• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन १८, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

गृहमन्त्रीको राजीनामा माग्दै मसालले सोध्यो– हिन्दु राष्ट्रसम्बन्धी मागमा सरकार सहमत भएको हो ?

मनसुनको प्रभाव कायम, कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान

सुस्तामा भारतीय एसएसबी नेपाली भूमिमा प्रवेश, निर्माणाधीन बाँध भत्काएपछि तनाव

मुलुक विदेशीको क्रीडाभूमि बन्न दिनु हुँदैन : नेपाल

जनताले १० दिनदेखि ग्यास अभावको सास्ती खेप्दै

संघीयताको औचित्यमाथि फेरि प्रश्न

गाउँगाउँमा सिंहदरबार कुरा मात्रै हो, सिंहदरबार त सिंहदरबारै हो नि

विश्वासको मतपछि लुम्बिनीमा मन्त्रिपरिषद् विस्तार गर्ने सहमति

गाडीमा कटहर बोक्दा अशुभ हुने अन्धविश्वासले किसान मारमा

लोकप्रिय समाचार

  • १. मसालको प्रश्न– सुनसरी घटनामा गृहमन्त्रीले राजीनामा दिनुपर्दैन ?

  • २. राजमोको बाइसौँ पार्टीस्कुलमा डा. सुमन्त बन्जाडेद्वारा प्रशिक्षण

  • ३. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ४. हिन्दु राष्ट्रको पक्षमा छैनौँ, त्यसले राजसंस्था फर्काउँछ : प्रधानमन्त्री बालेन

  • ५. शिक्षामन्त्री सस्मित पोखरेलले तत्काल राजीनामा दिनुपर्छ : जिसी

  • ६. राज्यसत्ता

  • ७. १२ मे १९८६ को आन्दोलनमा पक्राउ परेका ९५ जनालाई सम्मान गरिने

  • ८. मैले चिन्न नसकेको– ‘को आफ्‌नो, को पराई’

  • ९. सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

  • १०. प्रधानमन्त्री शाह र गृहमन्त्री गुरुङले तत्काल राजीनामा दिनुपर्छ : युवक संघ

गृहमन्त्रीको राजीनामा माग्दै मसालले सोध्यो– हिन्दु राष्ट्रसम्बन्धी मागमा सरकार सहमत भएको हो ?


  •   सोमबार, साउन १८, २०८३ मा प्रकाशित
  • काठमाडौँ । नेकपा (मसाल) ले सुनसरी घटनाको सम्बन्धमा गृहमन्त्री सुधन गुरुङको राजीनामा माग्दै सरकारसित प्रश्न गरेको छ– केही दिनअघि कथित हिन्दु सङ्गठनले राखेको मागमा उल्लेखित हिन्दु राष्ट्रसम्बन्धमा सरकार सहमत भएको हो ?

    Advertisement

    महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०८३ साउन १८ गते सोमबार प्रेसविज्ञप्ति जारी गर्दै सो प्रश्न गरेको हो ।

    मसालले गत भदौ २३ गतेको घटनामा जस्तै अहिलेको सुनसरी घटनामा गृहमन्त्री नै जिम्मेवार हुनुपर्ने धारणा व्यक्त गरेको छ । त्यसका लागि गृहमन्त्री गुरुङलाई नै मसालले जिम्मेवार ठहर गरेको छ ।

    पार्टीले सरकारलाई बुझाइएको भनिएको उक्त मागपत्रमा भारतको राष्ट्रिय स्वयम्सेवक सङ्घका विचारको गन्ध आएको र त्यो मागपत्र मुख्यत: मुस्लिम विरोधी रहेको पनि स्पष्ट पारेको छ ।

