• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

भेगीय द्वन्द्व साम्य पार्न ‘जिमाक’, ‘जिमाक’ ले बनायो विश्वकै ठुलो नगरा (फिचर) भिडियोसहित


  •   आइतबार, कार्तिक २३, २०८२ मा प्रकाशित
  • प्रकाश थापामगर/धनवीर पुनमगर, काठमाडौँ ।

    Advertisement

    बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–४ तङ्ग्राममा कुनै समय भेगीय द्वन्द्व थियो । त्यसो त यस्ता भेगीय द्वन्द्व २०४६ सालको राजनीतिक परिवर्तनभन्दा पहिला मुख्यतः गाउँतिर सामान्य मानिन्थ्यो । अहिले यस्ता द्वन्द्व धेरै नै कम भइसकेका छन् ।

    हाल काठेखोला गउँपालिकाभित्र पर्ने साविक तङ्ग्राम गाउँ विकास समितिका नयाँ पिँढी यस्तो द्वन्द्वबाट चिन्तित थिए । उनीहरू यस्तो द्वन्द्व अन्त्य गर्न चाहन्थे । यस्तो सोच राख्नेमध्ये एक थिए हेमराज पुन, जसले पछि शास्त्रीय सङ्गीत सिक्दै गर्दा ‘पुन’ को स्थानमा ‘आश्रम’ लेख्न थाले । तङ्ग्रामकै काफलबोटका निवासी थिए हेमराज ।

    युगदर्शन मिडियासितको कुराकानीमा हेमराज भन्छन्– ‘पहिलेको भेगीय द्वन्द्वले पछि राजनीतिक रूप लिन थाल्यो । त्यसले गर्दा गाउँमा त्रासपूर्ण वातावरण कायम हुन थाल्यो ।’

    यस्तै परिवेशमाझ हेमराजलगायत तङ्ग्रामका युवाले २०६६ सालमा स्थापना गरे, ‘गाउँमैत्री अक्षयकोष’ अर्थात् ‘जिमाक’ (जिएमवाइके) । सो संस्थालाई २०६७ सालमा दर्ता गरियो ।

    ‘खासगरी नयाँ पुस्ता र कलासाहित्यप्रति रुचि राख्ने स्रष्टा साथीहरूमाझ मैत्रीपूर्ण सम्बन्ध कायम गर्न हामीले जिमाक गठन गरेका थियौँ’ हेमराज भन्छन् ।

    उनका अनुसार मुख्यतः कला र साहित्यको सन्दर्भमा केही गरौँ भनेर ‘जिमाक’ संस्था अस्तित्वमा आएको थियो ।

    ‘जिमाक’ ले करिब दश वर्षसम्म सांस्कृतिक प्रतियोगिता सञ्चालन ग¥यो । त्यो प्रतियोगिताको नाम दिइयो– ‘टी.ओ.भी.’ ट्यालेन्ट अफ भिलेज । उक्त प्रतियोगिताले कैयौँ प्रतिभा जन्माएको स्मरण अहिले पनि गर्छन् हेमराज ।

    जिमाक सांस्कृतिक सङ्ग्रहालय

    हेमराजका अनुसार ‘जिमाक’ ले २०७६ सालदेखि ‘टी.ओ.भी.’ को सट्टा सांस्कृतिक सङ्ग्रहालय निर्माण गर्ने अभियान सुरु ग¥यो । त्यसको सुरुआत भयो, नगरा निर्माणबाट ।

    ‘मैले काठमाडौँ बसन्तपुरमा नगरा देखेको थिएँ’ हेमराज भन्छन्– ‘त्यसैबाट हामीले पनि गाउँमा यस्तै नगरा बनाउन पाए हुन्थ्यो भन्ने सोच पलायो ।’ त्यसपछि सुरु भयो, नगरा निर्माणसँगै सांस्कृतिक सङ्ग्रहालयको निर्माण पनि ।

    २०७६ सालताका तङ्ग्रामकै पियारी थापा सुप्रभा राष्ट्रिय जनमोर्चाको तर्फबाट गण्डकी प्रदेशसभामा सांसद हुनुहुन्थ्यो । उहाँसमेतको पहलमा गण्डकी प्रदेश सरकारले सो सङ्ग्रहालयका लागि आव २०७८÷७९ देखि लगातार चार वर्षसम्म बजेट विनियोजन गरिदियो । त्यसले गर्दा आजसम्म जग्गा अधिग्रहणदेखि भवन र नगरा निर्माणजस्ता काम सम्पन्न भएका छन् ।

