• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, साउन २९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कठपुतली सरकारद्वारा गणतन्त्र, धर्मनिरपेक्षता, राष्ट्रियता र स्वाधीनतामाथि खतरा : मसाल

तीन मन्त्री र एक राज्यमन्त्रीसहित एमाले सरकारमा

काठमाडौँ विश्वविद्यालयका उपकुलपतिमा विवेक बराल नियुक्त

राष्ट्रिय वाणिज्य बैंकको नाफा ६०.६८ प्रतिशतले वृद्धि

हीरा तरामुको निधनप्रति मसालले दियो श्रद्धाञ्जली

प्रदेशसभा सांसदलाई पाँच महिनामा एकपटक बोलाइन्छ : सांसद थापा (भिडियो अन्तर्वार्ता)

प्रहरी महानिरीक्षक कार्की भन्छन् : पाषाणयुगीन मानसिकता बोकेकाहरूबाट हामी शासित हुनुपरिरहेको छ

जाजरकोटमा बाढीले घर र पुल बगायो

बालेन्द्र सरकार सिद्धान्त र कार्यक्रम नभएको स्वेच्छाचारी : सिंह (भिडियोसहित)

लोकप्रिय समाचार

  • १. भारतस्थित तीन नेपाली संगठनका नेताबीच महत्वपूर्ण छलफल

  • २. लुम्बिनीमा राजमोले एमाले र नेकपासित सरकार गठनमा सहकार्य गर्दैै

  • ३. राजमो गुल्मीका नेता हीरा तरामुको निधन

  • ४. लुम्बिनी सरकारलाई मसालको समर्थन, तीन वामपन्थी दलबीच कार्यगत एकता

  • ५. राजमोको बाइसौँ पार्टीस्कुल समापन

  • ६. तीनबुँदे सहमतिअनुसार मन्त्रिपरिषद् विस्तार हुँदै

  • ७. बाबुराम नेपालीको उपचार अभियान बन्द गरिएको जानकारी

  • ८. मृत भेटिए कपिलवस्तुका पूर्वमेयर सिंह

  • ९. कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

  • १०. नयाँ पार्टीकी सांसद, पुरानै सामन्ती शैली !

पेट्रोलियम पदार्थको विकल्पमा जलविद्युत्‌

"सम्पादकीय "

  •   बुधबार, साउन २७, २०८३ मा प्रकाशित
  • साउन लागेपछि ग्यास वितरकले भरी ग्यास सिलिन्डर वितरण गर्न थाले । यसअघि गत वर्ष फागुनदेखि आधा सिलिन्डर ग्यास वितरण हुँदै आएको थियो । त्यति बेला अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि होर्मुज घाँटी बन्द भयो । फलस्वरूप पेट्रोलियम पदार्थको आपूर्ति प्रभावित भयो । नेपालसित आफ्‌नै प्रशोधन उद्योग छैन । त्यसैले खाडी क्षेत्रबाट ल्याइएको कच्चा तेल प्रशोधनपछि भारतले नेपाललाई बेच्दै आएको छ । इरानमाथिको आक्रमणपछि नेपाल आउने पेट्रोलियम पदार्थमा कमी आयो । खासगरी ग्यासको अभाव हुन थाल्यो । तात्कालिक सङ्कटलाई टार्न सरकारले आधा ग्यास सिलिन्डर वितरण गर्ने नीति अपनायो । यद्यपि यो नयाँ निर्णय थिएन, यसअघि यस्तै प्रकारका समस्या आइपर्दा यस्तो गर्ने गरिएको थियो, स्थिति सहज हुनासम्म पुनः भरी सिलिन्डर वितरण गरिन्थ्यो । अहिले पनि भएको त्यही हो ।

    Advertisement

    हामीकहाँ पेट्रोलियम ग्यासको प्राकृतिक भण्डारण दैलेखमा देखा परेको छ तर त्यसको उत्खनन् त्यति सजिलो वा सहज नभएको बताइएको छ । अध्ययनअनुसार कडा चट्टानभित्र बाट त्यहाँको पेट्रोलियम पदार्थ निकाल्नुपर्ने हुन्छ । त्यसैले त्यसको उत्खनन् गर्दा खर्च अत्यधिक आउने सम्भावना रहन्छ । फेरि पनि उत्खनन्‌लाई प्राथमिकता दिनुपर्ने हुन्छ । यसरी पेट्रोलियम पदार्थमाथिको परनिर्भरतालाई न्युनीकरण गर्दै जानुपर्ने हुन्छ । त्यसका लागि चीनसँग प्राविधिक सहयोग लिने गरिएको छ । लागत अनुमानको आधारमा उत्खनन् योजनाका लागि यतिखेर चीनको एउटा कम्पनीले काम गरिरहेको पनि छ । आशा गरौँ, ढिलोचाँडो देलेखको पेट्रोलियम उत्खनन् हुनेछ ।

    हाम्रो देश जलसम्पदामा धनी छ । हामीकहाँ जलविद्युत्‌को प्रचुर सम्भावना छ । त्यसैअनुसार विद्युत् उत्पादन पनि बढ्दै गइरहेको छ । यसै वर्षदेखि करिब एक हजार मेगावाट विद्युत् थपिएको विद्युत् प्राधिकरणले बताएको छ । यसरी हालसम्म करिब पाँच हजार मेगावाट विद्युत् उपलब्ध छ, यद्यपि हिउँदमा विद्युत् उत्पादन घट्ने गरेको छ । यो समस्यालाई समाधान गर्न जलासययुक्त विद्युत् परियोजनाको निर्माणतर्फ हाम्रो ध्यान जानुपर्दछ । यसबाट पर्यटन, सार्वजनिक यातायातलगायत अर्थतन्त्रका अन्य अनुकूलता पनि थपिनेछन् ।

