प्युठान । अखिल नेपाल जनजाति सम्मेलनको केन्द्रीय “साङ्गठनिक अभियान” पुस २२ गते, प्युठान नगरपालिकाको ५ ढुङ्गेठाटीमा जनभेटघाट, छलफल सम्पन्न गरेको छ ।
केन्द्रीय अध्यक्ष निमबहादुर बुढाथोकीको नेतृत्वको टोली सो अभियानमा परिचालित रहेको छ । टोलीमा जनजाति सम्मेलन केन्द्रीय उपाध्यक्ष उषा पुन, वडा नम्बर ५ का राजमो अध्यक्ष धन बहादुर केसी, पूर्व वडाध्यक्ष पिमे राना, सम्मेलनका केन्द्रीय सदस्य हरि आले लगायत नेताहरूको सहभागिता रहेको छ ।
भेलाले रोशनी घर्तिमगरको अध्यक्षतामा १३ सदस्यीय ढुङ्गेठाटी टोल समिति निर्माण गरिएको छ । जसमाः उपाध्यक्ष– मिना घर्तिमगर, सचिव– ललिता बुढामगर, सहसचिव– दिबीका पुनमगर, कोषाध्यक्ष– डिलमती रानामगर रहनुभएको छ ।
त्यस्तै सदस्यमाः भरत बुढामगर, बगली पुनमगर, डिल्लीसरी रानामगर, बेली रानामगर, थगिसरा बुढामगर, पिमे रानामगर र संगिता घर्तिमगर रहनुभएको छ ।