• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

जर्मनीद्वारा इरानसँग प्रत्यक्ष वार्ता पुनः सुरु गर्ने निर्णय


  •   शुक्रबार, चैत २७, २०८२ मा प्रकाशित
  • बर्लिन, २७ चैत । जर्मनीका चान्सलर फ्रिड्रिख मर्जले अमेरिका र इरानबीच हालै सहमति भएको दुई हप्ते युद्धविरामलाई समर्थन गर्न जर्मनीले इरानसँग प्रत्यक्ष वार्ता पुनः सुरु गर्ने घोषणा गरेका छन् । बर्लिनमा आयोजित पत्रकार सम्मेलनमा उहाँले लामो समयदेखि जारी तनावपछि पहिलो पटक कूटनीतिक समाधान खोज्ने वास्तविक अवसर खुलेको बताए । तर उनले मध्यपूर्व क्षेत्रको समग्र अवस्था अझै पनि निकै संवेदनशील र अस्थिर रहेको उल्लेख गर्दै सावधानी अपनाउनुपर्ने आवश्यकता औंल्याए ।

    Advertisement

    अमेरिका र इरानबीच भएको युद्धविरामपछि प्रत्यक्ष वार्ता पाकिस्तानको राजधानी इस्लामाबादमा आयोजना हुने तय भएको छ । यस वार्तामा सहभागी हुन जर्मनीको एक उच्चस्तरीय वार्ता टोली पाकिस्तानतर्फ प्रस्थान गरिसकेको छ । मर्जले पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफसँग टेलिफोन संवाद गर्ने कार्यक्रम पनि रहेको जानकारी दिनुभयो, जसमा वार्ताको तयारी र समन्वयबारे छलफल हुने अपेक्षा गरिएको छ ।

    यसै क्रममा मर्जले अमेरिकी राष्ट्रपतिसँग पनि टेलिफोन वार्ता गर्नुभएको छ । उहाँले अमेरिकालाई यो वार्तालाई गम्भीरतापूर्वक लिन र दीर्घकालीन शान्ति स्थापना गर्ने दिशामा सक्रिय भूमिका खेल्न आग्रह गर्नुभयो । जर्मनीले आफूलाई एक मध्यस्थकर्ताको रूपमा प्रस्तुत गर्दै द्विपक्षीय संवादलाई अघि बढाउन प्रयास गरिरहेको देखिन्छ ।

    यद्यपि, उनले जर्मनीमा रहेका अमेरिकी सैनिक फौज फिर्ता गर्ने विषयमा कुनै प्रकारको छलफल नभएको स्पष्ट पारे, जसले जर्मनी–अमेरिका सुरक्षा सहकार्य यथावत् रहेको संकेत गर्छ ।

    यसका साथै, मर्जले मध्यपूर्वको अर्को संवेदनशील क्षेत्र लेबनानको अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरे । उहाँले इजरायलले लेबनानमा जारी राखेको सैन्य कारबाहीले समग्र शान्ति प्रक्रियामा नकारात्मक असर पार्न सक्ने चेतावनी दिएका छन् । उनका अनुसार यदि यस्तो गतिविधि जारी रह्यो भने हाल सुरु भएको कूटनीतिक पहल असफल हुन सक्ने जोखिम उच्च रहनेछ ।

    जर्मनीले वर्तमान परिस्थितिलाई कूटनीतिक रूपमा समाधान गर्ने अवसरको रूपमा लिएको छ र अन्तर्राष्ट्रिय साझेदारहरूसँग समन्वय गर्दै शान्ति स्थापना गर्ने प्रयासलाई तीव्र बनाएको देखिन्छ ।

    शुक्रबार, चैत २७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.