• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ७. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • १०. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

प्युठानमा जनपक्षीय शक्तिमाथि आक्रमण होला भन्ने सोचेका थिएनौँ


  •   शुक्रबार, असोज १०, २०८२ मा प्रकाशित
  • ज्ञामुराम न्यौपाने, अध्यक्ष, राष्ट्रिय जनमोर्चा प्युठान ##

    Advertisement

    स्रोता तथा दर्शकवृन्द । युगदर्शन मिडियाको तर्फबाट गोविन्दकुमार शर्मा म प्रकाश थापामगरको नमस्कार । गत भदौ २४ गते जेएनजी आन्दोलनको नाममा राष्ट्रिय जनमोर्चाका सुर्खेत, अर्घाखाँची, प्युठान बुटवलका कार्यालयमा तोडफोड तथा आगजनी भएको छ । २०८२ असोज ४ गतेका दिन उक्त घटनाका प्रत्यक्षदर्शीसित कुराकानी गरेर हामीले एउटा सामग्री तयार पारेका छौँ । प्रस्तुत छ सो सामग्री ।

    ० युगदर्शन मिडियाको तर्फबाट राष्ट्रिय जनमोर्चा प्युठानका अध्यक्ष ग्यामुराम न्यौपानेजीलाई स्वागत गर्न चाहन्छौँ ।

    :: हजुर, धन्यवाद ।

    ० जेएनजी आन्दोलनको क्रममा २०८२ भदौ २४ गते राजमो प्युठानको कार्यालयमा तोडफोड भयो, त्यससम्बन्धी हामी तपाईंसँग जानकारी माग्न गइरहेका छौँ । सर्वप्रथम त हामीलाई बताइदिनुस् कि त्यहाँ त्यो तोडफोड कसरी भयो ?

    :: राष्ट्रिय जनमोर्चा जिल्ला समिति प्युठानको कार्यालय सदरमुकाम खलङ्गामै रहेको थियो । त्यो हामीले १५ वर्ष पहिला कार्यकर्ताले चन्दा उठाएर, जग्गा किनेर लामो समय लगाएर भवन बनाएका थियौँ । त्यो आवासीय कार्यालय थियो । त्यहाँ सामुदायिक रेडियो प्युठान, मित्रमणि टङ्क स्मृति प्रतिष्ठान र राष्ट्रिय जनमोर्चा जिल्ला समितिको तीनओटा संस्थाको कार्यालय थियो । जेएनजी आन्दोलनको दोस्रो दिन भदौ २४ गते त्यहाँ अराजक उदण्ड तत्त्वले त्यहाँ आएर तोडफोड गरे । कार्यालयका सम्पूर्ण फर्निचर र अन्य सामग्रीमा आगजनी गरे । कार्यालयभित्र दुईओटा कोठामा आगो लगाएर अरू सम्पूर्ण सामान बाहिर लगेर आगजनी गरे । त्यो धेरै निन्दनीय र भत्र्सनायोग्य घटना थियो ।

    ० त्यो तोडफोड हुँदाखेरि तपाईंहरूले आफ्नो सामान बचाउन पहलकदमी गर्नुभयो कि गर्नुभएन ?

    :: हामीले कार्यालयको केही डकुमेन्ट मात्रै बचायौँ, झोलामा अट्ने सामान मात्रै । अरू त उनीहरूले सबै आगो लगाए । यतिसम्म गरे कि उनीहरूले हाम्रो १५० थान पुस्तक जलाए । पुस्तक जलाउने भनेपछि ती कस्तो चेतनास्तर बोकेका मान्छे थिए होलान् ? हामीले कल्पना गर्न सक्छौँ । सहिद प्रतिष्ठान, जहाँ सहिदको विषयमा अध्ययन–अनुसन्धान गर्ने, उहाँहरूका कैयौँ फोटा, सहिदसँग सम्बन्धित अरू कागजात थिए । सहिदलाई पनि उनीहरूले अपमान गर्ने, पुस्तक जलाउने, त्यतिसम्मको अराजक र उद्दण्ड समूहले त्यो क्षति गरेको थियो ।

    ० राष्ट्रिय जनमोर्चासँग सम्बन्धित कुनै सामग्री त्यहाँ बाँकी रहेनन् ?

    :: हाम्रो सम्पूर्ण सामान नष्ट भयो । भवनमा पनि क्षति भयो आगजनीले गर्दाखेरि । हामीले प्रहरी–प्रशासनलाई बोलाएर आगजनीको एउटा मुचुल्का पनि बनायौँ ।

    ० जुन त्यहाँ आगजनी भयो, त्योभन्दा पहिला त्यस्तो कुनै पूर्व सूचना अथवा तपाईंहरूलाई आशङ्का लागेको यस्तो हुन सक्छ भन्ने त्यस्तो अनुमान गर्नुभएको थियो कि थिएन ?

