• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

मध्यपूर्व तनाव चर्किंदै


  •   मङ्गलबार, चैत १७, २०८२ मा प्रकाशित
  • पेरिस, १७ चैत । मध्यपूर्वमा फैलिएको युद्ध बहुआयामिक र थप जटिल बन्दै गएको छ । इजरायल, इरान र तिनका सहयोगी शक्तिहरूबीचको प्रत्यक्ष तथा अप्रत्यक्ष भिडन्तले क्षेत्रीय सुरक्षालाई गम्भीर चुनौती दिएको छ ।

    Advertisement

    दक्षिणी लेबनानमा जारी संघर्षका क्रममा इजरायली सेनाले चार सैनिक गुमाएको जनाएको छ । ती सैनिकहरू एउटै बटालियनका रहेको र भिडन्तका क्रममा मृत्यु भएको सैन्य वक्तव्यमा उल्लेख छ । यस घटनामा अन्य सैनिकहरू घाइते भएका छन्, जसमा एकको अवस्था गम्भीर रहेको बताइएको छ । उक्त क्षेत्रमा इजरायली सेना इरान समर्थित हिजबुल्लाहसँग निरन्तर भिडन्तमा संलग्न छ ।

    यसैबीच, इजरायलले इरानबाट प्रहार गरिएका क्षेप्यास्त्रहरूलाई आफ्‌नो हवाई प्रतिरक्षा प्रणालीमार्फत अवरोध गरेको जनाएको छ । जेरुसेलममा कम्तीमा १० वटा विस्फोटको आवाज सुनिएको प्रत्यक्षदर्शीहरूले बताएका छन् । इजरायली सेनाका अनुसार ती क्षेप्यास्त्रहरू इरानबाट प्रक्षेपण गरिएको पुष्टि गरिएको छ ।

    उता तेहरानमा पनि विस्फोटको आवाज सुनिएको र केही क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध भएको इरानी सञ्चारमाध्यमहरूले जनाएका छन् । केही समयपछि प्रभावित क्षेत्रमा पुनः बिजुली आपूर्ति सुरु गरिएको बताइएको छ ।

    युद्धको दायरा इराकसम्म फैलिएको संकेत देखिएको छ । पपुलार मोबिलाइजेसन फोर्सेज (पिएमएफ) ले अमेरिका–इजरायल संयुक्त हवाई आक्रमणबाट आफ्‌ना दुई सैन्य अड्डा लक्षित भएको दाबी गरेको छ । बाबिल र अनबर प्रान्तमा भएका ती आक्रमणमा भने तत्काल कुनै हताहतको विवरण प्राप्त भएको छैन ।

    यसै क्रममा दुबई बन्दरगाहमा कुवेती तेल ट्याङ्करमा आगलागी भएको छ । कुवेतको सरकारी तेल कम्पनीका अनुसार उक्त ट्याङ्करमाथि इरानबाट प्रत्यक्ष आक्रमण गरिएको थियो, यद्यपि मानवीय क्षति भने भएको छैन । साथै, हवाई प्रतिरक्षा प्रणालीबाट खसेका भग्नावशेषका कारण सहरमा अन्य आगलागी हुँदा चार जना घाइते भएका छन् ।

    इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले युद्धले आफ्‌ना आधाभन्दा बढी रणनीतिक लक्ष्य हासिल गरिसकेको दाबी गर्नुभयो, तर यसको अन्त्य कहिले हुने भन्नेबारे कुनै निश्चित समयसीमा दिन अस्वीकार गर्नुभयो ।

    संयुक्त राष्ट्रसंघको अन्तरिम बल (युनिफिल) ले लेबनानको दक्षिणी क्षेत्रमा भएको विस्फोटमा दुई शान्ति सैनिक मारिएको पुष्टि गरेको छ । सो घटनामा अन्य दुई घाइते भएका छन्, जसमा एकको अवस्था गम्भीर छ ।

    बगदादस्थित अमेरिकी दूतावासलाई लक्षित गरी गरिएको ड्रोन आक्रमणका क्रममा छर्रा नजिकै खस्दा एक सर्वसाधारण घाइते भएका छन् ।

    यता, होर्मुज जलडमरूमध्यमा आवतजावत गर्ने जहाजहरूबाट शुल्क उठाउने योजना इरानको संसदीय आयोगले अनुमोदन गरेको छ । ऊर्जा आपूर्तिको प्रमुख मार्ग मानिने उक्त जलमार्ग युद्धका कारण प्रभावित भएको छ, जसले विश्व बजारमा असर पार्ने देखिन्छ ।

    यसबीच, जी–७ राष्ट्रहरूले ऊर्जा बजार स्थिर राख्न आवश्यक सबै उपाय अपनाउने प्रतिबद्धता जनाएका छन् । त्यस्तै, नाटो सेनाले इरानबाट टर्कीतर्फ प्रहार गरिएका क्षेप्यास्त्रहरूलाई रोकेको जनाएको छ, जसले क्षेत्रीय युद्ध थप विस्तार हुन नदिने प्रयासलाई संकेत गर्छ ।

    अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरानसँग निजी स्तरमा भइरहेको संवादप्रति आशावाद व्यक्त गर्नुभएको छ । उहाँले इरानभित्र आन्तरिक विभाजन देखिएको र त्यसले कूटनीतिक समाधानको सम्भावना बढाएको उल्लेख गर्नुभएको छ।

    यसैबीच, इजरायलले तेहरानस्थित इमाम हुसेन विश्वविद्यालयमा आक्रमण गरेको दाबी गर्दै उक्त संस्था उन्नत हतियार अनुसन्धानमा संलग्न रहेको आरोप लगाएको छ ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चाँडै सम्झौता नभए कडा सैन्य कदम चाल्ने चेतावनी दिनुभएको छ । उहाँले इरानका तेल पूर्वाधार तथा ऊर्जा केन्द्रहरूलाई लक्षित गर्न सकिने संकेत गर्दै दबाब बढाउन खोज्नुभएको देखिन्छ ।

    मङ्गलबार, चैत १७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग
    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.