• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

राजाले सत्ता दिएनन्, भारतले उपयोग गर्याे, त्यसपछि बल्ल माओवादी गणतन्त्रमा आएका हुन्


  •   बिहिबार, साउन ०१, २०८२ मा प्रकाशित
  • मोहनविक्रम सिंह, महामन्त्री नेकपा (मसाल) ##

    Advertisement

    ० नेकपा स्थापना हुँदा तपाईं १४ वर्षको किसोर हुनुहुन्थ्यो । त्यो बेलादेखि आजसम्मको ७६ वर्ष लामो कम्युनिस्ट आन्दोलनको यात्रालाई कसरी मूल्याङ्कन गर्नुहुन्छ ?

    :: कम्युनिस्ट आन्दोलन, चाहे त्यो अन्तर्राष्ट्रिय होस् वा नेपालको धेरै अप्ठ्यारो स्थितिबाट गुज्रिँदै अगाडि बढेको छ । यो यात्रामा हामीले कयौँ क्रान्ति र प्रतिक्रान्ति देख्यौँ । विश्वव्यापी रूपमा थुप्रै उथलपुथल भए । नेपालकै सन्दर्भमा २००६ सालमा पार्टी स्थापना भएदेखि नै पार्टीभित्र विभिन्न समस्या देखा परे । कहिले उग्रवामपन्थी भड्काऊ, कहिले दक्षिणपन्थी अवसरवादजस्ता अनेकौँ सैद्धान्तिक विचलन देखा परे ।
    यसबिचमा दुस्मन शक्तिबाट हमला भए, प्रतिगामी शक्तिले प्रतिबन्ध लगाए । हाम्रा कैयौँ साथी जेल पर्नुभयो; भूमिगत हुनुभयो; कयौँको हत्यासमेत भयो तर यस्तो उथलपुथलको बिचबाट पनि कम्युनिस्ट आन्दोलन अगाडि बढ्दै आयो । यसको मुख्य कारण के हो भने कम्युनिस्ट आन्दोलनको एउटा बलियो सैद्धान्तिक आधार छ । जस्तोसुकै कठिन परिस्थिति आए पनि मार्क्सवाद–लेनिनवादको त्यो वैचारिक जगले हामीलाई टिकाइरह्यो तर यो यात्रामा हामीले ठुल्ठुला क्षति पनि बेहोऱ्यौँ । सोभियत सङ्घको विघटन, चीनमा पुँजीवादको पुनर्स्थापना, विश्व समाजवादी व्यवस्थाको पतनजस्ता घटनाले हामीलाई ठुलो धक्का दियो । नेपालमा पनि कम्युनिस्ट आन्दोलन कैयौँपटक विभाजित भयो तैपनि यी सबैका बाबजुद आन्दोलन जीवित छ र अगाडि बढिरहेको छ ।

    नेकपाको प्रारम्भिक दिनमा, विशेषगरी पहिलो र दोस्रो महाधिवेशनताका नेताहरूबिच गहिरो मतभेद देखिन्छ । पुष्पलाल, जो संस्थापक महासचिव हुनुहुन्थ्यो, उहाँ नेतृत्वबाट बाहिरिनुपर्ने अवस्था आयो । २००८ सालमा मनमोहन अधिकारी र पछि केशरजङ्ग रायमाझी नेतृत्वमा आउनुभयो ।

    ० यो नेतृत्व परिवर्तनको पछाडि के–कस्ता वैचारिक र राजनीतिक कारण थिए ?

    :: पार्टीमा को व्यक्ति कहिले नेतृत्वमा आउँछ ? कहिले हट्छ ? यो एउटा सामान्य प्रक्रिया हो । यो पार्टीभित्रका विभिन्न छलफल, मतभेद र समझदारीको आधारमा हुने गर्छ । त्यसकारण पुष्पलालजी नेतृत्वमा निरन्तर रहन सक्नुभएन भन्ने कुरालाई मात्रै हेरेर कुनै ठुलो समस्याको रूपमा लिनुहुँदैन ।

    दोस्रो महाधिवेशनको कुरा गर्दा, त्यहाँ एउटा गम्भीर वैचारिक मतभेद थियो । त्यो थियो– गणतन्त्र र संवैधानिक राजतन्त्रको विषयमा । डा केशरजङ्ग रायमाझी वैधानिक राजतन्त्रको पक्षमा हुनुहुन्थ्यो । पुष्पलालजीबारे आम रूपमा के भ्रम छ भने उहाँ सुरुदेखि नै गणतन्त्रको पक्षमा हुनुहुन्थ्यो । त्यो सत्य होइन । केन्द्रीय कमिटीमा जब मतभेद भयो, शम्भुराम श्रेष्ठ, तुलसीलाल अमात्य, कमलराज रेग्मी र पिीब मल्लहरू गणतन्त्रको पक्षमा उभिनुभयो । पुष्पलाल र मनमोहन अधिकारी पनि सुरुमा वैधानिक राजतन्त्रकै पक्षमा हुनुहुन्थ्यो ।

