• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

भारत–चीनबीच पाँच वर्षपछि प्रत्यक्ष हवाई सेवा पुनः सुरु


  •   आइतबार, कार्तिक ०९, २०८२ मा प्रकाशित
  • कोलकाता । पाँच वर्षको अवरोधपछि भारत र चीनबीच आइतबार प्रत्यक्ष हवाई उडानहरू पुनः सुरु भएका छन् । यो कदम व्यापार र जनता–जनताबीचको सम्पर्कका दृष्टिले अत्यन्त महत्त्वपूर्ण मानिएको छ । यसले एसियाका दुई दिग्गज राष्ट्रबीच सम्बन्ध पुनर्निर्माणको प्रतीकात्मक सुरुआत गरेको छ ।

    Advertisement

    विश्वका सबैभन्दा धेरै जनसङ्ख्या भएका छिमेकी यी दुई देशबीच लामो समयदेखि रणनीतिक प्रतिस्पर्धा रहँदै आएको छ । सन् २०२० मा हिमाली सीमामा भएको घातक झडपपछि सम्बन्धमा आएको तिक्तता विस्तारै घट्दै गएको छ । भारत सरकारका अनुसार उडान पुनः सुरु हुनु ‘जनता–जनताबीचको सम्पर्क सुदृढ गर्न’ र ‘द्विपक्षीय आदानप्रदानलाई सामान्यिकरणतर्फ लैजान’ सहयोगी हुनेछ ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा ५० प्रतिशत करको सजाय लगाइएपछि वासिङ्टनसँगको व्यापारिक सम्बन्धमा तनाव झेलिरहेको भारतको बेइजिङसँगको सम्बन्ध पछिल्ला महिनाहरूमा न्यानो भएको देखिएको छ । ट्रम्पका सहयोगीहरूले भारतले मस्कोबाट तेल खरिद गरेर रुसको युक्रेन युद्धलाई परोक्ष रूपमा समर्थन गरेको आरोप लगाएका थिए ।

    भारतको सबैभन्दा ठूलो विमान सेवा प्रदायक इन्डिगो एयरलाइन्सले चीनका लागि पहिलो दैनिक प्रत्यक्ष उडान सञ्चालन गरेको छ । कोलकाताबाट आइतबार बिहान १० बजे (१६ः३० जिएमटी) ग्वाङ्झाउका लागि पहिलो उडान प्रस्थान गरेको थियो । राजधानी नयाँदिल्लीबाट साङ्घाई र ग्वाङ्झाउतर्फका थप सेवाहरू नोभेम्बरदेखि सुरु हुने तयारीमा छन् ।

    “प्रत्यक्ष हवाई सम्पर्कले लजिस्टिक लागत र ट्रान्जिट समय घटाउनेछ”, कोलकातास्थित इन्डियन चेम्बर अफ कमर्सका प्रमुख राजीव सिंहले भन्नुभयो, “यसले व्यापारिक समुदायलाई ठूलो फाइदा पुर्‍याउनेछ ।”

    कोलकाता सहरको चीनसँग ऐतिहासिक सम्बन्ध छ, जुन ब्रिटिश शासनकालदेखि नै सुरु भएको हो, जतिबेला चिनियाँ आप्रवासीहरू व्यापारीका रूपमा यहाँ आएका थिए । सहरको प्रसिद्ध ‘इन्डो–चिनियाँ फ्युजन’ परिकार त्यही सम्पर्कको स्वादिलो प्रतीक बनेको छ ।

    “हामीजस्ता चीनमा आफन्त भएका मानिसहरूका लागि यो हर्षको समाचार हो”, कोलकाताको चिनटाउन क्षेत्रमा रहेको नागरिक समाजका नेता चेन खोइ कुईले भन्नुभयो, “हवाई सम्पर्कले व्यापार, पर्यटन र सांस्कृतिक आदानप्रदान दुवैलाई सुदृढ पार्नेछ ।”

    भारत र चीनबीच व्यापारिक असन्तुलन अझै ठूलो छ । भारतले चिनियाँ कच्चा मालमा ठूलो निर्भरता राखेको छ, जसले औद्योगिक उत्पादन र निर्यात वृद्धिलाई असर गरेको छ । गत वर्ष रुस तथा यस वर्ष अगस्टमा चीनमा भएका उच्चस्तरीय बैठकहरूले दुई देशबीच मेलमिलापको वातावरण सिर्जना गरेको बताइन्छ ।

    भारतको वाणिज्य मन्त्रालयका अनुसार गत महिना चीनबाट आयात ११ अर्ब डलरभन्दा बढी पुगेको छ । यो गत वर्षको तुलनामा १६ प्रतिशत वृद्धि हो । त्यही अवधिमा भारतबाट चीनमा निर्यात एक अर्ब ४७ करोड डलर पुगेको छ । यसमा वार्षिक रूपमा करिब ३४ प्रतिशत वृद्धिदर देखिएको छ ।

    कोभिड–१९ महामारीका समयमा दुई देशबीचका करिब ५०० मासिक प्रत्यक्ष उडानहरू स्थगित भएका थिए । सन् २०२० मा भएको सीमा झडपमा २० जना भारतीय र चार जना चिनियाँ सैनिकको मृत्यु भएपछि सम्बन्ध अझै बिग्रिएको थियो । त्यसपश्चात् भारतले चिनियाँ लगानी र प्राविधिक पहुँचमा प्रतिबन्ध लगाउँदै टिकटकसहित सयौँ एप  प्रतिबन्धित गरेको थियो ।

    यद्यपि पछिल्ला महिनामा सम्बन्धमा सुधारका सङ्केत देखिएका छन् । यस महिना दुवै देशका सैनिकहरूले हिन्दू पर्व दशैँ–तिहार (दीपावली) को अवसरमा मिठाइ आदानप्रदान गर्दै ‘सद्भावको प्रतीक’ प्रदर्शन गरेको भारतस्थित चिनियाँ दूतावासका प्रवक्ता यु जिङले बताउनुभयो ।

    “बेइजिङसँग सम्बन्ध सुधार गर्नु वासिङ्टनलाई उपयुक्त सन्देश पठाउने कूटनीतिक सङ्केत हो”, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच अगस्टमा भएको भेटपछिको सम्पादकीयमा द इन्डियन एक्सप्रेसले लेखेको थियो, “तर, सामान्यीकरणको बाटो अझै लामो छ । बढ्दो दृढ चीनलाई व्यवस्थापन गर्नु भारतको दीर्घकालीन चुनौती बनेको छ ।”

    “ट्रम्पका अनिश्चित कूटनीतिक नीतिहरूका बाबजुद पनि यी आधारभूत वास्तविकताहरू अपरिवर्तित रहन्छन्”, सम्पादकीयमा भनिएको थियो ।

    आइतबार, कार्तिक ०९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’
    भुजमा मूल प्रवाहको नगर समिति गठन
    नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • २.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ३.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ४.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ५.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ६.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    • ७.
      गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.