    विश्वकै ठुलो नगरा दाबी

    हेमराजका अनुसार सङ्ग्रहालयमा राखिएको विशाल नगरा विश्वकै ठुलो दाबी गरिएको छ ।

    ‘हामीले गिनिज बुकमा विश्वकै ठुलो नगरा दर्ता छ कि छैन भनेर सोधपुछ गरेका थियौँ । यस्तो नगरा दर्ता भएको रहेनछ’ उनले भने– ‘त्यही भएर हाम्रो नगरलाई गिनिज बुक्स अफ वल्र्ड रेकर्डमा दर्ता गरौँ भन्ने लागेर त्यसतर्फ पहल सुरु भएको छ । सायद यही २०८२ सालभित्र विश्वकै ठुलो नगराको रूपमा हाम्रो नगरा दर्ता हुने आशा राखेका छौँ ।’

    गिनिज बुकमा दर्ता प्रक्रिया अत्यन्तै झन्झटिलो र खर्चिलो भएको उनले बताए । प्रारम्भमा सकिन्न कि भन्ने लागेको भए पनि पछि स्थानीयवासी र पालिकाका साथीहरूको सहयोगपछि दर्ताप्रक्रिया अगाडि बढेको उनले जानकारी दिए ।

    उक्त नगराको तौल दुई सय पचास किलोग्रामभन्दा बढी छ । त्यसको डाइमिटर सात फिट छ भने उचाइ पनि सात फिट नै । नगरा निर्माण गर्दा दुई सय २२ किलोग्राम तामा, १५ किलोग्राम फलाम, सात सय फिट बढी छालाको टुना प्रयोग भएको छ ।

    यति ठुलो नगरा निर्माण गर्दा आधुनिक सिप, प्रविधि र विदेशी विशेषज्ञ भने उपयोग गरिएको छैन । यस अर्थमा सो नगरा अर्गानिक प्रकारको रहेको दाबी गरिएको छ ।

    ‘गाउँकै स्थानीय कारिगरको श्रम, सिप र प्रविधि प्रयोग गरेर हामीले यो नगरा बनाएका हौँ’ हेमराजका अनुसार गाउँकै आरन प्रयोग गरेर सो नगरा निर्माण गरिएको हो । त्यस क्रममा देशविदेशका साथीहरूबाट सुझाव, सहयोग भने लिइएको उनले बताए ।

    यसरी निर्माण गरिएको नगरा कति समयसम्म टिक्ला भन्ने हाम्रो प्रश्नको जबाफमा हेमराले काठमाडौँ बसन्तपुरको नगरा वर्षौंसम्म टिकेजस्तै तङ्ग्रामको नगरा पनि कैयौँ वर्षसम्म चल्ने बताउँछन् ।

    उनी भन्छन्– ‘तामा र फलाम प्रयोग गरिएको हुनाले नगराले जुगै धान्छ भन्ने लाग्छ । नगराको छाला भने १०–१२ वर्षमा फेर्नुपर्छ होला ।’
    सारङ्गीको गेट

    सङ्ग्रहालयको मूलद्वारलाई सारङ्गीको आकार दिएर आकर्षक प्रकारको दृश्य निर्माण गरिएको छ । त्यसले सङ्ग्रहालयको मौलिकतालाई समेत बढाउने हेमराजको दाबी छ ।

    उनका अनुसार सारङ्गी नेपाली सङ्गीतक्षेत्रको मौलिक बाजा भएकाले सङ्ग्रहालयको मूलगेटमा सारङ्गीको आकृति निर्माण गरिएको हो ।

    ‘यसबाट हाम्रो झुकाव सङ्गीततर्फ बढी भन्ने पनि देखाउँछ र यसले नेपालको मूल बाद्ययन्त्रको पनि जानकारी दिन्छ’ उनी भन्छन् ।

    सङ्ग्रहालयको भवन निर्माण गर्दा पिल्लर नै उठाएर मूलगेटमा सारङ्गीको आकार दिइएको उनले जानकारी दिए ।

