• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

ड्रोन प्रकरणमा सियोलको स्वीकारोक्ति


  •   सोमबार, चैत २३, २०८२ मा प्रकाशित
  • सियोल, २३ चैत । दक्षिण कोरियाले यस वर्षको सुरुमा उत्तर कोरियातर्फ पठाइएका ड्रोनसम्बन्धी विवादमा पहिलोपटक स्पष्ट स्वीकारोक्ति गर्दै प्योङयाङप्रति खेद व्यक्त गरेको छ । राष्ट्रपति ली जे म्युङले सोमबार उक्त घटनालाई ‘गैरजिम्मेवारपूर्ण’ र ‘लापरवाह’ कदमका रूपमा वर्णन गर्दै यसले अनावश्यक सैन्य तनाव बढाएको बताए ।

    Advertisement

    सुरुमा सियोलले जनवरीमा भएको ड्रोन घटनामा आफ्नो कुनै आधिकारिक संलग्नता नरहेको दाबी गरेको थियो र यसलाई निजी व्यक्तिको कार्य हुन सक्ने सङ्केत दिएको थियो । तर पछिल्लो अनुसन्धानले सरकारी निकायसँग सम्बन्धित व्यक्तिहरूको संलग्नता पुष्टि गरेको राष्ट्रपति लीले मन्त्रिपरिषद् बैठकमा जानकारी दिनुभयो । उहाँका अनुसार राष्ट्रिय गुप्तचर सेवाका एक अधिकारी र एक सक्रिय सैनिक यस घटनामा संलग्न रहेको प्रमाणित भएको छ ।

    उक्त घटनापछि उत्तर कोरियाले कडा प्रतिक्रिया जनाउँदै फेब्रुअरीमा यस्ता ड्रोन फेरि आफ्नो क्षेत्रमा प्रवेश गरे ‘भयानक परिणाम’ आउने चेतावनी दिएको थियो । प्योङयाङले जनवरीको सुरुमै ‘निगरानी उपकरण’ बोकेको ड्रोन खसालेको दाबी गर्दै त्यसका भग्नावशेषका तस्बिरहरू सार्वजनिक गरेको थियो, जसमा क्यामेरा जडान भएको देखिएको थियो ।

    राष्ट्रपति लीले केही व्यक्तिको लापरवाह निर्णयका कारण उत्पन्न तनावप्रति उत्तर कोरियासँग खेद प्रकट गर्दै यस्ता गतिविधि अत्यन्त सावधानीपूर्वक मात्रै सञ्चालन हुनुपर्ने बताए ।  उनले दक्षिण कोरियाको संविधानले निजी व्यक्तिलाई उत्तर कोरियालाई उक्साउन सक्ने कार्य गर्न निषेध गरेको स्मरण गराउँदै राष्ट्रिय सुरक्षासम्बन्धी कुनै पनि कदम जिम्मेवार ढङ्गले चालिनुपर्ने धारणा राखे ।

    गत वर्षदेखि पद सम्हालेका लीले उत्तर कोरियासँग सम्बन्ध सुधार गर्ने प्रयास गरिरहेका छन् । उहाँले आफ्नो पूर्ववर्ती प्रशासनको आलोचना गर्दै प्योङयाङतर्फ प्रचार सामग्री पठाउने जस्ता गतिविधिले तनाव बढाएको बताउँदै आएका छन् । यद्यपि, उहाँका कूटनीतिक प्रस्तावहरूमा उत्तर कोरियाबाट सकारात्मक प्रतिक्रिया आएको छैन ।

    पूर्वराष्ट्रपति युन सुक येओलविरुद्ध भने गम्भीर आरोपहरू लागेका छन् । उहाँमाथि उत्तर कोरियातर्फ ड्रोन पठाएर जानाजानी तनाव सिर्जना गरेको र त्यसलाई सैन्य शासन घोषणा गर्ने बहानाका रूपमा प्रयोग गर्न खोजेको अभियोगमा मुद्दा चलिरहेको छ । गत वर्ष अप्रिलमा महाभियोगपछि पदबाट हटाइएका युनलाई मार्सल ल घोषणा गरेको आरोपमा आजीवन कारावासको सजाय सुनाइएको छ ।

    यसैबीच, उत्तर कोरियाली नेता किम जोङ उनले मार्चमा दिएको नीतिगत सम्बोधनमा दक्षिण कोरियालाई ‘सबैभन्दा शत्रुतापूर्ण राज्य’ भन्दै पूर्ण रूपमा अस्वीकार गर्ने घोषणा गरेका थिए । उनले देशको आणविक कार्यक्रमलाई ‘अपरिवर्तनीय मार्ग’ भन्दै त्यसलाई निरन्तर अघि बढाउने प्रतिबद्धता पनि दोहोर्‍याए ।

    दुवै कोरियाबीचको सम्बन्ध लामो समयदेखि तनावपूर्ण रहँदै आएको छ । सन् १९५०–५३ को युद्ध शान्ति सन्धिबिना केवल युद्धविराममा समाप्त भएकाले दुवै देश प्राविधिक रूपमा अझै युद्धकै अवस्थामा छन् । त्यसैले दुवै देशमा अनिवार्य सैन्य सेवा लागू रहनुका साथै सानो घटनाले पनि ठूलो द्वन्द्व निम्त्याउने जोखिम कायमै रहेको देखिन्छ ।

    सोमबार, चैत २३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.