• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ५. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

रुसको १९०५–१९०७ को असफल क्रान्ति


  •   आइतबार, मङि्सर १७, २०८० मा प्रकाशित
  • दुर्गानाथ खरेल ##

    Advertisement

    जनवरी १९०५ मा रुसमा पहिलो बुर्जुवा जनवादी क्रान्ति भयो । त्यतिखेर चार लाख चालिस हजार मजदुरले “स्वाधीनता वा मृत्यु” को नारासहित हड्तालमा भाग लिएका थिए । पिटर्सबर्गबाट सुरु भएको नारा रुसभरि गुन्जियो ।

    अप्रिल १९०५ मा क्रान्तिको नेतृत्वसम्बन्धी योजना बनाउन लेनिनको निर्देशनअनुसार बोल्सेभिकले तेस्रो महाधिवेशन डाके ।

    महाधिवेशनमा पास भएको निर्णयमा भनिएको थियो कि रुसी बुर्जुवावर्ग सफलतापूर्वक क्रान्तिको नेतृत्व गर्न असमर्थ भएको छ ।

    जारको सत्ता सीमित गर्ने चाहनासहित जारसँग साँठगाँठ गर्ने चाहना गर्छ । भविष्यमा सर्वहारा वर्ग विरुद्ध सङ्घर्ष गर्दा जारको आड लिन सकियोस् भन्ने उद्देश्य राखेर काम गरेको छ । किसान समुदाय मात्र औद्योगिक मजदुरको सम्भावित सहयोगी हो । त्यो समुदाय जमिन्दार वर्गबाट जमिन पाउनका लागि र उत्पीडनबाट मुक्त हुनका लागि सङ्घर्ष गर्दै छ । जनवादी क्रान्तिको पूर्ण विजयपछि मात्र उनीहरूको उक्त माग पुरा हुन सक्ने छ । जनवादी गणतन्त्रका लागि हुने सङ्घर्षको नेतृत्व बोल्सेभिकले गर्नुपर्छ । बुर्जुवा जनवादी क्रान्तिको विजय रोक्न नसक्ने गरी सर्वहारा वर्गले निर्णायक काम गर्नुपर्छ । बुर्जुवा जनवादी क्रान्तिलाई समाजवादी क्रान्तिमा विकसित तुल्याउने गरी काम अगाडि बढाउनुपर्छ । यस्तो योजना सशस्त्र विद्रोहपछि मात्र कार्यान्यन हुन सक्छ । त्यसको तयारी राजनीतिक माग हितको आम हड्तालद्वारा गरिने छ ।

    त्यसै वर्षको गर्ममा लेनिनले लेख्नुभएको थियो– “सर्वहारा वर्गको नेतृत्वमा हुने बुर्जुवा जनवादी क्रान्तिको विजयले बुर्जुवा वर्गलाई सत्ता प्रदान गर्दैन । यस्तो क्रान्तिले औद्योगिक मजदुर र किसानको क्रान्तिकारी जनवादी अधिनायकत्व स्थापना गर्ने छ” ।

    सन् १९०५ को जाडो वशन्तमा देशमा हडताल बन्द भएनन् । बोल्सेभिकको नेतृत्वमा केही सहरमा मजदुर डेपुटीको सोभियत खडा गरे । तिनीहरूको नेतृत्वमा चलेको हड्ताल दुई महिनाभन्दा बढी चलेको थियो । किसानले धेरै ठाउँमा जमिनदारको जमिन आफूखुसी जोत्न थाले साथै गौचरणमाथि कब्जा गर्न थाले । बोल्सेभिकले मजदुर र किसानलाई सशस्त्र विद्रोह गर्न आह्वान गरे । मेन्सेभिकले भने सशस्त्र विद्रोहमा भाग नलिने सल्लाह दिँदै थिए ।

