भालुबाङ्ग, श्रावण १० । शनिबार बेलुका अन्दाजी ८ः४५ बजेको समयमा बिद्युत् लाईन सर्ट हुदा राप्ती १ भालुवाङ्ग बजार निवासी रमेश कुमार गुप्ताको टिनको छाना भएको र इट्टाको दिवार भएको घरमा आगलागी हुदा रु. एक लाख बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
जसमा नगद रु. ३२ हजार , फ्रिज १ थान, सिलिङ्ग फ्यान २ थान, खाने तेल ५ लिटर, चिनि ५ किलो तथा शिरक, दसना, लत्ता, कपडा गरि अन्दाजी रु. १ लाख बराबरको धनमाल क्षति भएको छ ।
सो आगो निभाउन स्थानिय बासिन्दा, ईलाका प्रहरी कार्यालय भालुवाङ्ग र सशस्त्र प्रहरी बल नं. २९ जिल्ला हे.क्वा. भालुबाङ्ग र स्थानिय आशाका किरण नामक सस्थाका प्रतिनिधिहरु समेतको सयुक्त पहलमा सो आगो नियन्त्रणमा आएको ईलाका प्रहरी कार्यालय भालुबाङ्गका प्रमुख गोपाल न्यौपानेले जानकारी गराउनु भएको छ ।
घरधनि गुप्ता बाबुछोरा दुबै जना बिगत लामो समय देखि श्रम रोजगारीका शिलशिलामा भारतमा रहेको र श्रीमति र छोरी मात्र घरमा हुनुहुन्थ्यो । सो आगलागीबाट मानविय क्षति नभएता पनि परिवारका अन्य सदस्यहरु छिमेकीको आश्रयमा बस्नु परेको छ ।