• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, साउन १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ४. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ५. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

  • ६. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. जनजाति मुक्ति आन्दोलन

२०१५ सालको निर्वाचनमै मैले कम्युनिस्टलाई सघाएको थिएँ : खनाल (अन्तर्वार्ता)


  •   सोमबार, असार ०९, २०८२ मा प्रकाशित
  • ८२ वर्षीय ढुण्डिराज खनाल राष्ट्रिय जनमोर्चा दाङ जिल्ला समितिका सल्लाहकार हुनुहुन्छ । तुलसीपुर नगरपालिका–४ निवासी खनाल नेपाली कम्युनिस्ट आन्दोलनमा पनि सुरुदेखि नै सक्रिय हुनुहुन्छ । हाल नेकपा (मसाल) निकट राजमोमा रहनुभएका उनै खनालसँग गणेश आचार्यले लिनुभएको सङ्क्षिप्त कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।

    Advertisement

    ० ढुन्डिराज खनालजी नमस्कार ।

    :: नमस्कार ।

    ० सञ्चैआरामै हुनुन्छ ?

    :: सञ्चै छु ।

    ० कति भयो तपाईंको उमेर ?

    :: म अहिले ८१ वर्ष पूरा भएर ८२ वर्षमा लागेको छु ।

    0 दिन कसरी बिताइरहनु भएको छ नि ?

    :: घरका काममा अलि अलि सघाउने गरेको हुन्छु । वृद्ध उमेरका छिमेकी बुढाहरूसित भेटघाट गर्ने, पार्टीसङ्गठनका कुरा गाउँसमाजमा गर्ने, नजिकका सामाजिक काममा सामेल हुने, इष्टमित्र, आफन्तसित भेटघाट गरेर समय बिताइरहेको छु ।

    ० पार्टीसङ्गठनका कुरा पनि गर्नुभयो । तपाईं कुन पार्टीमा हुनुन्छ ?

    :: म नेकपा (मसाल) निकट राष्ट्रिय जनमोर्चामा आबद्ध छु । म अहिले भर्खरै मसाल भएको हैन । २०१५ सालको आम निर्वाचनमा अर्घाखाँचीमा कम्युनिस्टको तर्फबाट खुबिराम आचार्य उम्मेदवार हुनु भएको थियो । म त्यो बेला नै उहाँलाई चुनावमा सघाउने काम गरेको थिएँ । त्यही बेला नै कम्युनिस्ट बन्नुपर्छ, कम्युनिस्ट पार्टी हाम्रो हितको पार्टी हो भन्ने चेतना आइसकेको थियो । त्यो बेलादेखि नै म कम्युनिस्ट पार्टीको नजिक भएको छु । औपचारिक सदस्यता लिने काम भने अलि पछि भयो ।

    ० तपाईं अहिले राष्ट्रिय जनमोर्चाको कुन जिम्मेवारीमा हुनुहुन्छ नि ?

    :: म अहिले राष्ट्रिय जनमोर्चाको जिल्ला समिति दाङको सल्लाहकारको जिम्मेवारीमा रहेको छु ।

    ० यो उमेरमा त्यो जिम्मेवारी पूरा गर्न सक्नुहुन्छ ?

    :: उमेर अवस्थाका कारणले धेरै जिम्मेवारी लिएको छैन । साथीहरूले बोलाएसम्म बैठकमा सामेल हुने, सल्लाह दिने गरेको छु । अरू साथीहरूले धेरै जिम्मेवारी वहन गरिरहनुभएको छ । स्थानीय जिम्मेवारी मैले पूरा गर्ने गरेको छु ।

    ० पार्टी त अरू पनि धेरै छन् । तपार्इंले राष्ट्रिय जनमोर्चा नै किन रोज्नुभयो त ?

    :: हो । पार्टी त अरू पनि छन् । तिनीहरूमा विचार र नैतिकता केही छैन । जनमोर्चाको नीति, विचार र कार्यक्रम राम्रो छ । नेतृत्व सही र सत्य छ । सही र सत्यको विजय हुन ढिला भए पनि अन्ततः सत्यकै विजय हुन्छ भनेर म नेकपा (मसाल) नजिकको राष्ट्रिय जनमोर्चामा आबद्ध भएको हुँ ।

    ० तपाई कम्युनिस्ट पार्टीको समर्थक बन्ने बेला कम्युनिस्ट जनमत पनि खास थिएन । त्यो बेलामा लागेर अहिलेसम्म त्यही पार्टीमा टिक्नुभएको छ है ?

    :: हो । त्यो बेला धेरै गाह्रो थियो तर मलाई साथीहरूले धेरै कुरा बुझाउनुभयो । मेरो फुपूको छोरा कुलानन्द बन्जाडे अलि अगुवा र बौद्धिक हुनुहुन्थ्यो । उहाँले मलाई ऊर्जा दिनुभयो । जनतामाथि निरङ्कुश पञ्चायतले अन्याय गरेको थियो । त्यो अन्यायका विरुद्धमा लाग्नुपर्छ भनेर मेरो दाजु र पार्टीका नेताहरूले बताउनुभयो अनि मैले निरन्तर काम गरेँ । समाजले पनि मलाई सम्पूर्ण कुरामा विश्वास गऱ्यो । पञ्चायतको बेला पनि वडाअध्यक्ष भएर काम गरेँ । स्कुल स्थापना गर्ने, तिनलाई सञ्चालन गर्ने काम गरेँ । स्कुल व्यवस्थापन समितिको अध्यक्ष भएर काम गरेँ । त्यसरी नै म पार्टीमा आबद्ध भएदेखि निरन्तर काम गरिरहेको छु । अहिले पनि त्यति नै पार्टी र कम्युनिस्ट आन्दोलनप्रति अगाध आस्था रहेको छ ।

    ० तपाईं पञ्चायतको प्रतिनिधिदेखि बहुदल हुँदै गणतन्त्रसम्म भोगेको मान्छे । अहिले गणतन्त्रभन्दा राजतन्त्र र पञ्चायत सही भनेर पनि आन्दोलन गरेको देखिन्छ । के तपाईंलाई पनि त्यस्तै लाग्छ त ?

