काठमाडौँ । नेकपा माओवादी केन्द्र महाधिवेशन आयोजक समितिका सचिवालय सदस्य गणेश साहले पार्टी परित्यागको घोषणा गरेका छन् । पार्टीबाट राजीनामा दिएको पत्र पछिल्लो सचिवालय बैठकमा पठाएका थिए ।
Advertisement
पछिल्लो समय पार्टीको हरेक आन्तरिक बैठकमा कमैमात्र उपस्थित हुँदै आएका साहले नेतृत्वको कार्यशैलीप्रति असन्तुष्ट देखिएका छन् । नेकपा संयुक्तको अध्यक्ष रहेका उनले २०७३ सालमा माओवादीसँग पार्टी एकता गरेका थिए ।
माओवादीमा झन्डै १० वर्ष सक्रिय भूमिकामा रहेका उनी केन्द्रीय समिति विघटन हुनु पहिले सचिवको जिम्मेवारीमा थिए ।