• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

मगर जातिमा थर/उपथर विभाजनको सन्दर्भ

सुनसरी घटनाको सन्दर्भमा

आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

लोकप्रिय समाचार

  • १. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ४. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ५. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • ६. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जनजाति मुक्ति आन्दोलन

अमेरिकामा ट्रम्पको अधिनायकवादी शैली विरुद्ध ७० लाख जनता सहभागी ‘नो किङ्ग्स’ र्‍याली


  •   आइतबार, कार्तिक ०२, २०८२ मा प्रकाशित
  • वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कठोर नीति र अधिनायकवादी व्यवहार विरुद्ध शनिबार देशभरै ‘नो किङ्ग्स’ नामक विशाल प्रदर्शन गरिएको छ ।

    Advertisement

    अमेरिकाका सबै ५० राज्यका सहरमा लाखौँ मानिस लोकतन्त्रको पक्षमा र राष्ट्रपति ट्रम्पको नीति विरुद्ध सडकमा उत्रिएका थिए ।

    आयोजकका अनुसार न्युयोर्कदेखि लस एन्जलससम्म फैलिएको यो आन्दोलनमा करिब ७० लाखभन्दा बढी नागरिकले सहभागिता जनाएका थिए । फ्लोरिडास्थित ट्रम्पको निवासनजिक र अमेरिकी हार्टल्यान्डका साना सहरमा समेत विरोध प्रदर्शन भएका थिए ।

    वासिङ्टनस्थित अमेरिकी क्यापिटल नजिकै हजारौँ प्रदर्शनकारीले ‘लोकतन्त्र यस्तो देखिन्छ’ भन्ने नारा लगाउँदै सरकारको दीर्घकालीन बन्द (सटडाउन) विरुद्ध पनि आक्रोश प्रकट गरेका थिए । रङ्गिन पोस्टरमा ‘लोकतन्त्रको रक्षा गरौँ’ भन्ने सन्देश झल्किन्थ्यो भने कतिपयले आप्रवासीमाथि दमन गर्ने अध्यागमन तथा भन्सार प्रवर्तन (आइसिई) निकायको अन्त्य गर्न माग गरेका थिए ।

    न्युयोर्ककी ६९ वर्षीया सेवानिवृत्त कोलिन हफम्यानले आँसु झर्दै भन्नुभयो– ‘लोकतान्त्रिक देशको मृत्यु आफ्नै आँखाबाट हेर्नुपर्ने दिन आउनेछ भन्ने मैले कहिल्यै सोचेकी थिइनँ । हामी अहिले सङ्कटमा छौँ । यो शासनको क्रुरता र अधिनायकवादले हामीलाई घुँडा टेकाउन खोजिरहेको छ ।’

    लस एन्जलसमा प्रदर्शनकारीले डाइपर लगाएको ट्रम्पको विशाल बेलुन आकाशमा उडाए । कतिपयले हालैका विश्वव्यापी विरोधमा प्रचलित ‘खोपडी लोगो’ अङ्कित झन्डा फहराएका थिए । ह्युस्टनमा ‘अज्ञानता विरुद्ध लडौँ, आप्रवासी विरुद्ध होइनौँ; भन्ने सन्देशले नागरिकको ध्यान खिचेको थियो ।

    प्रदर्शन अधिकांश ठाउँमा शान्तिपूर्ण रहे पनि लस एन्जलसको डाउनटाउनमा केही भिड नियन्त्रणका क्रममा प्रहरीले गैरघातक गोली र अश्रुग्याँस प्रयोग गरेको लस एन्जलस टाइम्सले जनाएको छ । लस एन्जलस प्रहरीले कानुनी आदेशपछि प्रदर्शनकारीलाई तितरबितर गरियो भने पनि गिरफ्तारीबारे विवरण सार्वजनिक गरिएको थिएन ।

    न्युयोर्कमा करिब एक लाखभन्दा बढी र वासिङ्टनमा आठदेखि १० हजारसम्म प्रदर्शनकारीको भिड अनुमान गरिएको थियो । आयोजकको उपस्थिति तथ्याङ्क स्वतन्त्र रूपमा पुष्टि हुन सकेको थिएन ।