    :: राष्ट्रिय जनमोर्चा सुरुदेखि नै राष्ट्रियता, गणतन्त्र र सुशासनको पक्षमा लगातार सङ्घर्षरत थियो । राजमो जनताको पार्टी हो, त्यसमा आक्रमण गर्नुपर्ने कुनै कारणै छैन । भ्रष्टाचार विरोधी पार्टी थियो । कैयौँ जनताको पक्षमा आन्दोलन गरिरहेको छ । त्यसैले आक्रमणबारे हामीलाई कुनै शङ्का थिएन । त्यहाँ आक्रमण हुन्छ भन्ने हामीले अनुमानसम्म गरेका थिएनौँ किनभने हामी जनविरोधी काममा संलग्नै थिएनौँ । कुनै पनि मान्छे राजनीतिक क्षेत्रमा काम गर्ने, नेपालको निम्ति काम गर्ने मान्छेले एउटा जनपक्षीय सङ्गठनमाथि, कार्यालयमाथि आक्रमण गर्छ भन्ने हाम्रो अनुमान थिएन । आक्रमण हुनुभन्दा केही मिनेट पहिला उनीहरू आउँदैछन्, तोडफोड, आगजनीका लागि भन्ने हामीले सूचना प्राप्त गरेका थियौँ । हामीले तत्काल प्रशासनसँग सम्पर्क गर्यौँ । प्रशासनले ‘हामीले कफ्र्यु आदेश जारी गरेका छौँ, कफ्र्यु छ, हामीले रोक्छौँ, त्यहाँ तपाईंहरू सुरक्षित हुनुहुन्छ’ भनेर हामीलाई भ्रम दियो । उसले पनि सुरक्षा दिन सकेन ।

    ० अहिले हालसम्मको मितिमा आउँदाखेरि त्यो त्यहाँको आगजनीको लागि कुनै दोषी त्यस्तो कुनै तपाईंहरूले शङ्का गर्नुभएको छ, फलानो पक्षले आगजनी गर्यो होला भन्ने त्यस्तो कसैको संलग्नताको तपाईंको अनुमान छ केही ?

    :: उदण्डको जत्था नै आएको थियो । त्यसका कैयौँ भिडियो क्लिप छन् । उनीहरूले अरू ठाउँमा पनि आगजनी गरेका छन् । त्यो प्रशासनको जिम्मेवारी हो, अपराधी पत्ता लगाउने, त्यसलाई कारबाही गर्ने कुरा तर हामीले यो यो व्यक्ति भनेर समग्र अपराधीको बारेमा निष्कर्षसम्म हामी पुगेका छैनौँ । त्यसलाई बुझ्ने क्रममा छौँ ।

    ० तपाईंले भन्नुभयो, प्रशासनसँग सम्पर्क गरेको । त्यहाँ नजिकै आर्मीको ब्यारेक थियो भन्ने पनि हामीले जानकारी पाएका थियौँ । प्रहरी प्लस त्यो आर्मी, उहाँहरूको कार्यालय जलेको रोक्नमा त्यस्तो केही भूमिका भयो कि भएन अनि तपाईंहरूले सहयोग माग्नुभयो कि माग्नुभएन ?

    :: हामीले सहयोग माग्यौँ । आगलागी हुने बेलामा हामीले दमकल माग गर्यौँ । प्रमुख जिल्ला अधिकारीसँग हामीलाई दमकल दिनुपर्‍यो, आगो नियन्त्रण गर्न भन्यौँ । दमकल हाम्रो सम्पर्कमा छैन भनेर त्यहाँ हामीलाई उपलब्ध भएन । आगजनी हुने बेलामै प्रहरीको एउटा टिम त्यहीँ थियो । उसको भूमिका पनि देखिएन । सेनाले पनि रोक्ने प्रयास गरेन । उनीहरूलाई छोडिदियो । त्यो धेरै ठुलो जत्था थिएन, त्यही सय जना आसपास मात्रै थिए । त्यसो हुनाले प्रशासनको पनि उचित भूमिका भएन । राष्ट्रिय सम्पत्ति जोगाउनको निम्ति अथवा राष्ट्र पक्षधर शक्तिलाई बचाउन शान्तिसुरक्षा कायम गर्न प्रभावकारी भूमिका देखिएन ।

    ० तपाईंले भर्खर भन्नुभयो कि भिडियो क्लिप छन्, जम्मा सय जना मान्छेहरू छन् । भनेपछि केही मान्छेलाई तपाईंहरूले चिन्नुहुन्छ होला । त्यो तोडफोड आगजनीको दोषीको पक्षलाई कानुनी रूपबाट उपचार गर्ने अथवा कानुनी रूपबाट जाने त्यस्तो सोचाइ छ कि छैन ? त्यस्तो तयारी वा सोचाइ केही छ ?