    पछि मनमोहन अधिकारी उपचारको लागि चीन जानुभयो र उहाँ द्वितीय महाधिवेशनमा उपस्थित हुनुभएको थिएन । पुष्पलाल द्वितीय महाधिवेशनमा उपस्थित हुनुहुन्थ्यो । उहाँ पहिले वैधानिक राजतन्त्रको पक्षमा भएको भए पनि महाधिवेशनमा गणतन्त्रको पक्षमा स्पष्ट वातावरण बनेपछि उहाँ गणतन्त्रको पक्षमा उभिनुभएको थियो र अत्यधिक बहुमतले गणतन्त्रको प्रस्ताव पारित भयो तर केन्द्रीय कमिटीमा जाँदा परिस्थिति फेरियो । रायमाझीले क्षेत्रीयतावादी भावनालाई उचाल्नुभयो । ‘उपत्यकाका नेताहरूले हामी बाहिरकालाई हेप्छन्’ भन्नेजस्ता सेन्टिमेन्ट प्रयोग गरेर उहाँले आफ्नो पक्षमा बहुमत जुटाउनुभयो र महामन्त्रीमा जित्नुभयो । त्यो कुनै राजनीतिक वा सैद्धान्तिक कारणले भएको जित थिएन, त्यो एउटा अवसरवादी र सिद्धान्तहीन राजनीतिको परिणाम थियो । यसरी पार्टीभित्रका यस्ता अनेकौँ अन्तर्विरोध र सङ्घर्षले नेतृत्वमा परिवर्तन ल्याउने गर्थ्यो ।

    ० तेस्रो महाधिवेशनपछि त कम्युनिस्ट पार्टी टुक्राटुत्रामा विभाजन भयो । २०२८ सालमा यहाँहरूले केन्द्रीय न्युक्लस बनाएर एकताको लागि प्रयत्न गर्नुभयो तर त्यो एकता पनि टिकेन । झापा विद्रोहबाट आएको धार, जो पछि माले बन्यो, उनीहरूले चौथो महाधिवेशनलाई मान्यता दिएनन् । यो टुटफुटको शृङ्खलामा रुसी र चिनियाँ क्रान्तिको प्रभाव कत्तिको थियो वा यो आन्तरिक अवसरवाद र नेतृत्वको टकरावको परिणाम थियो ?

    :: यसमा दुवै कुराको प्रभाव थियो । अन्तर्राष्ट्रिय रूपमा रुस र चीनबिच जुन वैचारिक सङ्घर्ष चलिरहेको थियो, त्यसको असर नेपालमा पनि पऱ्यो । पुष्पलालजीमा भारतको सिपिएमको मध्यपन्थी लाइनको प्रभाव थियो, जो रुस र चीन दुवैसँग नजिक देखिन्थ्यो । हामीले भने स्पष्ट रूपमा रुसी संशोधनवादको विरोध गरेर चिनियाँ नयाँ जनवादी क्रान्तिको लाइनलाई समर्थन गर्नुपर्छ भन्ने थियो । यो एउटा मुख्य मतभेद थियो ।

    झापा विद्रोहबाट आएका साथीहरूसँगको हाम्रो मतभेद पनि सैद्धान्तिक नै थियो । उहाँहरूको सोचाइ के थियो भने नेपालमा सशस्त्र सङ्घर्ष गर्नको लागि परिस्थिति तयार भइसक्यो । उहाँहरू भारतको नक्सलवाडी आन्दोलनबाट बढी प्रभावित हुनुहुन्थ्यो । हामीले भनेका थियौँ, सशस्त्र सङ्घर्ष गर्ने परिस्थिति नेपालमा तयार भएको छैन, यो दुस्साहस हुन्छ । पछि उहाँहरूले पनि आफ्नो लाइन गलत थियो भनेर स्वीकार गर्नुभयो ।

    हामीले २०२८ सालमा केन्द्रीय न्युक्लस बनाएर एकताको प्रयास गऱ्यौँ, चौथो महाधिवेशन पनि गऱ्यौँ तर त्यो पनि टिक्न सकेन । मनमोहनजी, भरतमोहनजीहरू अलग हुनुभयो । यसरी पार्टीभित्रका विभिन्न वैचारिक मतभेद, व्यक्तिगत टकराव र अन्तर्राष्ट्रिय प्रभावले गर्दा एकताका प्रयास सफल हुन सकेनन् ।

