोप ओपेरा’ भन्दै अस्वीकार गरेका छन् । उनले अनुमान र हल्लामा आफू संलग्न नहुने स्पष्ट पार्दै अब पार्टीलाई एकताबद्ध रूपमा अघि बढाउनेमा जोड दिए ।

    यातायातमन्त्री क्रिस बिशपले पनि नेतृत्व परिवर्तनको सम्भावनाबारे उठेका चर्चाहरूलाई खारेज गर्दै अन्ततः लक्सनलाई समर्थन गरेको बताए । उनका अनुसार पार्टीभित्र ‘राम्रो, इमानदार र बलियो’ छलफलपछि सबैजना एकजुट भएर अघि बढ्ने सहमति बनेको हो ।

    अर्थमन्त्री तथा उपनेता निकोला विलिसले यो मतदानले ककसबाट स्पष्ट सन्देश गएको बताए, यद्यपि उनले पनि मत परिणामबारे जानकारी नभएको स्वीकार गरे ।

    तर गठबन्धन सरकारका साझेदार तथा विदेशमन्त्री विन्स्टन पिटर्सले भने यस्तो विश्वास मतलाई ‘अहंकारी फोहोर’ को संज्ञा दिँदै आलोचना गरे ।

    यस घटनाले लक्सन तत्कालका लागि नेतृत्व सुरक्षित गर्न सफल भए पनि कमजोर जनसमर्थन र आन्तरिक दबाबका कारण आगामी चुनावअघि उनका लागि राजनीतिक परीक्षा अझै बाँकी रहेको सङ्केत गरेको छ ।

    मङ्गलबार, बैशाख ०८, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सम्पत्ति शुद्धीकरणले ‘मालपानी’ लाई नछोएकोमा आश्चर्य
    ब्राजिलमा भ्रष्टाचार आरोपित बोल्सोनारोलाई अमेरिकाले ‘असल मानिस’ भन्दै भिसा दिने
    माओलाई तानाशाह भनेकोमा एमबाप्पेले मागे माफी
    स्पेनमा दुई रेल ठोक्किँदा कम्तीमा ३० जनाको मृत्यु
    शरद्मा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति
    भक्तपुरमा बिहीबारदेखि पुस्तक प्रदर्शनी सुरु

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

    भर्खरै

    • १.
      सम्पत्ति शुद्धीकरणले ‘मालपानी’ लाई नछोएकोमा आश्चर्य

    • २.
      ब्राजिलमा भ्रष्टाचार आरोपित बोल्सोनारोलाई अमेरिकाले ‘असल मानिस’ भन्दै भिसा दिने

    • ३.
      माओलाई तानाशाह भनेकोमा एमबाप्पेले मागे माफी

    • ४.
      स्पेनमा दुई रेल ठोक्किँदा कम्तीमा ३० जनाको मृत्यु

    • ५.
      शरद्मा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

    • ६.
      भक्तपुरमा बिहीबारदेखि पुस्तक प्रदर्शनी सुरु

    • ७.
      बाढीपछि फेरिएको पाल्पाको ‘रानीमहल’

    • ८.
      नेप्से परिसूचक बढ्यो

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.