• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन १८, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

गृहमन्त्रीको राजीनामा माग्दै मसालले सोध्यो– हिन्दु राष्ट्रसम्बन्धी मागमा सरकार सहमत भएको हो ?

मनसुनको प्रभाव कायम, कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान

सुस्तामा भारतीय एसएसबी नेपाली भूमिमा प्रवेश, निर्माणाधीन बाँध भत्काएपछि तनाव

मुलुक विदेशीको क्रीडाभूमि बन्न दिनु हुँदैन : नेपाल

जनताले १० दिनदेखि ग्यास अभावको सास्ती खेप्दै

संघीयताको औचित्यमाथि फेरि प्रश्न

गाउँगाउँमा सिंहदरबार कुरा मात्रै हो, सिंहदरबार त सिंहदरबारै हो नि

विश्वासको मतपछि लुम्बिनीमा मन्त्रिपरिषद् विस्तार गर्ने सहमति

गाडीमा कटहर बोक्दा अशुभ हुने अन्धविश्वासले किसान मारमा

लोकप्रिय समाचार

  • १. मसालको प्रश्न– सुनसरी घटनामा गृहमन्त्रीले राजीनामा दिनुपर्दैन ?

  • २. राजमोको बाइसौँ पार्टीस्कुलमा डा. सुमन्त बन्जाडेद्वारा प्रशिक्षण

  • ३. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ४. हिन्दु राष्ट्रको पक्षमा छैनौँ, त्यसले राजसंस्था फर्काउँछ : प्रधानमन्त्री बालेन

  • ५. शिक्षामन्त्री सस्मित पोखरेलले तत्काल राजीनामा दिनुपर्छ : जिसी

  • ६. राज्यसत्ता

  • ७. १२ मे १९८६ को आन्दोलनमा पक्राउ परेका ९५ जनालाई सम्मान गरिने

  • ८. मैले चिन्न नसकेको– ‘को आफ्‌नो, को पराई’

  • ९. सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

  • १०. प्रधानमन्त्री शाह र गृहमन्त्री गुरुङले तत्काल राजीनामा दिनुपर्छ : युवक संघ

उनन्तिसौँ विश्व आदिवासी दिवसप्रति अखिल नेपाल जनजाति सम्मेलनको शुभकामना


  •   बुधबार, साउन २४, २०८० मा प्रकाशित
  • काठमाडौँ । अखिल नेपाल जनजाति सम्मेलनले उनन्तिसौँ विश्व आदिवासी दिवस (अगस्त ९) को अवसरमा शुभकामना व्यक्त गरेको छ । सम्मेलनले त्यस सन्दर्भमा देशव्यापी रूपमा कार्यक्रम गर्ने पनि जानकारी दिएको छ ।

    Advertisement

    सम्मेलनका कार्यवाहक अध्यक्ष अमरध्वज रानाको हस्ताक्षरमा २०८० साउन २४ गते (अगस्त ९, २०२३) बुधबार सार्वजनिक गरिएको प्रेसवक्तव्यमा सो जानकारी दिइएको हो ।

    कावा अध्यक्ष रानाद्वारा जारी गरिएको प्रेसविज्ञप्तिमा अन्तर्राष्ट्रिय आदिवासी जनजाति आन्दोलनद्वारा प्राप्त उपलब्धिको रक्षाका लागि स्वयम् आदिवासी जनजाति नै सचेत र सङ्गठित हुनुपर्ने आवश्यकतामा जोड दिइएको छ । उहाँले ती उपलब्धि आफैमा पर्याप्त नभए पनि थप उपलब्धिका लागि सङ्घर्ष गर्नुपर्नेमा जोड दिनुपर्ने बताइएको छ ।

    नेपालको सन्दर्भमा २०६२–६३ सालको जनआन्दोलनको म्यान्डेटअनुसार बनेको २०७२ सालको संविधानमा लिपिबद्ध राजनीतिक उपलब्धि लोकतन्त्र, गणतन्त्र, धर्मनिरपेक्षता र समावेशिताको रक्षा गर्नुपर्ने बताइएको छ । अहिले देशमा प्रतिगामी शक्तिहरूले भारतीय साम्राज्यवादको आर्थिक सहयोग लिएर जनआन्दोलनको उपलब्धि उल्ट्याउन देशलाई राजतन्त्र तथा हिन्दु राष्ट्रस्थापनाको प्रयासमा लागेको बताउँदै वक्तव्यमा त्यसको रक्षार्थ आदिवासी जनजातिसहित सम्पूर्ण जनआन्दोलनका पक्षधर शक्तिहरू एकजुट हुनुपर्ने आवश्यकतामा जोड दिइएको छ ।