    प्राथमिकता कला, साहित्यलाई

    सङ्ग्रहालयमा कलासाहित्यलाई विशेष जोड दिइएको दाबी गरिएको छ । त्यसमध्ये पनि बढी जोड कलाक्षेत्रलाई दिइएको हेमराजको जिकिर छ ।

    नेपालको मात्रै नभएर विश्वभरिकै बाद्ययन्त्र सङ्ग्रह गर्ने योजना रहेको ‘जिमाक’ का पूर्व अध्यक्ष तथा हालका संरक्षकसमेत रहेका हेमराज बताउँछन् ।

    ‘सङ्गीतसम्बन्धी विश्वभरिकै, सातै महादेशमा उपयोग हुने साङ्गीतिक उपकरण सङ्ग्रह गर्ने हाम्रो योजना छ’ उनी भन्छन्– ‘त्यससँगै हामीले नेपालका विभिन्न बाद्ययन्त्र तथा कला, संस्कृतिसित सम्बन्धित सामग्रीसमेत राख्ने योजना बनाएका छौँ ।’

    पोखरानजिकै छ सङ्ग्रहालय

    विश्वभरिकै साङ्गीतिक उपकरण सङ्ग्रह गर्ने बृहत् लक्ष्य राखिएको यस्तो सङ्ग्रहालय नेपालको सुदूर गाउँक्षेत्रमा किन स्थापना गरियो भन्ने युगदर्शनको जिज्ञासमा हेमराजले अहिलेको समयमा कुनै ठाउँ टाढा नभएको तर्क गरे ।

    ‘अहिले सम्पूर्ण विश्व नै गाउँमा परिणत भएको छ’ उनले भने– ‘हाम्रो सङ्ग्रहालय पोखरादेखि करिब ८५ किमि टाढा छ । त्यति मात्र होइन मुस्ताङ वा बागलुङको ढोरपाटन जाने पर्यटकलाई समेत हाम्रोतर्फ यता तान्न सकिन्छ ।’

    उनका अनुसार बागलुङको लामाधुरी, पञ्चकोट मन्दिरबाट जम्मा १४ किमि नजिक भएकाले सङ्ग्रहालय त्यति टाढा छैन । प्रचारप्रसार भएको खण्डमा त्यहाँ पर्यटकलाई पुर्याउन सकिन्छ ।

    आफू जन्मेको गाउँमै सङ्ग्रहालय बनाउने इच्छाकै कारण तङ्ग्राममा त्यसको निर्माण गरिएको उनको दाबी छ ।

    सङ्ग्रहालयले चहलपहल बढाउने

    तङ्ग्राममा सङ्ग्रहालय निर्माण भएपछि त्यहाँका स्थानीयवासीको त्यसतर्फ चासो बढेको दाबी गर्छन् हेमराज ।

    ‘हामीले सङ्ग्रहालयबाट गाउँपालिकाको विकासनिर्माणमा नै मदत पुग्ने दाबी गरेका छौँ’ उनले भने– ‘गाउँमा चहलपहल बढ्दा यहाँको उत्पादनको विक्रीवितरण बढ्नेछ । यसबाट गाउँपालिकाको पहिचान देशविदेशमा बढ्नेछ ।’

    आफूहरूले यो सांस्कृतिक सङ्ग्रहालयलाई काठेखोला गाउँपालिकाको पहिचान बनाउन खोजेको दाबीसमेत उनको छ । काठेखोला गाउँपालिकाले स्थानीय पाठ्यक्रममा सो सङ्ग्रहालयलाई सामेल गरेकोमा भने उनले खुसी व्यक्त गरे ।

    सङ्ग्रहालयबाट बागलुङमा आन्तरिक पर्यटक भित्रिने मात्रै नभएर बाह्य पर्यटकसमेत भित्राएर राष्ट्रलाई नै मदत पु¥याउन खोजेको दाबी पनि उनले गरे ।

    पूरै बनिसकेको छैन सङ्ग्रहालय

    जिमाक सांस्कृतिक सङ्ग्रहालय पूर्ण रूपमा अझै बनिसकेको छैन । अहिले भवन बनेको छ । विशाल नगरा निर्माण भएको छ । तीन तलाको सङ्ग्रहालयका लागि मुख्यतः साङ्गीतिक उपकरण जम्मा गर्ने कार्य गर्नै बाँकी छ ।