    नेपालका लागि पेट्रोलियम पदार्थको विकल्प जलविद्युत् नै हो । यो तथ्यलाई कसैले अस्वीकार गर्न सक्दैन । यदि त्यसो हो भने यस क्षेत्रमा व्यवस्थित प्रकारले काम गरिनुपर्दछ । त्यस्ता काम के के हुन् ? धेरैभन्दा धेरै जलविद्युत् उत्पादन गर्नु, विद्युत्‌को गुणस्तर सुधार्नु, घरेलु खपत बढाउनु, त्यसका लागि ट्रान्समिसन लाइनलाई व्यवस्थित गर्नु, विद्युतीय उपकरणको सहज र सुलभ उपलब्धताको व्यवस्था मिलाउनु, जनतामा विद्युत् उपयोगसम्बन्धी सचेतना फैलाउनु—यी केही काम हुन्, जसले विद्युत् उपभोगलाई सुनिश्चित गर्न सक्दछ ।

    अहिले देशमा जुन ग्याँसको अभाव देखा परेको छ, यस्तो अभाव भविष्यमा झनै बढ्दै जानेछ र अन्ततः पेट्रोलियम पदार्थ संसारबाटै समाप्त हुनेछ । त्यसैले यस्तो वास्तविकतालाई मध्यनजर गरेर पेट्रोलियम पदार्थको विकल्प खोज्नुपर्ने हुन्छ । हाम्रो देशमा पेट्रोलियम पदार्थको विकल्प जलविद्युत् हो । यसलाई अत्यधिक उपयोग (र सदुपयोग पनि) गर्नेतर्फ हामी सबैको ध्यान जानुपर्दछ । त्यसका लागि सरकारले ठोस योजना बनाएर कार्यान्वयन गर्नुपर्दछ । निर्यातमुखी होइन, तत्कालका लागि घरेलु खपतमुखी योजना बनाइनुपर्दछ । यसो गर्दा आत्मनिर्भर अर्थतन्त्र स्थापना गर्न सकिन्छ भन्ने देशका अगुवाहरूले बुझ्‌नु आवश्यक छ । भविष्यमा न्यून दरमा विद्युत उपलब्ध गराउन वा कुनै खास क्षेत्रका लागि त निःशुल्क उपलब्ध गराउन सकियो भने वैदेशिक लगानीक लागि नेपाल विश्वकै आकर्षक मुलुकमध्ये एक बन्नेछ । त्यसरी अर्थतन्त्रको मुहार फेरिनेछ । त्यसैले पेट्रोलियम पदार्थको विकल्पमा जलविद्युत्‌लाई बनाउन ठोस पहलकदमी गरौँ । पटकपटक देखा परिरहेने ग्यासको सङ्कटबाट पाठ सिकेर त्यसको स्थायी समाधानको रूपमा जलविद्युत्‌लाई अगाडि सार्न विलम्ब नगरौँ ।

    युगदर्शन साप्ताहिक, वर्ष १७, अङ्क ४४, २०८३ साउन २७ गते प्रकाशित

    बुधबार, साउन २७, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कठपुतली सरकारद्वारा गणतन्त्र, धर्मनिरपेक्षता, राष्ट्रियता र स्वाधीनतामाथि खतरा : मसाल
    प्रदेशसभा सांसदलाई पाँच महिनामा एकपटक बोलाइन्छ : सांसद थापा (भिडियो अन्तर्वार्ता)
    प्रहरी महानिरीक्षक कार्की भन्छन् : पाषाणयुगीन मानसिकता बोकेकाहरूबाट हामी शासित हुनुपरिरहेको छ
    बालेन्द्र सरकार सिद्धान्त र कार्यक्रम नभएको स्वेच्छाचारी : सिंह (भिडियोसहित)
    राप्ती नदीमा बगेर एक जनाको मृत्यु
    बाबुराम नेपालीको उपचार अभियान बन्द गरिएको जानकारी

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      भारतस्थित तीन नेपाली संगठनका नेताबीच महत्वपूर्ण छलफल

    • २.
      लुम्बिनीमा राजमोले एमाले र नेकपासित सरकार गठनमा सहकार्य गर्दैै

    • ३.
      राजमो गुल्मीका नेता हीरा तरामुको निधन

    • ४.
      लुम्बिनी सरकारलाई मसालको समर्थन, तीन वामपन्थी दलबीच कार्यगत एकता

    • ५.
      राजमोको बाइसौँ पार्टीस्कुल समापन

    • ६.
      तीनबुँदे सहमतिअनुसार मन्त्रिपरिषद् विस्तार हुँदै

    भर्खरै

    • १.
      कठपुतली सरकारद्वारा गणतन्त्र, धर्मनिरपेक्षता, राष्ट्रियता र स्वाधीनतामाथि खतरा : मसाल

    • २.
      तीन मन्त्री र एक राज्यमन्त्रीसहित एमाले सरकारमा

    • ३.
      काठमाडौँ विश्वविद्यालयका उपकुलपतिमा विवेक बराल नियुक्त

    • ४.
      राष्ट्रिय वाणिज्य बैंकको नाफा ६०.६८ प्रतिशतले वृद्धि

    • ५.
      हीरा तरामुको निधनप्रति मसालले दियो श्रद्धाञ्जली

    • ६.
      प्रदेशसभा सांसदलाई पाँच महिनामा एकपटक बोलाइन्छ : सांसद थापा (भिडियो अन्तर्वार्ता)

    • ७.
      प्रहरी महानिरीक्षक कार्की भन्छन् : पाषाणयुगीन मानसिकता बोकेकाहरूबाट हामी शासित हुनुपरिरहेको छ

    • ८.
      जाजरकोटमा बाढीले घर र पुल बगायो

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.