• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

प्रधानमन्त्री शाह र गृहमन्त्री गुरुङले तत्काल राजीनामा दिनुपर्छ : युवक संघ


  •   बिहिबार, साउन १४, २०८३ मा प्रकाशित
  • काठमाडौँ, साउन १४ । अखिल नेपाल युवक संघले सुनसरी जिल्लाको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनाको नैतिक तथा राजनीतिक जिम्मेवारी वर्तमान सरकारले लिनुपर्ने ठहर गर्दै प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुदन गुरुङको तत्काल राजीनामा माग गरेको छ।

    Advertisement

    संघका अध्यक्ष गणेश अधिकारीले बुधबार जारी गरेको प्रेस वक्तव्यमा उक्त घटनामा एक नागरिकको मृत्यु, सर्वसाधारण तथा सुरक्षाकर्मी घाइते हुनु तथा स्थानीय क्षेत्रमा त्रास र असुरक्षाको वातावरण सिर्जना हुनु दुःखद र चिन्ताजनक भएको उल्लेख गरिएको छ । संघले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

    वक्तव्यमा सुनसरीको घटना आकस्मिक नभई पछिल्लो समय विशेषगरी तराई क्षेत्रमा बढ्दै गएको धार्मिक अतिवाद, साम्प्रदायिक उत्तेजना, बाह्य शक्तिको प्रभाव तथा सामाजिक सद्भाव बिथोल्ने गतिविधिको परिणाम भएको दाबी गरिएको छ । यस्ता संवेदनशील विषयमा सरकारले समयमै आवश्यक राजनीतिक, प्रशासनिक र सुरक्षा संयन्त्र परिचालन गर्न नसक्दा परिस्थिति जटिल बनेको संघको भनाइ छ ।

    संघले घटनाका क्रममा सुरक्षा निकायबाट भएको बल प्रयोगमाथि पनि प्रश्न उठाएको छ । सामान्य तनावलाई संवाद, संयम र कानुनी प्रक्रियाबाट समाधान गर्नुपर्ने अवस्थामा बल प्रयोग भएको तथा उक्त बल प्रयोग आवश्यक, वैधानिक र समानुपातिक थियो वा थिएन भन्ने विषय स्वतन्त्र, निष्पक्ष र उच्चस्तरीय छानबिनबाट स्पष्ट हुनुपर्ने वक्तव्यमा उल्लेख छ । कानुन, मानवअधिकार र स्थापित कार्यविधिविपरीत कार्य भएको पुष्टि भए जिम्मेवारमाथि कानुनबमोजिम कारबाही गर्नुपर्ने माग पनि गरिएको छ ।

    राज्यको गुप्त सूचना प्रणाली, शान्ति–सुरक्षा व्यवस्थापन, प्रशासनिक समन्वय तथा संवेदनशील अवस्थाको पूर्वतयारीमा कमजोरी रहेको घटनाले उजागर गरेको दाबी गर्दै संघले यस्तो अवस्था सिर्जना हुनुमा सरकारको राजनीतिक उत्तरदायित्व रहेको जनाएको छ ।

    वक्तव्यमा लोकतान्त्रिक शासन व्यवस्थामा नागरिकको जीवन, सुरक्षा र कानुनी शासनको अन्तिम जिम्मेवारी सरकारकै हुने उल्लेख गर्दै राज्यको कमजोरीका कारण नागरिकले ज्यान गुमाउनुपरे त्यसको नैतिक र राजनीतिक जिम्मेवारी सरकारले लिनुपर्ने धारणा व्यक्त गरिएको छ। विगतका यस्ता घटनामा स्थापित राजनीतिक नैतिकताको मापदण्ड सुनसरी घटनामा पनि समान रूपमा लागू हुनुपर्ने संघको भनाइ छ ।

    संघले घटनाको स्वतन्त्र र उच्चस्तरीय छानबिन, सत्यतथ्य सार्वजनिक गर्न, दोषीमाथि कानुनबमोजिम कारबाही गर्न, मृतकका परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन, घाइतेहरूको निःशुल्क उपचार सुनिश्चित गर्न तथा भविष्यमा यस्ता घटना दोहोरिन नदिन सुरक्षा र प्रशासनिक सुधारका प्रभावकारी उपाय तत्काल कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ ।

    साथै, अखिल नेपाल युवक संघले सम्पूर्ण नेपाली नागरिकलाई साम्प्रदायिक विद्वेष, धार्मिक अतिवाद, विदेशी हस्तक्षेप, जातीय विभाजन र हिंसात्मक उक्साहटबाट सचेत रहँदै राष्ट्रिय एकता, सामाजिक सद्भाव, राष्ट्रिय स्वाधीनता, लोकतान्त्रिक अधिकार र कानुनी शासनको पक्षमा दृढतापूर्वक उभिन आह्वान गरेको छ ।

    बिहिबार, साउन १४, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.