• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

मगर जातिमा थर/उपथर विभाजनको सन्दर्भ

सुनसरी घटनाको सन्दर्भमा

आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

लोकप्रिय समाचार

  • १. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ४. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ५. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • ६. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जनजाति मुक्ति आन्दोलन

होर्मुजमा पुनः तनाव, अन्तिम सम्झौता अझै टाढा


  •   आइतबार, बैशाख ०६, २०८३ मा प्रकाशित
  • तेहरान, ६ वैशाख । इरानले संयुक्त राज्य अमेरिकाले आफ्ना बन्दरगाहहरूमाथिको नौसैनिक नाकाबन्दी नहटाएसम्म होर्मुजको जल डमरूमध्य पूर्ण रूपमा खुला नहुने स्पष्ट पारेसँगै क्षेत्रीय तनाव पुनः चुलिएको छ । केही समयका लागि खुलेको जलमार्ग फेरि अनिश्चित बनेपछि विश्व ऊर्जा बजारमा पनि पुनः चासो र चिन्ता बढेको छ ।

    Advertisement

    इरानी संसद्का अध्यक्ष मोहम्मद बाघेर गालिबफले टेलिभिजनमार्फत् सम्बोधन गर्दै अमेरिकासँग भइरहेको वार्तामा केही प्रगति भए पनि आधारभूत विषयहरूमा अझै गहिरो मतभेद रहेको बताएका छन् । उनका अनुसार अन्तिम शान्ति सम्झौता तत्काल सम्भव देखिँदैन र वार्ता अझै निर्णायक चरणमा पुगेको छैन । इजरायल र अमेरिकासँगको युद्ध अन्त्य गर्ने उद्देश्यले भइरहेको संवादमा धेरै जटिल पक्षहरू बाँकी रहेको उनको भनाइ थियो ।

    दुई साताका लागि गरिएको युद्धविराम बुधबार समाप्त हुने तयारीमा छ, जसले आगामी अवस्था थप अन्योलपूर्ण बनाएको छ । यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग ‘राम्रो वार्ता’ भइरहेको दाबी गर्दै तेहरानलाई दबाबमूलक रणनीति नअपनाउन चेतावनी दिएका छन् । उनले इरानले होर्मुजमार्फत् अन्तर्राष्ट्रिय समुदायलाई ‘ब्ल्याकमेल’ गर्न खोजेको आरोप समेत लगाए ।

    शुक्रबार इरानले लेबनानमा आफ्नो सहयोगी हिजबुल्लाहसँग इजरायलबीच सहमति भएपछि होर्मुज जल डमरूमध्य खुला गरिएको घोषणा गरेको थियो । विश्वको करिब पाँचौँ भाग तेल र तरलीकृत प्राकृतिक ग्यास यही मार्गबाट ओसारपसार हुने भएकाले यस निर्णयले विश्व बजारमा राहत दिएको थियो र तेलको मूल्य घटेको थियो । तर अमेरिकाले इरानी बन्दरगाहमाथिको नाकाबन्दी कायम राख्ने अडान लिएपछि तेहरानले पुनः जलमार्ग सीमित गर्ने सङ्केत दिएको हो ।

    “यदि अमेरिकाले नाकाबन्दी हटाएन भने होर्मुजमा आवागमन निश्चित रूपमा सीमित हुनेछ”, गालिबफले चेतावनी दिएका हुन् । यसैबीच इरानका सर्वोच्च नेता मोजताबा खमेनीले लिखित सन्देशमार्फत् इरानी नौसेना अमेरिकाविरुद्ध लड्न पूर्ण रूपमा तयार रहेको उल्लेख गरेका छन् ।