    सङ्घीयताका कारण पनि देशमा साम्प्रदायिक सद्भाव खलबलिँदै गएको बताउँदै पार्टीले तत्कालै सङ्घीयताको खारेजीमा जोड दिएको छ ।
    गत बिहीबार पाकिस्तानको ब्रडपिक हिमाल आरोहण गर्दा निर्मल पुर्जा (निम्सदाइ) लगायत १० जनाको निधन भएकोमा पार्टीले श्रद्धाञ्जली तथा समवेदना व्यक्त गरेको छ ।

    निर्मलको निधनले नेपालको लागि मात्रै नभएर विश्वकै पर्वतारोही क्षेत्रका लागि क्षति पुगेको पार्टीको धारणा छ ।

    यस्तो छ, प्रेसवक्तव्यको पूर्ण पाठ :

    “महान् पर्वतारोही निर्मल पुर्जाको पाकिस्तानको काराकोरम हिमशृङ्खलामा अवस्थित ब्रडपिक हिमालयमा आरोहणको क्रममा निधन भएको छ । नेकपा (मसाल) ले उहाँप्रति उच्च सम्मान प्रकट गर्दै उहाँको शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछ ।

    निर्मल पुर्जा नेपालको मात्र होइन, विश्वको नै महान् पर्वतारोही हुनुहुन्थ्यो । उहाँले पर्वतारोहणको क्षेत्रमा कैयौँ विश्व कीर्तिमान कायम गर्नुभएको छ, जसमध्ये ६ दिनमा ८ हजाभन्दा अग्ला चौधोटा हिमालयको आरोहण गरेको विश्व कीर्तिमान उल्लेखनीय छ । उहाँका साथै ब्रडपिक हिमालयमा आरोहणको क्रममा मृत्यु भएका पृथ्वीबहादुर गुरुङ, किली पेम्बा शेर्पा, निमा शेर्पा, नवाङ थिम्डु शेर्पा र ग्याल्जेन शेर्पा तथा अन्य चार जना विदेशी आरोहीप्रति पनि हामीले उच्च सम्मान प्रकट गर्दछौँ ।

    निर्मल पुर्जाको त्यो निधन सम्पूर्ण नेपालको लागि नै ठुलो क्षति र दु:खको कुरा हो र उहाँको निधनको समाचारबाट सारा राष्ट्र नै स्तब्ध भएको छ । त्यस सन्दर्भमा मैले यो पनि बताउन चाहन्छु कि भौतिक रूपले म पर्वतारोही होइन तैपनि भावनात्मक रूपले पर्वतारोहणसित व्यक्तिगत रूपमा मेरो घनिष्ठ, आत्मीय र लामो सम्बन्ध रहेको छ । कसैले मेरो उपन्यास कामरेड जलजला पढ्नुभयो भने त्यो कुरा थाहा पाउनु हुनेछ । त्यो उपन्यास पूरा गर्न मलाई २३ वर्षको लामो समय लागेको थियो र त्यो पूरै अवधिभरि नै म पर्वतारोहणसित सम्बन्धित भएको थिएँ ।

    कामरेड जलजला उपन्यासकी एउटी प्रमुख पात्र सुनन्दा हुन् । उपन्यासका अन्य प्रमुख पात्रहरू जस्तै कि जलजला वा अजित थोरै समयको लागि मात्र उपन्यासमा देखा पर्दछन् तर सुनन्दा उपन्यासको प्रारम्भदेखि अन्तसम्म रहन्छिन् । उनी स्वयम् एउटी पर्वतारोही थिइन् । पछि उनी समाजसेवी वा गान्धीवादी र माक्र्सवादी–लेनिनवादी हुँदै जलजलामा रूपान्तरित हुन्छिन् ।