    ० यहाँहरूले सशस्त्र सङ्घर्षको लाइनलाई सधैँ परिस्थितिको मूल्याङ्कन गरेर मात्र अपनाउनुपर्छ भन्नुभयो । माओवादीले २०५२ सालबाट सुरु गरेको १० वर्षे जनयुद्धलाई यहाँहरूले ‘उग्रवामपन्थी भड्काउ’ भन्नुभयो । आज उनीहरू हाम्रै कारणले गणतन्त्र आयो भन्छन् । यो दाबीलाई कसरी हेर्नुहुन्छ ?

    :: माओवादीले सुरु गरेको सशस्त्र सङ्घर्षको लाइन गलत थियो र त्यो उग्रवामपन्थी भड्काउ नै थियो भन्ने हाम्रो ठहर आज पनि कायमै छ । उनीहरूको त्यो दाबीमा सत्यता छैन कि उनीहरूकै कारणले मात्र गणतन्त्र आयो । यदि उनीहरूको लाइन मात्र सफल भएको भए, देशमा गणतन्त्र आउँदैनथ्यो । उनीहरू त सुरुमा राजासँग मिलेर बहुदलीय व्यवस्थामाथि हमला गरिरहेका थिए । उनीहरूले आशा गरेका थिए, राजालाई सहयोग गरेपछि सत्तामा पुग्न सकिन्छ तर राजाले उनीहरूलाई उपयोग मात्र गरे ।

    जब राजाले सत्ता दिएनन्, त्यसपछि उनीहरू भारतसँग मिल्न थाले । भारतले पनि उनीहरूलाई उपयोग गऱ्यो । अन्तमा जब उनीहरू सात दलको आन्दोलनमा मिल्न आए, त्यो उनीहरूको बाध्यता थियो । यदि माओवादी त्यसरी मिल्न नआएको भए, गणतन्त्रको सङ्घर्ष सफल हुन मुस्किल पर्थ्यो होला । त्यस अर्थमा उनीहरूको योगदान छ तर सुरुदेखि नै उनीहरू गणतन्त्रको पक्षमा थिए भन्ने कुरा गलत हो । उनीहरूको पतन दक्षिणपन्थी भड्कावमा भयो । मार्क्सवादी सिद्धान्तले यो मान्दछ कि उग्रवामपन्थी भडकावको प्रभाव दक्षिणपन्थी संशोधनवादमा हुन्छ । एमाले र माओवादी दुबैबारे त्यो सत्य साबित भयो ।

    ० आज कम्युनिस्ट पार्टीको अवस्था हेर्दा छिन्नभिन्न छ । नेताहरूमाथि भ्रष्टाचार, पदलोलुपता र सिद्धान्तबाट विचलित भएको आरोप छ । जनतामा वितृष्णा बढ्दो छ । यो दुर्दशाको मुख्य कारण के हो ?

    :: यसको मूल कारण हो– सत्तामा पुगेका कम्युनिस्ट नेताले आफ्नो सिद्धान्त र आदर्शलाई बिर्सिए । उनीहरू इमानदार र दृढ रहन सकेनन् । एमालेले महाकाली सन्धि गऱ्यो; माओवादीले राजाको पछि लागेर बहुदलीय व्यवस्थामाथि हमला गऱ्यो । सत्तामा पुगेपछि उनीहरूको कम्युनिस्ट चरित्र पतन हुँदै गयो ।

    यो एउटा जटिल प्रश्न हो । आज सबैले आफूलाई सच्चा कम्युनिस्ट नै बताइरहेका छन् । हामीले पनि भनेका छौँ, अरूले पनि भनेका छन् । को सही हो ? को गलत हो ? को क्रान्तिकारी हो ? यो हामीले भनेर मात्र टुङ्गिने कुरा होइन, यो त इतिहासले र भविष्यले फैसला गर्ने कुरा हो ।

    ० अबको बाटो के त ? के कम्युनिस्ट आन्दोलनको भविष्य अन्धकार छ ? वा फेरि एकता र पुनर्गठनको सम्भावना छ ?

