दाङ । अखिल नेपाल उद्योग व्यापार संघ जिल्ला समिति दाङले देशको बर्तमान अबस्थालाई केन्द्रीत गरेर जिल्ला प्रशासन कार्यालय मार्फत देशको प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याललाई सो ज्ञापनपत्र बुझाइएको हो ।
Advertisement
अखिल नेपाल उद्योग व्यापार संघ दाङको कार्यवाहक अध्यक्ष तिलक खड्काको नेतृत्वमा गणेश आचार्य, हरी खरेल, सेरबहादुर पुन, केशव आचार्य, मेघराज भट्टराई, जीत बहादुर पुन, पोषण नेपाली सहितको प्रतिनिधी मण्डलले ज्ञापनपत्र बुझाएको हो ।
प्रतिनिधिले जिल्ला भरी बढिरहेको असुरक्षा भ्रष्टाचार कुशासनलाई राज्यले रोक्नु पर्ने सार्वजनिक तथा निजी सम्पत्तिको रक्षा गर्नुपर्ने देशमा आन्दोलनको नाममा उद्योग कलकारखाना माथी क्षति पुर्याउने क्रियाकलाप रोक्न र दोसीलाई कानूनी कार्वाही गर्न ज्ञापनपत्र मार्फत ध्यानाकर्षण गराईएको छ ।