• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

इन्डोनेसियामा ७.४ म्याग्निच्युडको भूकम्प, जनधनमा क्षति


  •   बिहिबार, चैत १९, २०८२ मा प्रकाशित
  • मनाडो (इन्डोनेसिया), १९ चैत । पूर्वी इन्डोनेसियाको मोलुक्का सागर क्षेत्रमा बिहीबार बिहान शक्तिशाली ७.४ म्याग्निच्युडको भूकम्प जाँदा कम्तीमा एक जनाको ज्यान गएको छ भने भवनहरूमा क्षति पुग्नुका साथै सर्वसाधारण त्रसित बनेर सडकमा निस्किएका छन् । प्रारम्भिक रूपमा सुनामीको चेतावनी जारी गरिए पनि केही समयपछि खतरा टरेको घोषणा गरिएको छ ।

    Advertisement

    सुलावेसी र मालुकु टापुबीच केन्द्रविन्दु रहेको भूकम्पका कारण समुन्द्रमा करिब ७५ सेन्टिमिटरसम्म अग्ला छालहरू उत्पन्न भएका थिए । हवाईस्थित प्यासिफिक सुनामी वार्निङ सेन्टरले इन्डोनेसिया, फिलिपिन्स र मलेसियासहित आसपासका क्षेत्रमा खतरनाक सुनामी आउन सक्ने चेतावनी दिएको थियो, तर भूकम्पको करिब दुई घण्टापछि उक्त चेतावनी फिर्ता लिइएको थियो ।

    उत्तरी सुलावेसीको मनाडो सहरमा एक भवन भत्किँदा एक जनाको ज्यान गएको र अर्का एक घाइते भएको खोज तथा उद्धार टोलीले जनाएको छ । उद्धार अधिकारी जर्ज लियो मर्सी रान्डाङका अनुसार मृतक भग्नावशेषमुनि पुरिएका थिए र अन्य सम्भावित घाइतेबारे पनि विवरण संकलन भइरहेको छ।

    भूकम्पको गहिराइ करिब ३५ किलोमिटर रहेको अमेरिकाको भूगर्भ सर्वेक्षण संस्था (युएसजीएस) ले जनाएको छ । कम्पनपछि त्यस क्षेत्रमा दर्जनौँ परकम्प (आफ्‌टरसक्स) समेत महसुस गरिएको छ, जसमा ५.९ म्याग्निच्युडसम्मका झट्का समावेश छन् ।

    स्थानीय बासिन्दाहरूका अनुसार भूकम्प निकै लामो समयसम्म महसुस भएको थियो । मनाडोमा सडक खाद्य विक्रेता सिती रोहायतीले भूकम्प आएको क्षण सम्झिँदै आफ्‌नो परिवारलाई बचाउन आफूले तुरुन्त बाहिर निकाल्ने प्रयास गरेको बताउनुभयो । उहाँका अनुसार सबैभन्दा ठूलो चिन्ता आफ्‌ना बालबालिकालाई सुरक्षित राख्नु थियो ।

    त्यस्तै, उत्तरी मालुकुको टेर्नेटका एक स्थानीय बासिन्दाले भूकम्प अत्यन्तै शक्तिशाली र एक मिनेटभन्दा बढी समयसम्म चलेको अनुभव सुनाउनुभयो । घरभित्र रहेका मानिसहरू हतारहतार बाहिर निस्किएका थिए भने कतिपयले दैनिक कामकाज बीचमै छोडेर ज्यान जोगाउन दौडिएका थिए ।

    इन्डोनेसियाको भूगर्भीय निकायका अनुसार उत्तरी मालुकु, उत्तरी सुलावेसी र गोरोन्टालोका विभिन्न नौ स्थानमा समुन्द्री छालको प्रभाव देखिएको थियो, जसमा सबैभन्दा उच्च छाल उत्तरी मिनाहासामा ७५ सेन्टिमिटरसम्म पुगेको थियो ।

    जापान, ताइवान, गुआम र पलाउसहित अन्य प्रशान्त क्षेत्रहरूमा साना छालहरूको सम्भावना औँल्याइए पनि ठूलो जोखिम देखिएको थिएन । जापान मौसम विज्ञान एजेन्सीले समुन्द्री सतहमा सामान्य परिवर्तन मात्र हुन सक्ने जनाएको थियो ।

    इन्डोनेसिया ‘रिङ अफ फायर’ नामक भूकम्पीय रूपमा सक्रिय क्षेत्रमा पर्ने भएकाले यहाँ यस्ता शक्तिशाली भूकम्प बारम्बार आउने गर्छन् । सन् २००४ मा आचे क्षेत्रमा आएको ९.१ म्याग्निच्युडको भूकम्प र त्यसपछि आएको सुनामीले एक लाख ७० हजारभन्दा बढी मानिसको ज्यान लिएको थियो ।

    बिहिबार, चैत १९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.