    सन् १९०५ को शरदसम्ममा क्रान्तिकारी अन्दोलन देशभर फैलिसकेको थियो । न्यून वैतनिक कर्मचारी, विद्यार्थी, वकिल, इन्जिनियर र डाक्टरहरू मजदुरसित सामेल भए । देशभरको पूरै जीवन ठप्प भयो । बोल्सेभिकले आम राजनैतिक हड्तालको नारा दिएर मजदुर वर्गले निरङ्ककुश सत्ताको विरुद्ध जनताको सङ्घर्षको नेतृत्व गर्‍यो । जारले १७ अक्टोबरमा घोषणा गरेर विचार, वाक्, सभासङ्गठनको स्वतन्त्रता दिने वचन दियो । क्रान्तिलाई दबाउने उद्देश्यले पुलिस नियन्त्रित गुण्डादल बनायो । मजदुरले पहिलेभन्दा बढी जोसले लडाकु जत्था बनाउन थाले । तुफानी समयमा नयाँ र शक्तिशाली मजदुर प्रतिनिधिको सोभियत भन्ने सङ्गठन बनाए । त्यो सबै कलकारखानाबाट आएका मजदुर प्रतिनिधिको साझा सङ्गठन थियो । त्यो मजदुर–मजदुर वर्गको आम राजनैतिक सङ्गठन थियो ।

    बोल्सेभिकहरू सोभियतलाई क्रान्तिकारी बिजरूप ठान्दथे । अक्टोबर १३ मा सेन्टपिटर्सबर्गमा सबै मिल र कारखानाका मजदुर प्रतिनिधिको सोभियतको चुनाव भयो । मेन्सेभिकले लेनिनको अनुपस्थितिबाट फाइदा उठाएर सेन्टपिटर्सबर्गको सोभियतभित्र घुसेर नेतृत्व हत्याए । त्यसले विद्रोह गर्नका लागि तयारी गर्ने कुराको विरोध गर्‍यो । सुरुदेखि नै मास्को सोभियतले क्रान्तिकारी नीतिको पालना गर्‍यो । त्यहाँको नेतृत्वमा बोल्सेभिक थिए । मास्कोमा सोभियतसँगै सैनिक प्रतिनिधिको सोभियत पनि स्थापना भयो । उत्पत्ति स्वत:स्फूर्त रूपमा भएकाले त्यो खुकुलो सङ्गठन थियो । कर नतिर्न आह्वान गर्दै केही ठाउँको सरकारी कोष जफत् गरेर क्रान्तिका लागि उपयोगसमेत गर्‍यो । नोभेम्बरसम्म हड्ताल जारी रहेन र बढ्दै जानेसमेत भयो ।

    सन् १९०५ को गर्मीमा कृष्णसागरस्थिति नौसैनिक जहाजमा पाच्योम्किनमा विद्रोह भयो । त्यो विद्रोह असफल भएपछि जारशाही शासनको सबैभन्दा भरपर्दो आधार सेना पनि ढलमलाउँदै गएको स्पष्ट भयो ।

    अक्टोबर १९०५ मा बोल्सेभिकले “तानाशाही शासन मुर्दावाद, जनवादी गणतन्त्र जिन्दावाद ” नारासहित आमहड्ताल आह्वान गरे ।

    जारशाही रुसको विराट भूभागमा यत्रतत्र कारखाना खानी बन्द हुन थाले । रेल्वे यातायात ठप्प भयो । मजदुरहरू आठ घण्टा कार्यदिवस र श्रमिकका लागि नागरिक अधिकारको माग गर्दै थिए । त्यो सामूहिक हड्ताल थियो । शक्तिको भरमा त्यसलाई रोक्न सकिन्नथ्यो ।

    १७ अक्टोबरमा जारले घोषणापत्र जारी गर्दै निर्वाचित विधानसभा र राजकीय दुमा स्थापना गर्ने वचन दियो । बोल्सेभिकले मजदुरलाई बुझाए कि जारका घोषणापत्र चालबाजीबाहेक अरू केही होइन । स्वतन्त्रता प्राप्तिका लागि सशस्त्र सङ्घर्षको तयारी गर्न आह्वान गरे ।

    लेनिनको नेतृत्वमा बोल्सेभिकले सशस्त्र सङ्घर्षको तयारी गर्न थाले । कलकारखानामा सशस्त्र स्वयम्सेवक दल खडा गरिए । मजदुरहरू हतियार चलाउन सिक्दै थिए । डिसेम्बर १९०५ मा सबैभन्दा पहिले जारका विरुद्ध हतियार उठाए ।