    जलजला एउटी वास्तविक पात्र हुन् र सुनन्दा एउटी काल्पनिक पात्र । सुनन्दाको चित्रण गर्ने सिलसिलामा मैले नेपालको हिमालयदेखि सबै महाद्वीपका उच्च हिमालय पर्वतारोहण र संसारका महान् पर्वतारोहीसमेतको चित्रण गरेको छु । उपन्यासमा पर्वतारोहणसम्बन्धी सामग्री जुटाउनका लागि भारतका धेरै पुस्तकालयमा गएर अध्ययन गरेको छु भने उत्तराखण्डका कैयौँ अग्ला पर्वतमा पनि मैले भ्रमण गरेको छु । भारत र युरोपका कैयौँ पुस्तकालयमा गएर मैले संसारका उच्च पर्वत शिखर महान् पर्वतारोही वा पर्वतारोहणको इतिहासको अध्ययन गरेको छु । मैले माउन्टेन फ्लाइटद्वारा नेपालका सगरमाथासहित उच्च हिमशिखरको भ्रमण गरेको छु । ती सबै सामग्री कामरेड जलजला उपन्यासमा प्रस्तुत गरिएका छन् । त्यसरी म स्वयम् पर्वतारोही नभए पनि पर्वतारोहणप्रति मेरो मनमा गहिरो आत्मीयता र भावनात्मक सम्बन्ध पनि रहेको छ । त्यसैले अहिले निर्मल पुर्जाको निधनको समाचार थाहा पाउँदा मलाई व्यक्तिगत रूपमा पनि धेरै दु:ख पुगेको छ र आफ्नो पार्टीका साथै मैले व्यक्तिगत रूपले पनि उहाँप्रति उच्च श्रद्धाञ्जली प्रकट गर्दछु ।

    सुनसरीबाट सुरु भएको तराईका कतिपय जिल्लामा भएको अशान्ति र त्यहाँ भएका घटनाप्रति हाम्रो पार्टीले गम्भीर चिन्ता प्रकट गर्दछ । नेपालमा कैयौँ धार्मिक सम्प्रदाय छन् तर नेपालको इतिहास वा समाजको यो विशेषता रहेको छ कि नेपालका विभिन्न धार्मिक सम्प्रदायका बिचमा सधैँ धार्मिक सहिष्ण्ॉता रहने गरेको छ । संसारका अरू कैयौँ देश र हाम्रो छिमेकी भारतमा समेत साम्प्रदायिक हिंसाको लामो इतिहास रहेको पृष्ठभूमिमा नेपालको यो विशेषताले विश्वस्तरमा नै ठुलो महत्त्व राख्दछ । अहिले देशमा कतिपय भागमा भइरहेका सद्भाव र्‍यालीले त्यो प्रकारको ऐतिहासिक विशेषताको प्रतिनिधित्व गर्दछन् तर त्यस प्रकारको ऐतिहासिक विशेषता भएको देशमा केही समयदेखि भइरहेका साम्प्रदायिक हिंसा अत्यन्त दु:खका कुरा हुन् र त्यसका पछाडि कुन कारणले काम गरिरहेको छ ? त्यसबारे गहिरो विश्लेषण गरेर त्यसको कारण पत्ता लगाउने र त्यसको निवारण गर्नुपर्ने आवश्यकताप्रति हाम्रो पार्टीले सम्पूर्ण नेपाली जनताको विशेष ध्यान आकर्षित गर्न चाहन्छ ।

    केही दशकयता नेपालमा जसरी साम्प्रदायिक, हिंसा देखा पर्न थालेका छन्, ती नेपालको संस्कृति र नेपाली माटोका उपज अवश्य पनि होइनन् । नेपालमा प्रवेश गर्न थालेका विभिन्न विदेशी धार्मिक सम्प्रदायका कारणले नै हाम्रो देशमा साम्प्रदायिक वैमनस्य वा हिंसाका लहर देखा पर्न थालेका छन् । सर्वप्रथमता भारतमा हिन्दु कट्टरपन्थी र साम्प्रदायिक राजनीति हाबी छ । मुस्लिमको विरोधको आधारमा नै त्यो राजनीति टिकेको छ वा बलियो भएको छ । भारतको राष्ट्रिय स्वयम्सेवक सङ्घ त्यसको मुख्य नेतृत्वदायी शक्ति हो । उनीहरूले भारतसँग जोडिएका नेपालको तराईका जिल्लामा घुसपैठ गरेर हाम्रो देशमा पनि योजनाबद्ध प्रकारले हिन्दु मुस्लिम साम्प्रदायिक दङ्गा गराउन षडयन्त्र गर्दैछन् । त्यो कारणले अहिले मात्र होइन, गत दशकमा पनि कैयौँपल्ट नेपालमा हिन्दु मुस्लिम दङ्गा हुने गरेका छन् ।

