दाङ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनको प्रतिनिधी छनौट प्रक्रियामा विवाद उत्पन्न भएको छ ।
देशभरिका कैयौँ जिल्लाहरूमा प्रतिनिधी छनौट कार्यक्रमको दौरानमा कुटाकुट समेत भयो । कतिपय स्थानमा संस्थापन पक्षलाई समर्थन नगरेको अभियोगमा स्थायी कमिटीका सदस्यले समेत अपमानित हुनुपर्यो ।
यसै बीच दाङ जिल्लाले पनि प्रतिनिधी छनौट प्रक्रियामा नमिलेको बताएका छन् । केन्द्रीय सदस्य सारदा स्वर्णकार, लुम्बिनी प्रदेश सचिवालय सदस्य रामजी मिलन चौधरी र तुलसा केसी सहित २० जना जिल्ला सदस्यहरूले संयुक्तरुपमा एक केन्द्रीय संगठन विभागलाई पत्राचार गरेका छन् ।
पत्रमा आठजना प्रतिनिधीको पार्टी सदस्यता प्राप्तीको मिति समेत नपुगेको उल्लेख छ । त्यस्तै जिल्ला पदाधिकारीहरूले आफूहरू पाँचजना र आफ्ना नजिकका सदस्यहरूलाई प्रतिनिधी घोषणा गरिएको उनीहरूको आरोप छ । त्यस्तै दाङको प्रतिनिधी छनोट प्रक्रिया बदर गर्न समेत उनीहरूले माग गरेका छन् ।