    ‘तीन तलाको यो सङ्ग्रहालयको प्रत्येक तलामा नगराका साथै नेपाल र विश्वभरिकै साङ्गीतिक सामग्री राख्ने योजना हामीले बनाएका छौँ’ हेमराजले भने– ‘भवनबाहिर कम्पाउन्ड बनाएर आकर्षक रूप दिने हाम्रो योजना पनि छ ।’

    सङ्ग्रहालय पूर्ण रूपमा तयार भइसकेपछि बागलुङ र देशभरिका कलाकार, साहित्यकार, संस्कृतिकर्मीलाई त्यहाँको भ्रमण गराउने योजना रहेको उनी सुनाउँछन् । त्यसका साथै विभिन्न म्युजिक भिडियोको छायाङ्कन सङ्ग्रहालयको सेरोफेरो होस् भन्ने पनि आफूले चाहेको उनले बताए ।

    सङ्ग्रहालय पूर्ण रूपमा तयार भइसकेपछि आफूहरू त्यसतर्फ लाग्ने योजना रहेको उनको भनाइ थियो ।

    आगामी योजना

    सङ्ग्रहालय सञ्चालन गर्न प्र्रत्येक वर्ष साधारणसभा सम्पन्न गरेर समिति बन्ने गरेको उनले बताए । अहिले पनि अध्यक्ष र सचिवसहितको कार्यसमितिले सङ्ग्रहालय निर्माणको कार्यलाई पूर्णता दिने काम भइरहेको उनको भनाइ थियो ।

    त्यस सिलसिलामा ‘जिमाक’ को वेबसाइट बन्दै गरेको जानकारी पनि उनले युगदर्शनलाई दिए ।

    तत्कालका लागि दुई जना अस्थायी स्टाफ नियुक्त गरेर सङ्ग्रहालय हेर्न आउने आन्तरिक वा बाह्या पर्यटकलाई सुविधा प्रदान दिने गरिएको उनले बताए ।

    त्यस्तै एउटा साउन्ड व्यवस्थापक राख्ने योजना पनि जिमाकको रहेको उनले युगदर्शनलाई जानकारी दिए ।

    अन्तमा

    हाल रक्तिम सांस्कृतिक अभियानको महासचिवसमेत रहेका हेमराज पेसेवर गायककार, सङ्गीतकार र गीतकारसमेत हुन् ।

    काठमाडौँको सीतापाइलामा ‘आश्रम म्युजिक’ सञ्चालन गरिरहेका हेमराजले गीतसङ्गीत प्रशिक्षकसमेत हुने । हामीले उनकै कार्यालयसम्म पुगेर विश्वकै विशाल दाबी गरिएको नगराको बारेमा कुराकानी गरेका थियौँ ।

    त्यस क्रममा उनले तङ्ग्रामस्थित सांस्कृतिक सङ्ग्रहालय र त्यसमा रहेको विशाल नगराको दृश्यावलोकन तथा भ्रमण गर्न हामीलाई निम्तोसमेत दिए ।

    ‘सङ्ग्रहालयसित सम्बन्धित सुझाव, सल्लाहको अपेक्षा गर्दछु’ उनले भने– ‘तपाईंहरूलाई पनि सङ्ग्रहालय भिजिट गर्न आग्रह गर्दछु । प्रत्येक वर्ष बुद्धजयन्तीको अवसरमा विश्वकै ठुलो नगराको बजाएको ध्वनि स्रवण गर्न म तपाईंहरूलाई निमन्त्रणा दिन्छु ।’

    आइतबार, कार्तिक २३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

     बाख्रापालनले बदल्दै ग्रामीण महिलाको जीवन
    ‘विशेष रक्तिम साँझ–२०८३’ : चेतना, संस्कृति र संघर्षको देशव्यापी यात्रा
    फेसबुकमा ‘एआई मोड’ सर्च फिचर : ग्रुप र रिल्सका कमेन्ट खोजेर एआईले दिनेछ उत्तर
    विद्यार्थीहरूको राजनीतिक नैसर्गिक अधिकार खोसिंदै
    घण्टीपार्टीको चटक : ‘करार’ पूरा नगरे अर्को चुनावमा सजाय दिनू
    बालेन को हुन् ? चिन्नका लागि बुझ्नैपर्ने १६ परिघटना यी हुन्

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.