    भारतीय राष्ट्रिय स्वयम्सेवक सङ्घबाहेक नेपालमा प्रवेश गरेका इसाई वा मुस्लिम मदरसाका कारणले पनि यस प्रकारका साम्प्रदायिक सङ्केत देखा पर्ने गरेका छन् । नेपाली जनता पनि त्यस प्रकारका विदेशी धार्मिक साम्प्रदायिक असरबाट केही न केही प्रभावित हुने गरेका छन् ।
    कुनै धार्मिक सम्प्रदायलाई आफ्नो आस्थाअनुसार धार्मिक आचरण वा आजापूजा गर्नका लागि धार्मिक स्वतन्त्रता हुन्छ र त्यसलाई हामीले विरोध गर्दैनौँ तर धर्मको नाममा कुनै पनि प्रकारको अशान्ति मच्चाउने वा कुनै पनि प्रतिक्रियावादी र साम्राज्यवादी शक्तिको सेवा गर्ने कार्यलाई हामीले गलत मान्दछौँ र त्यसको कडा विरोध गर्दछौँ । त्यही कारणले नै नेपालजस्तो धार्मिक सहिष्ण्ॉताको परम्परा भएको देशमा साम्प्रदायिक अशान्ति र हिंसात्मक घटना पनि हुने गरेका छन् । त्यस प्रकारको अवस्थामा देशमा सबै धर्मको बिचमा साम्प्रदायिक एकताका लागि प्रयत्न गर्नुपर्ने आवश्यकतामा हाम्रो पार्टीले विशेष जोड दिन्छ र त्यो दिशामा भइरहेका सद्भावना र्‍यालीलाई स्वागत गर्दछ ।

    सुनसरीमा र पछि सिराहामा पनि प्रहरीको गोलीबाट जसरी कतिपय व्यक्तिको मृत्यु भयो र ठुलो सङ्ख्यामा मानिस घाइते पनि भए, त्यसका लागि हाम्रो पार्टीले गम्भीर दु:ख र क्षोभ प्रकट गर्दछ । यो स्पष्ट छ कि प्रशासन वा प्रहरीको गैरजिम्मेवारपनका कारणले नै त्यस प्रकारका दुखद घटना भएका हुन् । त्यहाँ जसरी घुँडाभन्दा माथिसमेत गोली प्रहार गरेर मानिसको मृत्यु भयो वा घाइते भए, त्यसका लागि प्रशासन वा प्रहरी नै जिम्मेवार छन् र त्यसका लागि मुख्य नैतिक जिम्मेवारी गृहमन्त्रीको नै हुन्छ । हामीले यो कुरा भदो २३ गतेको गोलीकाण्डका सन्दर्भमा पनि बताउँदै आएका छौँ र सुनसरी वा सिराहाका घटनाका सन्दर्भमा पनि त्यो कुरा स्पष्ट गर्न चाहन्छौँ । त्यस सन्दर्भमा गृहमन्त्रीले ती घटनाको नैतिक जिम्मेवारी लिएर राजीनामा दिनुपर्ने कुरा स्पष्ट छ । ती घटनाप्रति गृहमन्त्री कति धेरै गैरजिम्मेवार रहेका थिए भन्ने कुरा कतिपय सानातिना घटनामा पनि भेस बदलेर घटनास्थलमा छानबिनका लागि पुग्ने गृहमन्त्री सुनसरी वा सिराहामा त्यति गम्भीर घटना घट्दा पनि उनी त्यहाँ पुगेनन् र कैयौँ दिनपछि मात्र सुनसरीमा पुगे । त्यसबाट गृहमन्त्रीजस्तो देशको शान्तिव्यवस्थासित सम्बन्धित गम्भीर पदका लागि उनी उपयुक्त नभएको कुरा दिनको उज्यालोझैँ छर्लङ्ग छ ।

