• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, कार्तिक ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सम्पत्ति शुद्धीकरणले ‘मालपानी’ लाई नछोएकोमा आश्चर्य

ब्राजिलमा भ्रष्टाचार आरोपित बोल्सोनारोलाई अमेरिकाले ‘असल मानिस’ भन्दै भिसा दिने

माओलाई तानाशाह भनेकोमा एमबाप्पेले मागे माफी

स्पेनमा दुई रेल ठोक्किँदा कम्तीमा ३० जनाको मृत्यु

शरद्मा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

भक्तपुरमा बिहीबारदेखि पुस्तक प्रदर्शनी सुरु

बाढीपछि फेरिएको पाल्पाको ‘रानीमहल’

नेप्से परिसूचक बढ्यो

जलवायु जोखिम निगरानीका लागि नेपालले राख्यो सहकार्यको प्रस्ताव

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ७. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ८. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ९. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • १०. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

महारानीको जीवनी लेख्न इतिहासकार चयन


  •   आइतबार, बैशाख ०६, २०८३ मा प्रकाशित
  • लन्डन, ६ वैशाख । बेलायती शाही परिवारले दिवङ्गत महारानी एलिजाबेथ द्वितीयको जीवनलाई आधिकारिक रूपमा अभिलेखीकरण गर्ने महत्त्वपूर्ण कदम अघि बढाउँदै इतिहासकार अन्ना केलाई जीवनी लेखनको जिम्मेवारी दिएको जनाएको छ । सत्तरी वर्षभन्दा लामो शासनपछि सन् २०२२ सेप्टेम्बरमा निधन भएकी महारानीको जीवन र कार्यलाई समेट्ने यो परियोजनालाई शाही इतिहासको एक महत्वपूर्ण दस्तावेजका रूपमा हेरिएको छ ।

    Advertisement

    बेलायती सञ्चारमाध्यमहरूका अनुसार राजा चार्ल्स तृतीयले आफ्नी आमाको जीवनकथा लेख्ने जिम्मेवारी एक महिलालाई दिने इच्छा व्यक्त गरेका थिए, जसअनुसार अन्ना केको छनोट गरिएको हो । विशेषगरी सन् १६४९ देखि १६६० सम्मको बेलायतको गणतान्त्रिक कालखण्डबारे गहिरो अध्ययन र लेखनका लागि परिचित केका लागि यो अवसर ऐतिहासिक जिम्मेवारीका रूपमा आएको छ ।

    अन्ना केले यो जिम्मेवारी पाउनु ‘गहिरो सम्मान’ भएको प्रतिक्रिया दिँदै रानी एलिजाबेथलाई असाधारण व्यक्तित्वका रूपमा चित्रण गरेका छन् । महारानी एलिजाबेथको जीवन एक शताब्दीभरि भएका व्यापक परिवर्तनहरूसँग गाँसिएको थियो । केले आफूलाई उपलब्ध गराइने स्रोत र सामग्रीको सदुपयोग गर्दै महारानीको जीवन र योगदानलाई न्याय गर्ने प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

    बकिङ्घम प्यालेसले जारी गरेको विज्ञप्तिअनुसार अन्ना केले रोयल आर्काइभमा सुरक्षित राखिएका महारानीका व्यक्तिगत तथा आधिकारिक कागजातहरूमा पूर्ण पहुँच पाउनुहुनेछ । साथै, उहाँले शाही परिवारका सदस्यहरू, महारानीका निकट साथीहरू तथा दरबारका कर्मचारीहरूसँग अन्तर्वार्ता लिन पनि सक्ने व्यवस्था गरिएको छ, जसले जीवनीलाई थप विश्वसनीय र जीवन्त बनाउने अपेक्षा गरिएको छ ।

    आधिकारिक शाही जीवनीहरूले प्रायः ऐतिहासिक रूपमा महत्त्वपूर्ण तर कम ज्ञात विवरणहरू सार्वजनिक गर्ने गरेका छन् । यसअघि महारानी एलिजाबेथकी आमा, राजा जर्ज छैटौँकी पत्नीको आधिकारिक जीवनीमा १९६० को दशकमा आन्द्राको क्यान्सरबाट पीडित भए पनि सफल उपचार गरिएको तथ्य खुलासा भएको थियो ।

    यस नयाँ जीवनी परियोजनाले महारानी एलिजाबेथ द्वितीयको व्यक्तिगत जीवन, शासनकाल र विश्व इतिहासमा उहाँको भूमिकाबारे थप गहिरो दृष्टिकोण प्रदान गर्ने अपेक्षा गरिएको छ ।

    आइतबार, बैशाख ०६, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सम्पत्ति शुद्धीकरणले ‘मालपानी’ लाई नछोएकोमा आश्चर्य
    ब्राजिलमा भ्रष्टाचार आरोपित बोल्सोनारोलाई अमेरिकाले ‘असल मानिस’ भन्दै भिसा दिने
    माओलाई तानाशाह भनेकोमा एमबाप्पेले मागे माफी
    स्पेनमा दुई रेल ठोक्किँदा कम्तीमा ३० जनाको मृत्यु
    शरद्मा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति
    भक्तपुरमा बिहीबारदेखि पुस्तक प्रदर्शनी सुरु

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

    भर्खरै

    • १.
      सम्पत्ति शुद्धीकरणले ‘मालपानी’ लाई नछोएकोमा आश्चर्य

    • २.
      ब्राजिलमा भ्रष्टाचार आरोपित बोल्सोनारोलाई अमेरिकाले ‘असल मानिस’ भन्दै भिसा दिने

    • ३.
      माओलाई तानाशाह भनेकोमा एमबाप्पेले मागे माफी

    • ४.
      स्पेनमा दुई रेल ठोक्किँदा कम्तीमा ३० जनाको मृत्यु

    • ५.
      शरद्मा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

    • ६.
      भक्तपुरमा बिहीबारदेखि पुस्तक प्रदर्शनी सुरु

    • ७.
      बाढीपछि फेरिएको पाल्पाको ‘रानीमहल’

    • ८.
      नेप्से परिसूचक बढ्यो

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.