    अहिले तत्काल कम्युनिस्ट पार्टीका बिचमा एकता हुने सम्भावना देखिन्न तर विभिन्न विषयमा मोर्चा बनाएर वा कार्यगत एकता गरेर काम गर्न सकिन्छ । त्यो हामीले गरिरहेका पनि छौँ; जस्तो कि २०४६ सालको आन्दोलनमा वा २०६२–६३ सालको आन्दोलनमा । ओलीले संसद् विघटन गर्दा पनि हामीले पाँचदलीय गठबन्धन बनाएर काम गरेका थियौँ र अहिले पनि विभिन्न अन्तर्राष्ट्रिय प्रश्नमा हामीले संयुक्त सङ्घर्ष गरिरहेका छौँ । यो राजनीतिक परिपक्वता हो ।

    २०८४ को चुनावमा हामीले कुनै गठबन्धन गरेर जाने सम्भावना देखेका छैनौँ । हामी स्वतन्त्र रूपमा नै भाग लिन्छौँ । हाम्रा लागि जितहारभन्दा पनि राजनीतिक भण्डाफोर गर्ने र आफ्नो शक्तिको भूमिका स्थापित गर्ने कुरा महत्त्वपूर्ण हो ।

    कम्युनिस्ट आन्दोलनको भविष्यको कुरा गर्दा त्यो उज्ज्वल छ । निर्णायक शक्ति भनेका जनता हुन् । जबसम्म जनतामा चेतना आउँदैन† के सही र के गलत भनेर उनीहरूले छुट्याउन सक्दैनन्, तबसम्म देशको अवस्था यस्तै रहन्छ । यदि जनताले पैसा, रक्सी र झुटा आश्वासनको आधारमा भोट दिने हो भने देश झन् झन् बर्बादीको दिशामा जान्छ ।

    ० एउटा जीवन्त इतिहासको रूपमा रहनुभएका तपाईंले भोगेको, देखेको र सिकेको कुरालाई कसरी सङ्क्षिप्तमा व्यक्त गर्नुहुन्छ ?

    :: मेरो जीवनको सार भनेको आफ्नो सिद्धान्त र लक्ष्यका लागि निरन्तर सङ्घर्ष हो । मैले सुरुदेखि नै सैद्धान्तिक निष्ठा र इमानदारितालाई महत्त्व दिँदै आएको छु । हामीले कयौँपटक फुटको सामना गऱ्यौँ तर त्यो सधैँ गलत थिएन । कैयौँपटक सिद्धान्तको रक्षाका लागि फुट आवश्यक पनि हुन्छ । हामीले रायमाझीको अवसरवाद विरुद्ध सङ्घर्ष गऱ्यौँ, झापालीको उग्रवामपन्थ विरुद्ध सङ्घर्ष गऱ्यौँ र माओवादीको उग्रवामपन्थी भड्काउका विरुद्ध पनि सङ्घर्ष गऱ्यौँ ।

    अहिले पनि कम्युनिस्ट आन्दोलनमा धेरै समस्या छन् तर म निराश छैन । जबसम्म समाजमा वर्गसङ्घर्ष रहन्छ, तबसम्म कम्युनिस्ट आन्दोलनको आवश्यकता पनि रहन्छ । यो आन्दोलनको भविष्य भौतिक परिस्थिति र जनताको चेतना र उनीहरूको सही निर्णयमा निर्भर गर्छ । मेरो आग्रह के हो भने सबैले विशेषगरी नयाँ पुस्ताले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताको हितमा सोच्नुपर्छ । उनीहरूमा समाजसेवा र देशभक्तिको भावना हुनुपर्दछ । त्यसो भएमा नै देशको भविष्य उज्ज्वल हुन सक्छ ।

    (पत्रकार गणेश पाण्डेले लिनुभएको यो अन्तर्वार्ता २०८२ साउन १ गतेको रातो पाटी डट कमबाट लिइएको हो । शीर्षक हामीले परिवर्तन गरेका छौँ । त्यसमा भएका तथ्यगत गल्ती सुधार गरिएको छ ।)

    बिहिबार, साउन ०१, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अस्वस्थ भए पनि मसालप्रति प्रतिबद्ध छु
    लोकतान्त्रिक गणतन्त्र विश्वकै उत्कृष्ट व्यवस्था हो– प्रथम राष्ट्रपति डा यादव
    गणतन्त्र नेपाली जनताको सामूहिक सङ्घर्षबाट प्राप्त उपलब्धि होः मुख्यमन्त्री पाण्डे
    पाकिस्तानद्वारा ट्रम्पको प्रस्ताव अस्वीकार
    तानाशाही ध्येयका साथ विद्यार्थी सङ्गठनमाथि प्रतिबन्ध लगाइँदैछ : जिसी (भिडियो अन्तर्वार्ता)
    चीनमा स्वेच्छिक अंगदाता संख्या ७३ लाख नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.