    :: हामीले त पटक पटक कुरा उठाइरहेका छौँ, आगजनी तोडफोडमा संलग्न मान्छेलाई छोड्नु हुँदैन । समाज अनुशासनमा चल्छ । राजनीतिक रूपमा असहमति छन्, विरोध छन् भने पनि त्यसलाई व्यक्त गर्न पाइन्छ तर भौतिक सम्पत्तिमाथि आक्रमण गर्ने कुरा निन्दनीय छ । तत्काल प्रशासनले यसलाई कारबाही गर्नुपर्छ । हामीले निरन्तर आवाज उठाएका छौँ । अब शान्तिसुरक्षा, अमनचयन कायम राख्ने प्रशासन कसरी जान्छ ? त्यो हेर्न बाँकी नै छ ।

    ० तपाईंहरूले किटानी जाहेरी दिनुभएको कि दिनुभएको छैन?

    :: हामीले दिएका छैनौँ । मुचुल्का गर्ने बेलामा पनि प्रशासनसँग हामीले केही कुरा भनेका छौँ । जिल्लामा जे जति घटना छन्, ती घटनाको बारेमा अनुसन्धान अगाडि बढाउनुपर्छ भनेका छौँ ।

    ० जे भयो, त्यो भइसक्यो । अब यसलाई पुनर्निर्माण गर्न तपाईंहरूले त्यस्तो केही योजना बनाउनुभएको छ ?

    :: त्यहाँ विद्युत्, टेलिफोन, खानेपानी सबै क्षतविक्षत् गराइएको थियो । न्यूनतम रूपमा त्यहाँ कार्यालय सञ्चालन गर्नको लागि पानी, विद्युत सुचारु गर्ने प्रयास गरेका छौँ । त्यो पुनर्निर्माण गर्न त हामीलाई धेरै आर्थिक स्रोत चाहिन्छ, तत्काल हामीले जुटाउन सक्दैनौँ । अब सोच्दै, योजना बनाउँदै जाने कुरा हो ।

    ० प्युठानमा राष्ट्रिय जनमोर्चा त्यहाँको बलियो शक्ति हो । फेरि पनि उद्दण्ड समूहको अगाडि केही लागेन । अहिले समाजमा जुन विकृति देखा पर्‍यो, तपाईंले भनेजस्तै पुस्तक जलाउने, भौतिक सम्पत्ति ध्वस्त पार्ने खालको प्रवृत्तिको विषयमा तपाईंहरूको टिप्पणी के छ ?

    :: एउटा कुनै पनि राजनीतिक आन्दोलन या विद्रोहमा सचेत र सङ्गठित शक्ति चाहिन्छ । त्यसले के काम गर्ने हो, त्यसको लक्ष्य के हो, त्यसको एजेन्डा के हो भन्ने कुरामा प्रस्ट भएर मात्रै आन्दोलनमा जानुपर्छ । आन्दोलन भनेको तोडफोड गर्नु, आगो लगाउनु हो भन्ने जुन बुझाइ देखियो, जुन किसिमको गतिविधि देखियो, त्यो धेरै आपत्तिजनक छ । देश नै अराजकतामा गएको हो कि ? नेपालको अन्तर्राष्ट्रिय क्षेत्रमा पनि छवि धेरै धमिलो हुन गएको छ । पुस्तक जलाउने, सहिदका भवनमाथि आक्रमण गर्ने यस्तो किसिमको आपत्तिजनक गतिविधि निन्दायोग्य छ । आफ्नो जीवनलाई अनुशासित बनाउने कुरा सबैको जिम्मेवारी हो । अझ राजनीतिक क्षेत्रमा काम गर्ने, समाज देशको लागि काम गर्ने भन्ने मान्छेहरू यो स्तरमा ओर्लिएको जुन दृश्य देखा पर्‍यो, वास्तवमा हामी सबैलाई यसले लज्जित बनाएको छ ।

    ० हवस् त, महत्त्वपूर्ण समय र जानकारी हामीलाई दिनुभयो, त्यसको लागि ज्ञामुराम सरलाई धेरै धेरै धन्यवाद ।

    :: युगदर्शनलाई पनि धन्यवाद छ ।

    शुक्रबार, असोज १०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    युक्रेन युद्ध अन्त्यका लागि पुटिनसँग अमेरिकी दूतहरूको ‘ठोस योजना’बारे छलफल
    ‘भोटेकोशी बाढीबारे समयमै पूर्वसूचना दिन पाएको भए अझ धेरैको ज्यान जोगाउन सकिन्थ्यो’: बाढीविद् पराजुली
    प्रशिक्षणपछि किसान तथा आम जनतासँग भेटघाट गर्नेछौँ : ठाडामगर (भिडियोसहित)
    द्वन्द्ववाद धेरैपटक पढियो तर व्यावहारिक रूपमा कमजोर छौँ भन्ने महसुस भयो : खडायत (भिडियो)
    हामी सही नीति लिएर गएका छौँ तर जनताले बुझ्न सकिरहेका छैनन्, : अधिकारी (भिडियोसहित)
    जनताको चेतनास्तरअनुसार राजनीति लिएर जानुपर्छ : (भिडियोसहित)

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

    भर्खरै

    • १.
      संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

    • २.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • ३.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ४.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ५.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ६.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ७.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ८.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.