    राष्ट्रपति ट्रम्पले भने आफ्नो ट्रुथ सोसल प्लेटफर्ममार्फत प्रतिक्रिया दिँदै आफूलाई राजाको रूपमा चित्रण गर्ने एआईनिर्मित भिडियोको शृङ्खला सार्वजनिक गर्नुभयो । एउटामा उहाँलाई मुकुट लगाएर लडाकु जेट उडाउन र विरोधीलाई अपमानित गर्ने दृश्य देखाइएको थियो ।

    उहाँका सहयोगीले पनि प्रदर्शनलाई ‘घृणा अमेरिका र्‍याली’ भन्दै व्यङ्ग्य गरेका थिए । सदनका अध्यक्ष माइक जोनसनले प्रदर्शनकारीलाई माक्र्सवादी, समाजवादी र हमास समर्थक वामपन्थीको मिश्रण भएको बताउनुभयो ।

    यता प्रदर्शनकारीले ती आरोपलाई हास्यात्मक रूपमा खारेज गरे । वासिङ्टनमा सहभागी ६३ वर्षीया पाओलोले भन्नुभयो– ‘यदि यो घृणा हो भने ती आलोचक फेरि विद्यालय फर्किनुपर्छ ।’

    अर्का प्रदर्शनकारी ३४ वर्षीय सफ्टवेयर इन्जिनियर टोनीले भन्नुभयो– ‘हामीमाथि दक्षिणपन्थीले घृणा गर्छन् तर हामी सत्यको पक्षमा अडिएका छौँ ।’

    अमेरिकन सिभिल लिबर्टिज युनियनकी डेरड्रे सिफेलिङका अनुसार प्रदर्शनकारीको मुख्य सन्देश ‘हामी समानता र कानुनको देश हौँ’ भन्ने थियो । उहाँले भन्नुभयो– ‘हामी सबैका लागि न्याय, प्रक्रिया र लोकतन्त्रमा विश्वास गर्छौं । हामी चुप लाग्ने छैनौँ ।’

    अविभाज्य परियोजनाका सहसंस्थापक लेह ग्रिनबर्गले ट्रम्प प्रशासनले डेमोक्रेटिक नेतृत्व भएका सहर लस एन्जलस, वासिङ्टन, सिकागो, पोर्टल्यान्ड र मेम्फिसमा नेसनल गार्ड पठाउने प्रयासको कडा आलोचना गर्नुभयो । उहाँका शब्दमा यो धम्की, भ्रम र डरद्वारा नागरिकलाई मौन पार्ने अधिनायकवादी शासनको पुरानो रणनीति हो ।

    अमेरिकी क्यापिटल अगाडि बोल्दै प्रगतिशील सिनेटर बर्नी स्यान्डर्सले ट्रम्प शासनले लोकतन्त्रमा गम्भीर खतरा उत्पन्न गरिरहेको चेतावनी दिनुभयो ।

    उहाँले भन्नुभयो– ‘हामीसँग यस्तो राष्ट्रपति छन्, जसले सबै शक्ति आफ्नो र आफ्नो निकट वर्गको हातमा केन्द्रित गर्न खोजिरहेका छन् ।”

    १६ वर्षीय विद्यार्थी आइज्याक हार्डरले भन्नुभयो– ‘हाम्रो पुस्ताको भविष्य अन्धकारमय देखिन्छ । यो फासिस्ट बाटो हो र यसलाई रोक्नका लागि म आफ्नो हिस्साको योगदान गर्न चाहन्छु ।” (रासस/एएफपी)

    आइतबार, कार्तिक ०२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह
    नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो
    कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन
    मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश
    देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न
    प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ४.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ५.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ६.
      रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

    भर्खरै

    • १.
      मगर जातिमा थर/उपथर विभाजनको सन्दर्भ

    • २.
      सुनसरी घटनाको सन्दर्भमा

    • ३.
      आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

    • ४.
      नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

    • ५.
      कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

    • ६.
      मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

    • ७.
      देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

    • ८.
      प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.