    पछिल्लो समयमा देशभित्र अमेरिकी साम्राज्यवादी हस्तक्षेप प्रत्यक्ष रूपमा नै आएकाले त्यसबाट जनआन्दोलनको उपलब्धि गुम्न सक्नेतर्फ वक्तव्यमा सचेत गराइएको छ । अमेरिकी साम्राज्यवाद जस्तो शक्तिशाली शक्तिसित जुध्न कठिन भए पनि विश्वभरिका न्यायपूर्ण जनताको सङ्गठित शक्तिले त्यो कार्यमा सफलता मिल्ने विश्वास वक्तव्यमा गरिएको छ । त्यसका साथै लोकतन्त्र, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशिता, जनजाति अधिकारको रक्षालगायतका न्यायपूर्ण सङ्घर्षमा होमिन उनन्तिसौँ विश्व आदिवासी दिवसले प्रेरणा दिने अपेक्षा पनि वक्तव्यमा गरिएको छ ।

    यस्तो छ, प्रेसवक्तव्यको पूर्ण पाठ :

    “सर्वप्रथम हाम्रो सङ्गठन अखिल नेपाल जनजाति सम्मेलन केन्द्रीय समितिको तर्फबाट उनन्तिसौँ विश्व आदिवासी दिवस अगस्त ९, २०२३ को अवसरमा देशविदेशमा रहनुभएका दाजुभाइ, दिदीबहिनीलाई शुभकामना व्यक्त गर्न चाहन्छौँ ।

    अगस्त ९ विश्व आदिवासी आन्दोलनको महत्त्वपूर्ण दिन हो । अगस्त ९, १९८२ का दिन संयुक्त राष्ट्र सङ्घले विश्वभरिका आदिवासी जनजातिका बारेमा अध्ययन गर्न र उनीहरूको मुद्दामामिला हेर्ने गरी आदिवासी जनजातिसम्बन्धी “आदिवासी कार्यदल” गठन गरेको थियो । १९९३ मा अस्ट्रियाको राजधानी भियनामा सम्पन्न साधारणसभाले १९९५–२००४ सम्मलाई दसकलाई “विश्व आदिवासी दसक” र ९ अगस्तलाई “विश्व आदिवासी दिवस” को रूपमा मनाउने घोषणा गरेको थियो । संयुक्त राष्ट्र सङ्घले आदिवासी जनजाति मामिला हेर्ने कार्यदल गठन गरेको र त्यो कार्यदलको औपचारिक बैठक अगस्त ९ का दिन बसेकाले त्यसलाई महत्त्व दिँदै विश्व आदिवासी दिवस मनाउने काम विश्वभरि प्रचलनमा रहेको छ । त्यसै अवसरमा नेपालमा पनि अखिल नेपाल जनजाति सम्मेलनको आयोजनामा ९ अगस्त अर्थात् २०८० साउन २४ गतेलाई देशव्यापी रूपमा विविध कार्यक्रमसहित उनन्तिसौँ विश्व आदिवासी दिवस मनाउन गइरहेका छौँ ।

    अहिले नेपालमा आदिवासी जनजाति आन्दोलनले धेरै उपलब्धिहरू! जस्तै : लोकतन्त्र, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशिता प्राप्त गरेको छ । यी सबै आदिवासी जनजाति आन्दोलनले स्थापित गरेका गरेका मुद्दा हुन् । यति मात्र पर्याप्त छैन, थप उपलब्धि प्राप्त गर्न लागि अझै थप आदोलनको आवश्यकता छ । ती उपलब्धिलाई मास्न देशीय प्रतिक्रियावादी र विदेशी साम्राज्यवादी शक्तिहरू लागिपरेका छन् । त्यसका साथै प्रतिगमन अहिले टड्कारो र गम्भीर समस्याको रूपमा आएको छ । विशेष गरेर नेपालको राजनीतिमा अमेरिकी साम्राज्यवाद नाङ्गो रूपमा आएको छ । फेरि पनि लोकतन्त्र, गणतन्त्र र धर्मनिरपेक्षता खतम गर्न र भारतीय जनता पार्टी, त्यसको सरकार र त्यसका समर्थकले हिन्दु राज्यको वकातत गर्न त्यसका पक्षधर दलका नेतालाई आर्थिक सहयोग उपलब्ध गराइरहेको तथ्य बाहिरिएको छ । त्यसैले त्यसका विरुद्ध नेपालका आदिवासी जनजातिले प्राप्त गरेका लोकतन्त्र, गणतन्त्र, धर्मनिरपेक्षताको रक्षा गर्दै प्रतिगमनको विरुद्धमा सङ्घर्ष गर्नु अहिलेको प्रमुख आवश्यकता हो ।