    समाचारमाध्यमले सिराहामा गृहमन्त्री र त्यहाँको हिन्दु मोर्चाका बिचमा छलफल भएर सहमतिसमेत भएको समाचार बाहिर ल्याएका छन् । हिन्दु मोर्चाले प्रस्तुत गरेको मागपत्रमा कैयौँ साम्प्रदायिक प्रकारका माग पनि राखिएका छन्, जसमा खास गरेर मुस्लिम विरोधी माग नै मुख्य छन् । ती मागमा भारतको राष्ट्रिय स्वयम्सेवक सङ्घको गन्ध आएको कुराको सजिलैसित अनुमान गर्न सकिन्छ । त्यस प्रकारका मागबाट नेपालको सांस्कृतिक परम्पराअनुसारको धार्मिक सहिष्ण्ॉता कायम गर्नुभन्दा पुन: धार्मिक साम्प्रदायिकतालाई प्रोत्साहित गर्ने नै बढी देखिन्छ । त्यसका साथै ती मागमा नेपाललाई हिन्दु राष्ट्र बनाउने कुरा पनि प्रस्तुत गरिएको छ, जो निश्चित रूपले नेपालको संविधान विरुद्ध छ । हिन्दु मोर्चाका त्यस प्रकारका मागमा सहमति भएको हो कि होइन ? त्यसबारे सरकारले तुरुन्त स्पष्टीकरण दिनुपर्ने आवश्यकता छ ।

    केही दिनपहिले कतिपय समाचारमाध्यमले दिएको समाचारअनुसार सशस्त्र प्रहरीले सरकारलाई एउटा प्रतिवेदन दिएको थियो, जसमा नेपालमा कार्यरत कतिपय धार्मिक सम्प्रदायका कारणले नेपालमा साम्प्रदायिकता वा अशान्ति फैलिने कुरा उल्लेख गरिएको थियो । त्यो प्रतिवेदनमा रुपन्देही, सर्लाही, धनुषा, बाँके, सप्तरी, मोरङ, बर्दिया, कपिलवस्तु, बारा, झापा, महोत्तरी, सुनसरी, रौतहट, वीरगन्ज आदि जिल्लामा तनावका घटना भएको हुनाले त्यसबारे विशेष ध्यान दिनुपर्ने आवश्यकतामा जोड दिइएको थियो । त्यो प्रतिवेदनमा तराई मधेसमा साम्प्रदायिक र जातीय द्वन्द्व गराएर समाजलाई विभाजित गर्ने तत्त्वहरू सक्रिय रहेको निष्कर्षसमेतको गोप्य प्रतिवेदन सरकारलाई बुझाइएको थियो । त्यो प्रतिवेदनमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (एनजिओ/आइएनजिओ) को सहयोगका कारणले पनि त्यस प्रकारको स्थिति उत्पन्न भएको कुराको उल्लेख गरिएको थियो ।

    तराईका विभिन्न जिल्लामा पैदा हुने त्यस प्रकारका साम्प्रदायिक घटनाबाट नेपालमा त्यस प्रकारको स्थिति उत्पन्न हुनका पछाडि विभिन्न विदेशी धार्मिक संस्थाको नै मुख्य भूमिका रहेको कुरामा कुनै शङ्का रहन्न । त्यो प्रतिवेदनमा तराईका त्यस प्रकारका घटना घटेका जिल्लाको जो लामो सूची दिइएको छ, त्यसले स्थितिको गम्भीरतालाई नै बताउँछ तर त्यसप्रति सरकारले समुचित ध्यान नदिएको हुनाले नै अहिले सुनसरी वा सिराहाका जस्ता घटना पनि हुन पुगेका छन् तर स्पष्ट छ, त्यस प्रकारका घटनाको पछाडि लामो सिलसिला रहेको छ र त्यसप्रति सम्पूर्ण नेपाली जनताको ध्यान जानुपर्ने आवश्यकता छ ।