    तनावबीच इरानको रिभोलुसनरी गाड्र्सले अनुमति बिना जल डमरूमध्य पार गर्ने जहाजहरूलाई शत्रुसँगको सहकार्य मानिने र आवश्यक परे ‘लक्षित’ गरिने चेतावनी दिएको छ । छोटो समयका लागि खुल्दा केही तेल र ग्यास ट्याङ्करहरू पार भए पनि धेरै जहाजहरू पछि हटेका छन् र शनिबार दिउँसोसम्म जलमार्ग प्रायः सुनसान देखिएको ट्र्याकिङ तथ्याङ्कले देखाएको छ ।

    समुद्री सुरक्षासम्बन्धी बेलायती एजेन्सीले एक ट्याङ्करमाथि गोली प्रहार भएको जानकारी दिएको छ भने भ्यानगार्ड टेक नामक सुरक्षा फर्मका अनुसार इरानी सेनाले खाडी क्षेत्रबाट बाहिरिँदै गरेको एक खाली क्रूज जहाजलाई नष्ट गर्ने धम्की दिएको छ । अर्को घटनामा अज्ञात प्रक्षेप्यले एक जहाजमा प्रहार गर्दा कन्टेनरहरू क्षतिग्रस्त भएका छन्, यद्यपि आगलागी भएको छैन ।

    यसै क्रममा भारतले जल डमरूमध्यमा आफ्ना झण्डा बोकेका दुई जहाजमाथि भएको गोलीकाण्डप्रति कडा आपत्ति जनाउँदै नयाँदिल्लीस्थित इरानी राजदूतलाई बोलाएर विरोध दर्ता गराएको छ ।

    कूटनीतिक पहलहरू पनि जारी छन् । पाकिस्तानसँगको मध्यस्थतामा संलग्न इजिप्टले चाँडै नै अन्तिम सम्झौता सम्भव हुने आशा व्यक्त गरेको छ । वार्ताका प्रमुख अवरोधका रूपमा इरानको उच्च स्तरसम्म समृद्ध गरिएको युरेनियमको भण्डार र होर्मुज जल डमरूमध्यको नियन्त्रणलाई लिइएको छ ।

    अमेरिकी राष्ट्रपति ट्रम्पले इरानले ४४० किलोग्राम समृद्ध युरेनियम हस्तान्तरण गर्न सहमति जनाएको दाबी गर्नुभएको छ, तर इरानले त्यसलाई अस्वीकार गर्दै यस्तो प्रस्ताव कहिल्यै वार्तामा नआएको स्पष्ट पारेको छ । इरानी विदेश मन्त्रालयका अनुसार उक्त भण्डार सुरक्षित स्थानमा रहेको छ र कुनै पनि हालतमा अमेरिकालाई सुम्पिने योजना छैन ।

    फेब्रुअरी २८ मा सुरु भएको मध्यपूर्वीय द्वन्द्वले व्यापक रूप लिँदै इरान, खाडी देशहरू, इजरायल र लेबनानलाई समेटेको छ । लेबनानमा संयुक्त राष्ट्रसङ्घीय शान्तिरक्षकमाथि भएको आक्रमणमा एक फ्रान्सेली सैनिकको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले घटनाका लागि हिजबुल्लाहलाई दोष दिएका छन्, तर उक्त समूहले आरोप अस्वीकार गरेको छ ।

    संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले घटनाको निन्दा गर्दै प्रारम्भिक मूल्याङ्कनअनुसार आक्रमण हिजबुल्लाहबाट भएको देखिएको बताउनुभएको छ । यस घटनाले क्षेत्रीय तनावलाई थप जटिल बनाएको छ र शान्ति प्रयासहरूमा चुनौती थपिएको छ ।

    आइतबार, बैशाख ०६, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह
    नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो
    कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन
    मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश
    देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न
    प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ४.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ५.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ६.
      रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

    भर्खरै

    • १.
      मगर जातिमा थर/उपथर विभाजनको सन्दर्भ

    • २.
      सुनसरी घटनाको सन्दर्भमा

    • ३.
      आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

    • ४.
      नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

    • ५.
      कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

    • ६.
      मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

    • ७.
      देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

    • ८.
      प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.