• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सुनसरी घटनाको सन्दर्भमा

आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

लोकप्रिय समाचार

  • १. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ४. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ५. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • ६. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जनजाति मुक्ति आन्दोलन

…अनि मनभरि आशा बोकेर सिंहदबार छिर्नुभयो जयलाल


  •   मङ्गलबार, पुष ०१, २०८२ मा प्रकाशित
  • काठमाडौँ । एक हातमा कागजपत्र अर्को हातमा नाति । मलिन अनुहारले नै भनिरहेको थियो, उहाँ कुनै समस्यासँग जुधिरहनुभएको छ । मङ्गलबार सिंहदरबारको गेटमा देखिनुभएका जयलाल भट्टले नातिलाई अघि सार्दै प्रहरीसँग अनुमति माग्नुभयो, “मभित्र जानुछ हजुर ! मैले कसैलाई चिनेको छैन भित्र जानका लागि, तर  भित्र नगई भएको छैन ।”

    Advertisement

    प्रहरीलाई बिरामी नातिको उपचारका लागि सहयोग माग्न भित्र जानैपर्ने बाध्यता सुनाउनुभयो । भट्टले जति नम्र भएर कुरा गर्दै हुनुहुन्थ्यो उति नै नम्रतासहित प्रहरीले गृह मन्त्रालयको लेन्डलाइनमा फोन गरेर समस्या सुनाउन र अनुमति माग्न सुझाउनुभयो ।

    भट्टले तुरुन्तै फोन गर्नुभयो र उसैगरी समस्या सुनाउँदै भित्र आउने अनुमति माग्नुभयो । टेलिफोनमा कुरा गरेको दुई तीन मिनेट नपुग्दै भट्टले नागरिकता देखाएर प्रवेश अनुमति पाउनुभयो ।

    उहाँ पहिलोपटक सिंहदरबार पस्नुभएको भने होइन । भट्टले मङ्गलबार पहिले जसरी सिंहदरबार पस्न जस्तो सङ्घर्ष भने गर्नुपरेन । सहज र सम्मानित ढङ्गले सिंहदरबार प्रवेश पाउनु उहाँका लागि खुसीको क्षण थियो । “विगतमा सिंहदरबार छिर्न सांसद र नेतालाई गुहार गर्नुपर्थ्यो, यसपटक सजिलै प्रवेश पाएँ, अचम्मै पो लाग्यो”, भट्टले खुसी हुँदै भन्नुभयो, “बल्ल जनताको सिंहदरबार भएजस्तै महसुस गरेँ ।”

    भित्र प्रवेश गरेपछि भट्टले नातिलाई औँलाले इशारा गर्दै सिंहदरबारको परिवेश सुनाउनुभयो । सम्भव भएसम्म त्यहाँ घुमाउनुभयो । उहाँमा सिंहदरबारमा पस्नुको उत्साह मात्रै थिएन, त्योभन्दा ठूलो यहाँसम्म आउनुको आशा र जिम्मेवारी थियो ।  बोल्न र सुन्न नसक्ने नातिको अँध्यारो वर्तमानलाई चिर्न र उज्यालो भविष्यका लागि आशाको दियो बाल्नु थियो ।

    भट्टले हामीलाई सुनाएअनुसार उहाँ ६३ वर्षको हुनुभयो, यो उमेरमा विगत चार÷पाँच वर्षदेखि नातिको स्वास्थ्य समस्या समाधानका लागि सङ्घर्षरत हुनुहुन्छ । “दैवको खेल भनु कि भाग्यको खेल”, उहाँ आफ्नै नियतिमाथि शङ्का गर्दै भन्नुहुन्छ, “नातिले बोल्न र सुन्नसक्ने भयो भने जीवनमा कुनै गुनासो हुन्थेन ।”

    भट्ट बिरामी नातिलाई निको बनाउनकै लागि दार्चुला मार्मा गाउँपालिका–२ बाट काठमाडौँमा आई बस्न थालेको दुई वर्ष भयो । नाति अरुण हुर्किंर्दै गएपछि न बोल्नसके न सुन्न । जिल्ला अस्पतालले विसं २०७८ मा उपचारका लागि कान्तिबाल अस्पताल जान सुझायो । सोहीअनुसार उक्त अस्पताल गए पनि नातिको उपचारमा थप जटिलता देखिएपछि अस्पतालले टिचिङ अस्पताल पठायो ।

    बिरामी नातिको उपचारका क्रममा भोगेका दुःख सुनाउँदै भट्टले भन्नुभयो, “टिचिङमा उपचारकै लागि तीन वर्ष अस्पतालको श्ययामा बस्नुप¥यो । घरको आर्थिकस्थिति नाजुक छ । उपचारका क्रममा रु ६९ हजार तिर्न नसक्दा उपचार नै रोकियो ।”

    विगतको अवस्था सम्झेर उहाँको मन आत्तिन्छ । जसोतसो गरी रु १७ लाख ५० हजार जुटाएर नातिको उपचार गरे पनि बाँकी उपचारका लागि खर्च जुटाउन नसक्दा सिंहदरबार धाउनुपरेको उहाँले बताउनुभयो ।

    हातमा वडाको सिफारिस लिएर गृह मन्त्रालयमा पुग्नुभएका भट्टले दैनिक थेरापी गर्न ३० मिनेटको रु ९०० र एकपटक ‘म्यापिङ’ गर्न चार हजार ५०० खर्च लाग्ने गरेको सुनाउनुभयो । उहाँले सुनाएअनुसार घरमा सबै बिरामी छन् । श्रीमती पत्थरी र किड्नी तथा छोरा मुटुको बिरामी छन् । घरका तिनै जना दीर्घ रोगले थला परेपछि उहाँको बुढो काँधमा बोझिलो जिम्मेवारी आएको छ ।

    “आम्दानीको स्रोत छैन, कमाउने छोरो थला प¥यो । कलिलो नातिलाई जसरी पनि बचाउनु छ । धेरै चोटी सहयोगको सिंहदरबार आएको छु । हरेक सरकार आउँदा नाति बचाउन सिंहदरबार धाउँदै आएको छु”, उहाँले भन्नुभयो, “यसपटक नागरिक सरकार बनेको सुने । त्यसले केही सहयोग गर्छ  कि भनेर झिनो आशा बोकेर सिंहदरबार पसेको हु ।”

    मङ्गलबार, पुष ०१, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह
    नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो
    कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन
    मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश
    देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न
    प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ४.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ५.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ६.
      रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

    भर्खरै

    • १.
      सुनसरी घटनाको सन्दर्भमा

    • २.
      आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

    • ३.
      नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

    • ४.
      कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

    • ५.
      मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

    • ६.
      देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

    • ७.
      प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    • ८.
      कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.