    सङ्घीयताका कारणले पनि नेपालमा जातीय वा क्षेत्रीय वैमनस्यता वा तनाव बढेर गएको छ । नेपालमा पहिले सबै जाति आपसमा मिलेर बसेका थिए र देशमा कुनै जातीय वा क्षेत्रीय वैमनस्यता थिएन तर सङ्घीयताका कारणले देशमा जातीय र क्षेत्रीय वैमनस्यता धेरै नै बढेर गएको छ र त्यसका पछाडि पनि विदेशी शक्तिको मुख्य भूमिका भएको कुरा प्रस्ट छ । त्यसकारण सङ्घीयतालाई खारेज गर्नु पनि अहिले देशको ऐतिहासिक र राष्ट्रिय आवश्यकता भएको छ ।

    अन्तमा हामीले सबै मृतकका परिवारलाई क्षतिपूर्ति र घाइतेको समुचित चिकित्साका लागि समुचित ध्यान दिनका लागि सरकारको ध्यान आकर्षित गर्न चाहन्छौँ ।”

    सोमबार, साउन १८, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मनसुनको प्रभाव कायम, कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान
    सुस्तामा भारतीय एसएसबी नेपाली भूमिमा प्रवेश, निर्माणाधीन बाँध भत्काएपछि तनाव
    मुलुक विदेशीको क्रीडाभूमि बन्न दिनु हुँदैन : नेपाल
    जनताले १० दिनदेखि ग्यास अभावको सास्ती खेप्दै
    संघीयताको औचित्यमाथि फेरि प्रश्न
    गाउँगाउँमा सिंहदरबार कुरा मात्रै हो, सिंहदरबार त सिंहदरबारै हो नि

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      मसालको प्रश्न– सुनसरी घटनामा गृहमन्त्रीले राजीनामा दिनुपर्दैन ?

    • २.
      राजमोको बाइसौँ पार्टीस्कुलमा डा. सुमन्त बन्जाडेद्वारा प्रशिक्षण

    • ३.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ४.
      हिन्दु राष्ट्रको पक्षमा छैनौँ, त्यसले राजसंस्था फर्काउँछ : प्रधानमन्त्री बालेन

    • ५.
      शिक्षामन्त्री सस्मित पोखरेलले तत्काल राजीनामा दिनुपर्छ : जिसी

    • ६.
      राज्यसत्ता

    भर्खरै

    • १.
      गृहमन्त्रीको राजीनामा माग्दै मसालले सोध्यो– हिन्दु राष्ट्रसम्बन्धी मागमा सरकार सहमत भएको हो ?

    • २.
      मनसुनको प्रभाव कायम, कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान

    • ३.
      सुस्तामा भारतीय एसएसबी नेपाली भूमिमा प्रवेश, निर्माणाधीन बाँध भत्काएपछि तनाव

    • ४.
      मुलुक विदेशीको क्रीडाभूमि बन्न दिनु हुँदैन : नेपाल

    • ५.
      जनताले १० दिनदेखि ग्यास अभावको सास्ती खेप्दै

    • ६.
      संघीयताको औचित्यमाथि फेरि प्रश्न

    • ७.
      गाउँगाउँमा सिंहदरबार कुरा मात्रै हो, सिंहदरबार त सिंहदरबारै हो नि

    • ८.
      विश्वासको मतपछि लुम्बिनीमा मन्त्रिपरिषद् विस्तार गर्ने सहमति

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.