काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले मौसम बुलेटिन जारी गर्दै आज राती देखि पर्सि बुधबार बिहानसम्म देशभर वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ ।
पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको संयुक्त प्रभावका कारण आगामी दुई दिन मौसम प्रभावित हुने विभागले जानकारी दिएको छ ।
यस प्रणालीको प्रभावले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा भारी हिमपातको पनि सम्भावना रहेको विभागले जनाएको छ
यसपटकको सम्भावित हिमपातरवर्षाको कारणले दैनिक जन–जीवन, पर्वतारोहण लगायत कृषि, पर्यटन क्षेत्रमा समेत असर पर्ने विभागले जनाएको छ।
यस प्रणालीलाई मौसम पूर्वानुमान महाशाखाले निरन्तर अनुगमन गरिरहेको र सोही अनुसार नियमित रूपमा अद्यावधिक गर्दै जाने पनि विभागले बताएको छ।