    :: लाग्दैन । त्यो लाग्ने त राजनीतिक चेतना नभएका मान्छेलाई मात्र हो । गणतन्त्रभन्दा पञ्चायत र राजतन्त्र सही हो भन्ने त हुनै सक्दैन । हामीले धेरै कुरा भोग्दै आयो । पञ्चायतमा राजाको जयजयकार गर्दै पनि आयो । त्यो सही भएर हैन, बाध्यताले गर्नुपरेको हो । त्यो पञ्चायत र राजतन्त्रभन्दा गणतन्त्र धेरै राम्रो र जनताको व्यवस्था हो, मात्रै समस्या के हो भने गणतन्त्रका शासक र शासक दलहरू सही नभएका मात्र हुन् । तिनीहरूले रान्रो गर्न नसकेका मात्र हुन्, गणतन्त्र गलत हैन ?

    ० तपाईंले त पञ्चायत र राजतन्त्रभन्दा गणतन्त्र र कम्युनिस्ट पार्टी नै सही भन्नुभयो तर अहिलेका युवाका कम्युनिस्टमा भन्दा अन्यत्र नै भिड देखिन्छ । यसको खास कारण के होला ?

    :: उनीहरूमा पहिलो कुरा त राजनीतिक चेतना र अध्ययन नै छैन । अर्को कुरा, अहिले सरकारमा भएका दलले राम्रो सुशासन दिन नसकेका कारण अर्को कुनै ठाउँबाट हुन्छ कि भन्ने भ्रम छ । त्यही भ्रमको पछि लागेका हुन मान्छेहरू । यस्ता भ्रम योभन्दा पहिला पनि अहिले सरकारमा हुने दलले दिने गरेका थिए । त्यो सम्भव हुने कुरा हैन ।

    ० तपाईं त उमेरले वृद्ध र जिम्मेवारीले नेतृत्वमा नभएको मान्छे अहिले कम्युनिस्ट पार्टीको नेतृत्वमा भएकालाई केही भन्नुछ कि ?

    :: मेरो यसमा के भनाइ छ भने नेतृत्वमा बस्ने साथीहरूले अहिलेका युवा पिँढीलाई क्लासप्रशिक्षण गरेर उनीहरूलाई नेतृत्वमा ल्याउने, कम्युनिस्ट विचार, दर्शन र आदर्शको कुरा बुझाउने, नेताहरूले दृढतापूर्वक जनताका मुद्दा उठाउने र युवालाइ परिचालन र नेतृत्व प्रदान गर्न ध्यान दिनुपर्दछ ।

    ० अन्तमा केही छ भन्नुपर्ने ?

    :: खास कुरा केही छैन । हामीले अघि नै धेरै कुरा गऱ्यो । कम्युनिस्ट पार्टीमा आबद्ध भएका साथीलाई क्लासप्रशिक्षण गरेर उत्साहित गराउने, युवाहरू देशमा केही हुँदैन भनेर पूरै निराश भएको अवस्था छ । त्यसलाई चिर्नको लागि कार्यक्रम बनाउनेजस्ता काम गर्न जरुरी छ । अहिले इमानदारिता निराश र बेइमान उत्साहित भएको समय हो । यसलाई दृढतापूर्वक चिरेर अगाडि जाने कुरामा नेतृत्वले ध्यान दिन जरुरी छ ।

    सोमबार, असार ०९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अस्वस्थ भए पनि मसालप्रति प्रतिबद्ध छु
    लोकतान्त्रिक गणतन्त्र विश्वकै उत्कृष्ट व्यवस्था हो– प्रथम राष्ट्रपति डा यादव
    गणतन्त्र नेपाली जनताको सामूहिक सङ्घर्षबाट प्राप्त उपलब्धि होः मुख्यमन्त्री पाण्डे
    पाकिस्तानद्वारा ट्रम्पको प्रस्ताव अस्वीकार
    तानाशाही ध्येयका साथ विद्यार्थी सङ्गठनमाथि प्रतिबन्ध लगाइँदैछ : जिसी (भिडियो अन्तर्वार्ता)
    चीनमा स्वेच्छिक अंगदाता संख्या ७३ लाख नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ४.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ५.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ६.
      रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

    भर्खरै

    • १.
      आईएलओ महासन्धि नम्बर १६९ पालना गर्न सरकारलाई आग्रह

    • २.
      नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुन : पहिरो

    • ३.
      कङ्ग्रेस नेता गोपालमान श्रेष्ठको निधन

    • ४.
      मोदी सरकारलाई सर्वोच्चको झट्का, पक्राउ परेका विद्यार्थीलाई रिहा गर्न आदेश

    • ५.
      देवानगञ्ज हिंसा : सुरक्षा नेतृत्वको रिक्तता, गृहमन्त्री र प्रधानमन्त्रीमाथि नैतिक प्रश्न

    • ६.
      प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

    • ७.
      कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

    • ८.
      असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.