नवराज पौडेल, कपिलवस्तु ।
अखिल नेपाल महिला संघ शिवराज नगर समिमिले नगरपालिकाको वडा नं ३ खरेन्द्रपुरमा संगठन निर्माण गर्नुका साथै ११० औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाएको छ ।
शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अखिल नेपाल महिला संघका जिल्ला सहसचिव विनिता अदैले महिलाहरुले अधिकार प्राप्तिका लागी शिक्षामा जागरुक हुनुपर्ने बताउनुभयो । महिलाका हक अधिकार कानुनमा लेखिएपनि व्यवहारमा लागु नभएको, अझै पनि महिलामाथि शोषण, दमन जारी रहेको बताउँदै उहाँले महिलाहरु सचेत बन्न संगठनमा आवद्ध हुनुपर्ने बताउनुभयो ।
राष्ट्रिय जनमोर्चाको संगठनात्मक अभियानकै क्रममा शनिबार नै कमला घिमिरेको अध्यक्षतामा खरेन्द्रपुरमा भेला सम्पन्न भएको छ । भेलाले १३ सदस्यीय अखिल नेपाल महिला संघ गठन गरेको छ । जसको उपाध्यक्षमा पुजा विक, सचिव टिकमाया भण्डारी, कोषाध्यक्ष शान्ती पुन, सदस्यहरु विमला अदै, सुमित्रा पन्थ, धनिकला अदै, विना अदै, सरिता भण्डारी, हरिकला खड्का, कमला अदै, चयन हुनु भएको छ । कुन्तकला खड्का र टिका कुमारी खत्रीलाई सल्हाकारमा चयन गरिएको छ ।
भेलालाई सम्बोधन गर्दै राजमो संगठनात्मक अभियान जिल्ला परिचालन समिति सदस्य एवम् अन्टुकका केन्द्रीय सदस्य केयर सिहं अदैले अन्तर्राष्ट्रिय महिला दिवसको बारेमा प्रकाश पार्दै पैतृक सम्पती समान हक र सम्वन्ध विछेदको स्वतन्त्रता कानुनमा नै उल्लेख हुनुपर्ने बताउनु भयो ।
नव निर्वाचित समितिलाई महिला संघ नगर अध्यक्ष हरिमाया भण्डारी, राजमो नगर समिति सदस्य इन्द्र बोहोरा र कमला सुनारले बधाई तथा शुभकामना दिनु भएको थियो ।
कपिलवस्तुको खरेन्द्रपुरमा राजमोको संगठन निर्माण
कपिलवस्तुकाे सिमावर्ती विजयनगर गाउँपालिकामा राजमाेकाे संगठन विस्तार
कपिलवस्तुमा जारी छ, राजमोको संगठन निर्माण अभियान
१६ वर्षपछि नेकपा छोडेर राजमोमै फर्किए अधिकारी
बहुजन समाजवादीका जिल्ला सचिव र राप्रपा नेत्री राजमोमा प्रवेश
दुई वर्षपछि कांग्रेस छोडेर मूल घर राजमोमै फर्किए रहिस र गौरी
नेकपा वडाअध्यक्ष र सदस्यका उम्मेदवारसहित सयौं जना राजमो प्रवेश
राजमो कपिलवस्तुको संगठनात्मक अभियान सदस्यता वितरणसँगै सुरु