काठमाडौँ । राष्ट्रिय जनमोर्चा प्यूठानले विभिन्न स्थानीय निकायमा देउसीभैलो कार्यक्रम सञ्चालन गरेको छ ।
जिल्ला अन्तर्गत झिम्रुकमा गाउँपालिका, स्वर्गद्वारी नगरपालिका, मल्लरानी गाउँपालिका, प्यूठान नगरपालिका, ऐरावती गाउँपालिका र गौमुखी गाउँपालिकामा राजमो प्यूठानले देउसीभैलो सञ्चालन गरेको जिल्ला अध्यक्ष ज्ञामुराम न्यौँपानेले जानकारी दिनुभयो ।
स्वर्गद्वारी नगरपालिका दुईमा भोवलाल रोकाको नेतृत्वमा करिब तीस जनाको टोली देउसीभैलो खेलिरहेको छ । आज स्वर्गद्वारी मन्दिरबाट देउसीभैलो शुरुभएको र भोली धनवाङ, पर्सि मालारानी, दहवन, हाम्जा, खाल, नस, लिब्जामा पुगेर समापन गर्ने कार्यक्रम रहेको नगरपालिकाको उपमेयर मिनराज रानाले जानकारी दिनुभयो । भैलो दशगतेसम्म सम्पन्न गर्ने कार्यक्रम रहेको रानाले बताउनु भयो ।
झिम्रुक गाउँपालिका अन्तर्गत मच्छि बजारमा सुभास जिसीको नेतृत्वमा भैलो सञ्चालन गरिएको छ । त्यस्तै समताद्वारा दुईवटा टिम परिचालन गरिएको छ ।
मल्लरानी गाउँपालिका अन्तर्गत चुँजाठाटीमा लेखबहादुर थापाको नेतृत्वमा, माथि लुका सोलाल्नमा वडा सदस्य चिन्तबहादुर राहुँको नेतृत्वमा देउसीभैलो सम्पन्न पार्ने निश्चित भएको छ ।
प्यूठान नगरपालिकामा धनबहादुर केसीको नेतृत्वमा देउसीभैलो कार्यक्रम सञ्चालन भएको छ ।
