• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

अमेरिका–इरान वार्ताका लागि पाकिस्तान सक्रिय


  •   बिहिबार, बैशाख ०३, २०८३ मा प्रकाशित
  • कायरो । करिब सात हप्तादेखि जारी अमेरिका–इरान युद्धलाई कूटनीतिक बाटोबाट समाधानतर्फ लैजान प्रयास तीव्र बनिरहेका बेला पाकिस्तान नयाँ प्रमुख मध्यस्थकर्ताको रूपमा उभिएको छ ।

    Advertisement

    यसै क्रममा पाकिस्तानी सेना प्रमुख तेहरान पुगेर इरानी नेतृत्वसँग वार्ताको अर्को चरण अघि बढाउने तयारीमा जुटेका छन् ।

    मध्यपूर्वमा बढ्दो तनाव कम गर्ने उद्देश्यसहित भएको यो उच्चस्तरीय पहलले अमेरिका र इरानबिच दोस्रो चरणको प्रत्यक्ष संवादको सम्भावना पुनर्जीवित गरेको सङ्केत दिएको छ । ह्वाइट हाउसले पनि इस्लामाबादमा थप वार्ता हुन सक्ने उल्लेख गरेको छ यद्यपि औपचारिक निर्णय भने भइसकेको छैन ।

    यसअघि इस्लामाबादमै भएको प्रत्यक्ष संवादले दुई पक्षबिचको मतभेद घटाउन मदत गरेको अधिकारीले बताएका छन् । त्यसकै निरन्तरताका रूपमा विशेषगरी युद्धविरामको समयसीमा सकिनुअघि अर्को चरण सुरु गर्ने लक्ष्यसहित पाकिस्तानले पुन: वार्ताको वातावरण बनाउन खोजिरहेको छ तर कूटनीतिक प्रयाससँगै दबाबको रणनीति पनि जारी छ ।

    अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले ट्रम्प प्रशासनले इरानसँग व्यापार गर्ने मुलुकमाथि थप आर्थिक प्रतिबन्ध लगाउने तयारी गरेको बताए । उनले यसलाई बम आक्रमणको वित्तीय समकक्षको रूपमा व्याख्या गरे ।

    यता क्षेत्रीय स्रोतका अनुसार अमेरिका र इरानबिच युद्धविराम थप विस्तार गर्ने विषयमा सैद्धान्तिक सहमति बनेको छ, जसले थप वार्ताका लागि समय उपलब्ध गराउनेछ यद्यपि इरानी बन्दरगाहमा अमेरिकी नाकाबन्दी र तेहरानका कडा प्रतिक्रियाले यो सहमति अझै संवेदनशील अवस्थामा रहेको छ ।

    इरानका विदेशमन्त्री अब्बास अराघचीले पाकिस्तानी सेना प्रमुख असिम मुनिरसँग प्रारम्भिक छलफल गरिसकेका छन् तर इरानी सैन्य नेतृत्वबाट आएका कडा अभिव्यक्तिले स्थिति अझै जटिल रहेको सङ्केत दिएका छन् । इरानले नाकाबन्दी नहटाइए क्षेत्रीय व्यापार अवरुद्ध गर्ने चेतावनी दिएको छ भने सर्वोच्च नेतृत्वका सल्लाहकारले युद्धविराम विस्तारप्रति असन्तुष्टि जनाएका छन् ।

    वार्ताका मुख्य अवरोध पनि स्पष्ट देखिएका छन् । इरानको आणविक कार्यक्रम, होर्मुज जलडमरुमध्यको नियन्त्रण र युद्धका क्रममा भएको क्षतिको क्षतिपूर्ति—यी तीन विषयमा सहमति जुटाउन मध्यस्थकर्ताले दबाब बढाइरहेका छन् । इरानले युरेनियम संवर्धनबारे छलफल गर्न तयार रहेको जनाए पनि आफ्नो आवश्यकतानुसार संवर्धन जारी राख्न पाउनुपर्ने अडान दोहोर्‍याएको छ ।

    युद्धको प्रभाव विश्वव्यापी रूपमा महसुस भइरहेको छ । होर्मुज जलडमरुमध्य हुँदै हुने तेल ढुवानी प्रभावित हुँदा ऊर्जा बजार अस्थिर बनेको छ । तेलको मूल्य आकासिएपछि इन्धन, खाद्यान्न र अन्य आवश्यक वस्तुको मूल्य वृद्धि विश्वभर देखिएको छ । यद्यपि, हालै युद्ध अन्त्य हुने आशामा तेलको मूल्य केही घटेको छ र अमेरिकी सेयर बजारले पनि नयाँ उचाइ छोएको छ ।

    यसैबिच चीनले पनि कूटनीतिक पहललाई समर्थन गर्दै होर्मुज जलडमरुमध्य पुन: खोल्न आग्रह गरेको छ । चिनियाँ विदेशमन्त्री वाङ यीले शान्तिको अवसर खुलिरहेको उल्लेख गर्दै इरानको सार्वभौमिकता सम्मान गर्दै जलमार्गको स्वतन्त्रता सुनिश्चित गर्नुपर्ने बताए ।

    अमेरिकी सेनाले इरानी ढुवानीमाथि लगाएको नाकाबन्दी अझै प्रभावकारी रहेको जनाएको छ । हालसम्म कुनै जहाजले उक्त नाकाबन्दी पार गर्न नसकेको र केही जहाजलाई फर्काइएको जानकारी दिइएको छ । यो कदम इरानमाथि थप आर्थिक दबाब सिर्जना गर्ने उद्देश्यले चालिएको हो ।

    यसैबिच, इजरायल–लेबनान मोर्चामा पनि तनाव घटेको छैन । दक्षिणी लेबनानमा इजरायली हवाई आक्रमण र स्थल कारबाही जारी छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हिजबुल्लाह विरुद्धको अभियान जारी राख्ने बताए ।

    लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो आक्रमणमा तीन जना प्यारामेडिक्सको मृत्यु भएको छ भने अन्य घाइते भएका छन् । यसले मानवीय सङ्कट अझ गहिरिँदै गएको सङ्केत गरेको छ ।

    सन् १९४८ मा इजरायल स्थापना भएयता लेबनानसँगको द्वन्द्व औपचारिक रूपमा अन्त्य नभएको अवस्थामा अहिलेको अवस्था थप जटिल बनेको देखिन्छ । (रासस/एपी)

    बिहिबार, बैशाख ०३, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?
    मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी
    एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए
    मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण
    ‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • २.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ३.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ४.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ५.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ६.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ७.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    • ८.
      गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.