    त्यसैगरी, कालापानीमा भारतीय सेनाको कब्जा विरुद्धको सङ्घर्ष, अमेरिकी साम्राज्यवादका विभिन्न हस्तक्षेपकारी नीतिको विरुद्ध सङ्घर्ष, अमेरिकाको आफ्नो साम्राज्यवादी नीतिलाई कार्यान्वयन गर्नका लागि विभिन्न दलमाथि दबाब दिने जस्ता नीतिका विरुद्ध सङ्घर्ष गर्नुपर्दछ ।

    संसारको एउटा अत्यन्त शक्तिशाली साम्राज्यवादी शक्तिका विरुद्ध सङ्घर्ष गर्नु कठिन कुरा हो तैपनि शोषित, उत्पीडित जनताका विभिन्न तह र तप्काले क्रान्तिकारी जोस र उत्साहसहित गर्ने सङ्घर्षले जतिसुकै शक्तिशाली दुस्मनलाई पनि पराजित गर्न सक्छन् । तसर्थ, यो उनन्तिसौँ विश्व आदिवासी दिवस–२०२३ ले आदिवासी जनजातिसहित सम्पूर्ण शोषित, पीडित जनतालाई थप सङ्घर्षका लागि प्रेरणा प्रदान गरोस भन्ने शुभकामना व्यक्त गर्दछौँ ।”

    बुधबार, साउन २४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गृहमन्त्रीको राजीनामा माग्दै मसालले सोध्यो– हिन्दु राष्ट्रसम्बन्धी मागमा सरकार सहमत भएको हो ?
    मनसुनको प्रभाव कायम, कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान
    सुस्तामा भारतीय एसएसबी नेपाली भूमिमा प्रवेश, निर्माणाधीन बाँध भत्काएपछि तनाव
    मुलुक विदेशीको क्रीडाभूमि बन्न दिनु हुँदैन : नेपाल
    जनताले १० दिनदेखि ग्यास अभावको सास्ती खेप्दै
    संघीयताको औचित्यमाथि फेरि प्रश्न

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      मसालको प्रश्न– सुनसरी घटनामा गृहमन्त्रीले राजीनामा दिनुपर्दैन ?

    • २.
      राजमोको बाइसौँ पार्टीस्कुलमा डा. सुमन्त बन्जाडेद्वारा प्रशिक्षण

    • ३.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ४.
      हिन्दु राष्ट्रको पक्षमा छैनौँ, त्यसले राजसंस्था फर्काउँछ : प्रधानमन्त्री बालेन

    • ५.
      शिक्षामन्त्री सस्मित पोखरेलले तत्काल राजीनामा दिनुपर्छ : जिसी

    • ६.
      राज्यसत्ता

    भर्खरै

    • १.
      गृहमन्त्रीको राजीनामा माग्दै मसालले सोध्यो– हिन्दु राष्ट्रसम्बन्धी मागमा सरकार सहमत भएको हो ?

    • २.
      मनसुनको प्रभाव कायम, कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान

    • ३.
      सुस्तामा भारतीय एसएसबी नेपाली भूमिमा प्रवेश, निर्माणाधीन बाँध भत्काएपछि तनाव

    • ४.
      मुलुक विदेशीको क्रीडाभूमि बन्न दिनु हुँदैन : नेपाल

    • ५.
      जनताले १० दिनदेखि ग्यास अभावको सास्ती खेप्दै

    • ६.
      संघीयताको औचित्यमाथि फेरि प्रश्न

    • ७.
      गाउँगाउँमा सिंहदरबार कुरा मात्रै हो, सिंहदरबार त सिंहदरबारै हो नि

    • ८.
      विश्वासको मतपछि लुम्बिनीमा मन्त्रिपरिषद् विस्तार गर्ने सहमति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.