    ७ डिसेम्बरको दिन बोल्सेभिकद्वारा निर्देशित मजदुर डेपुटीको मास्को सोभियतको आह्वानमा हड्ताल सुरु भयो । जुलुसमा जताततै तारा झन्डा देखिने गरी मजदुर सडकमा निस्के । बहुसङ्ख्यक सैनिकहरू किसान परिवारबाट आएका हुनाले मजदुरमाथि गोली चलाउन मानेनन् । डिसेम्बर अघितिर मास्कोका अधिकांश क्षेत्रमा विद्रोहको दमन गरियो । जारशाही सेनाको जोडदार आक्रमणपछि मजदुरहरू सङ्गठित रूपमा पछि हट्न थाले । मास्कोमा भएको यो सशस्त्र विद्रोह पहिलो रुसी क्रान्तिको चरम सीमा थियो । त्यो विद्रोह दबाइयो ।

    विद्रोह दबाइसकेपछि पनि डेढ वर्षसम्म देशभर क्रान्तिकारी आन्दोलन चल्दै गरे । देशका विभिन्न भागमा श्रमिक जनताले चलाएका सशस्त्र विद्रोह एकै समयमा नभएका कारण जार सरकारले आफ्ना भरपर्दा रेजिमेन्ट एक सहरबाट अर्को सहरमा सार्न भ्याउँथ्यो । विद्रोहको दमन गर्दै जान्थ्यो । मृत क्रान्तिकारीको ठाउँमा नयाँ योद्धा खडा हुन्थे । लेनिनको बोल्सेभिक पार्टी झन् झन् शक्तिशाली हुँदै गयो ।

    सन् १९०६ मा थुप्रै किसान विद्रोह भए । जमिन्दारका रियासतमाथि हमला गर्ने र जमिन्दारको जमिन आपसमा बाँडचुँड गर्ने गर्दथे । किसानहरू संयुक्त रूपमा जारको विरोध नगर्ने गरेका कारण क्रान्तिको पराजय भयो ।

    सन् १९०७ मा जारशाही सरकार क्रान्तिकारी विद्रोह दबाउन सफल भयो । पच्चिस हजारभन्दा बढी मानिसले कालापानी निर्वासनको दण्ड पाए । दुई हजारभन्दा बढी क्रान्तिकारीले जारशाही अदालतको निर्णयअनुसार मृत्युदण्ड पाए । जारशाहीका समर्थक गुण्डा दलले हजारौँ मानिसलाई मार्ने र पङ्गु बनाउने गरे ।

    पहिलो रुसी क्रान्तिले त्यहाँका श्रमिक जनतालाई धेरै कुरा सिकायो । लेनिन र उहाँका सहयोगीले मजदुरलाई विजय प्राप्त गर्नका लागि निर्णायक रूपमा हमला गर्नुपर्ने, सेनालाई आफ्नो पक्षमा मिलाउनुपर्ने, सशस्त्र सङ्घर्ष एकैचोटी विभिन्न सहरमा सुरु हुनुपर्ने र जारशाही विरुद्धको सङ्घर्षमा किसानलाई आफूतर्फ तान्नुपर्ने आदि काम हुन नसकेका कमजोरी भएको वास्तविकता बताएर शिक्षित बनाए ।

    सन् १९०५–०७ को क्रान्तिले स्वाधिनताका सङ्घर्षका वास्तविक सङ्गठनकर्ता बोल्सेभिक र लेनिनवादी मात्र बन्न सक्ने पुष्टि गर्‍यो किनभने उनीहरू विद्रोहीको पहिलो पङ्क्तिमा हुन्थे । क्रान्तिको परिणाम मूल्याङ्कनमा मेन्सेभिकले हतियार उठाउनु ठिक थिएन भन्ने र बोल्सेभिकले अझ बढी निर्णायक र जोडदार रूपमा बढी उत्साहित भएर जनसमुदायलाई कठोर र निर्भीक सशस्त्र सङ्घर्षको आवश्यकता भएको बुझाउनुपर्ने थियो भन्दै परस्पर विरोधी पक्षमा उभिएका थिए ।

