नवराज पौडेल,कपिलवस्तु ।
Advertisement
राष्ट्रिय जनमोर्चा कपिलवस्तुको संगठनात्मक अभियान सोमबारबाट सुरु भएको छ । सोमबार शिवराज नगरपालिका–१ शिवपुरमा सदस्यता वितरण गरेर अभियानको सुरुवात गरिएको राजमो कपिलवस्तुले जनाएको छ ।
सोमबार बसेको राजमोको बैठकले अभियनको खाका तयार पारेको छ । जसमा शिवराज नगरपालिकामा सदस्यता वितरणलाई तिब्रता दिने र पाँच वटा टोल समिती गठन गर्ने योजना छ ।
अभियानमा जिल्ला कोषध्यक्ष चेत नारायण खनाल, अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक) का केन्द्रीय सदस्य केयर सिंह अदै, राजमो शिवराज नगर अध्यक्ष केयर सिंह पुन, अखिल नेपाल किसान महासंघका केन्द्रीय सदस्य कर्मराज चौधरी लगाएतको उपस्थिती रहेको थियो ।