    सन् १९०५ को पहिलो रुसी क्रान्ति सर्वहारा वर्गले नेतृत्व गरेको असफल क्रान्ति थियो । हड्ताल अगाडि बढाउँदै सशस्त्र विद्रोहमा परिणत गर्ने सङ्घर्षको तरिका अपनाइएको थियो । पहिलो रुसी क्रान्ति पराजित भयो । सर्वहारा वर्ग र क्रान्तिमा भाग लिने श्रमिक जनताले क्रान्तिकारी सङ्घर्षको क्षेत्रमा व्यापक अनुभव हासिल गरे । बोल्सेभिक पार्टीले जनसमूहका बिच सङ्गठनात्मक कार्य गर्ने अनुभव बढाए ।

    लेनिनले भन्नुभयो– “सन् १९०५ को क्रान्ति जस्तो ड्रेस रिहर्सलबिना १९१७ को फेब्रुअरी बुर्जुवा क्रान्ति तथा अक्टोबर सर्वहारा क्रान्ति असम्भव थिए ।”

    सन् १९०५–०७ को क्रान्ति दबाइसकेपछि जारशाही सरकारले धम्की, धोका तथा आतङ्कद्वारा नयाँ क्रान्तिकारी आन्दोलन रोक्ने प्रयास गर्‍यो । सन् १९०७ देखि १९१० भित्र पुलिसले पिटर्सबर्ग बोल्सेभिक कमिटीका सदस्यलाई धेरैपटक गिरफ्तार गर्‍यो । धेरै वरिष्ठ क्रान्तिकारी जेलमा थुनिए र धेरै कालापानी पठाइए ।

    सन् १९०५–०७ को असफल क्रान्तिमा धेरै प्रान्तमा किसानहरू आन्दोलित भए पनि सङ्गठन र नेतृत्वको अभाव भएर गयो । आन्दोलन सशस्त्र विद्रोहको सीमासम्म पुगेको थियो । बोल्सेभिक र जमिन्दार विरुद्ध हतियार लिएर आह्वान गरे । सेनामा पार्टीको सैनिक सङ्गठन निर्माण गरे ।

    नोभेम्बरमा लेनिन रुस फर्कनुभयो । सशस्त्र सङ्घर्षको तयारीमा भाग लिनुभयो । मेन्सेभिकलाई क्रान्ति र सशस्त्र विद्रोहको वैरी भन्ने सङ्ज्ञा दिनुभयो ।

    फिनल्यान्डमा बोल्सेभिकको तेस्रो महाधिवेशन भएर पहिलो दुमा बहिष्कार र पार्टीएकताको पुनस्र्थापना त्यो सम्मेलनको मुख्य दुई माग थिए । जारले बन्दी नबनाउने र गोली खर्च गर्न आनाकानी नगर्ने घोषणा गर्‍यो । सोभियतको सङ्गठन भङ्ग गर्ने आदेश दियो ।

    मास्को सोभियत र बोल्सेभिक पार्टीले आम राजनैतिक हड्ताल सुरु गर्ने फैसला गरे । त्यतिखेर एक हजार लडाकुमध्ये आधाभन्दा बढी बोल्सेभिक थिए । कारखानाका लडाकु जत्थासहित दुई हजार लडाकु थिए ।

    ७ डिसेम्बरमा मास्कोमा हड्ताल सुरु भए पनि देशभर फैलन सकेन । लगातार नौ दिनसम्म सशस्त्र मजदुरहरूले सशस्त्र विद्रोह चलाए । मास्कोमा बोल्सेभिकहरू गिरफ्तार भए । बोल्सेभिकले डटेर सशस्त्र आन्दोलन चर्काउनुपर्ने र मेन्सेभिकले गर्नु नहुने भन्ने विद्रोहको मूल्याङ्कन गरे । क्रान्तिको लहर सेलायो । जनतालाई क्रान्तिबाट विमुख पार्न दुमालाई प्रयोग गर्ने जारको प्रयत्न थियो । बोल्सेभिकले महाधिवेशनका लागि आफ्नो कार्यक्रम बनाएर सदस्यसामु पेस गरे ।

    अप्रिल १९०६ मा स्वीडेनमा भएको महाधिवेशनमा ५७ स्थानीय सङ्गठनका प्रतिनिधिसहित १११ प्रतिनिधिले भाग लिए । मेन्सेभिकको बहुमत भयो । स्टालिनले सर्वहारा वर्गको अथवा प्रजातान्त्रिक पुँजीपति वर्गको एकछत्र नेतृत्व भन्नेमा मदभेद भएको बताउनुभयो ।

    केन्द्रीय समितिमा तीन जना बोल्सेभिक र छ जना मेन्सेभिक चुनिए । बहुमत प्रतिनिधिले बोल्सेभिकको पक्ष लिए । मेन्सेभिकका अवसरवादी नारालाई सन् १९०६ को गृष्म र शरदमा उठेको क्रान्तिकारी आन्दोलनमा जनताले पत्याएनन् । जारले दुमा विघटन गरेर तीव्र दमन सुरु गर्‍यो । बोल्सेभिकले दोस्रो दुमामा भाग लिने निर्णय गरे ।

    सन् १९०७ मा पाँचौँ महाधिवेशन लन्डनमा सुरु भयो । त्यतिखेर डेड लाख पार्टीसदस्य थिए । ३३६ प्रतिनिधिमध्ये १०५ बोल्सेविक ९७ मेन्सेविक र अरू जातीय सामाजिक जनवादी सङ्गठन र बुन्दका प्रतिनिधि थिए । पोल्यान्ड र लाटभियाका प्रतिनिधिले बोल्सेभिकलाई समर्थन गरे । महाधिवेशनले बोल्सेभिकलाई समर्थन गर्‍यो । महाधिवेशनले बोल्सेभिक नीति स्वीकृत गर्‍यो । पार्टीले मजदुर सङ्घमा विचारधारात्मक र राजनैतिक नेतृत्व हासिल गर्नुपर्ने बतायो । मेन्सेभिकवाद सर्वहारा वर्गको माझमा रहेको अर्धपुँजीवादी तत्त्वको कार्यनीति सावित भयो ।

    १९०७ जुन ३ मा जारले बलप्रयोगद्वारा सत्ता अपहरण गरेर दोस्रो राज्य दुमालाई विघटन गर्‍यो । डिसेम्बर १९०७ मा लेनिन विदेशमा निर्वासित हुनुभयो । पहिलो रसियाली क्रान्ति हारमा टुङ्गियो । त्यसो हुनका कारण (१) किसानका कारबाही असङ्गठित र अपर्याप्त रूपले हमलाकारी रहे† (२) अधिकांस सिपाहीले मजदुर हड्ताल र विद्रोह दबाउन जारलाई सहयोग गरे† (३) मजदुर वर्गको अगुवा दस्ता निकै थाकेर कमजोर भइसकेपछि मात्रै ग्रामीण मजदुर सकृय भए† (४) मजदुर वर्गका पार्टी बोल्सेभिक र मेन्सेभिक दुई छुट्टाछुट्टै डफ्फा भए, क्रान्तिका सच्चा नेता बन्न सकेनन् ।

    सेप्टेम्बर १९०५ मा जापानसित भएको शान्ति सन्धिले गर्दा जारको स्थिति बलियो हुन गयो । अक्टोबरमा उठेको क्रान्तिकारी लहर डिसेम्बरमा सशस्त्र क्रान्तिमा विकसित भयो । बुलिगिन दुमा हुत्तियो । दोस्रो अवधिमा जापानसित शान्ति सम्झौता गरेपछि उदार पुँजीपति वर्गबाट जारले फाइदा उठायो । बित्तेदुमाको जाल रच्दै क्रान्तिको विरुद्ध धावा बोल्यो ।

    सन् १९०५–०७ को छोटो अवधिमा मजदुर वर्ग र किसान वर्गले समृद्ध राजनैतिक शिक्षा पाए । उदार पुँजीपति वर्ग जारसित मिल्न खोज्यो । त्यो जनताप्रति गद्धारी गर्नु थियो । बोल्सेभिकले क्रान्तिकारी र मेन्सेभिकले सम्झौतापरस्त नीति अँगाले । बोल्सेभिकहरू परिस्थितिको मागअनुसार अघि बढ्न र पछि हट्न जान्दछन् भन्ने पुष्टि गरे ।

    आइतबार, मङि्सर १७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु
    ‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी
    राजमो रुपन्देहीले बुझायो प्रधानमन्त्रीलाई ज्ञापन
    लोकतान्त्रिक परिवर्तनको अगुवाइ राजनीतिक दलबाटै भएको हो : अध्यक्ष ओली

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ५.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • २.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ३.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ४.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ५.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ६.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ७.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ८.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.