• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

मसालको प्रश्न– सुनसरी घटनामा गृहमन्त्रीले राजीनामा दिनुपर्दैन ?


  •   बुधबार, साउन १३, २०८३ मा प्रकाशित
  • काठमाडौँ । सुनसरी घटनाको सन्दर्भमा नेकपा (मसाल) ले प्रश्न गरेको छ– ‘यस घटनामा गृहमन्त्रीले राजीनामा दिनुपर्दैन ?’

    Advertisement

    गत साल भदौ २३ गतेको गोलीकाण्डमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई जिम्मेवार ठहर्‍याइएजस्तै यस सन्दर्भलाई जोड्दै मसालले सो प्रश्न उठाएको हो ।

    महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०८३ साउन १३ गते बुधबार प्रेसवक्तव्य जारी गर्दै मसालले तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकले राजीनामा दिएको घटना सरकारलाई स्मरण गराएको छ ।

    मसालले सुनसरी घटनाको सन्दर्भमा त्यस क्षेत्रमा इसाई, हिन्दु र मुस्लिमका धार्मिक गतिविधि बढ्दै गएको निष्कर्ष निकालेको छ । त्यसले साम्प्रदायिक घटना निम्त्याउन सक्नेतर्फ मसालले सचेत गराएको छ ।

    त्यस्तै सुनसरी घटनामा प्रहरीले अनावश्यक बलप्रयोग गरेको पनि मसालको अर्को निष्कर्ष छ । प्रचलित कानुनबमोजिम घुँडामुनि गोली हान्नुपर्नेमा कम्मरमुनि गोली लागेकोमा त्यसका लागि गृहमन्त्री गुरुङ जिम्मेवार रहेको मसालको भनाइ छ ।

    यस्तो छ, प्रेसवक्तव्यको पूर्ण पाठ :

    “सुनसरीको घटनाप्रति नेपाल कम्युनिस्ट पार्टी (मसाल) को गम्भीर ध्यान आकर्षित भएको छ । हामीले त्यहाँको घटनापछिको कारणबारे वस्तुगत तरिकाले अध्ययन गर्ने प्रयत्न गरेका थियौँ । त्यसपछि हामी दुईओटा निष्कर्षमा पुगेका छौँ : प्रथम– त्यो क्षेत्रमा विभिन्न विदेशी धार्मिक सम्प्रदायको गतिविधि निकै नै बढेर गएको छ । त्यहाँ सर्वप्रथम उच्च पहाडी क्षेत्रमा इसाई धर्मावलम्बीको गतिविधि धेरै नै बढेर गएको छ र उनीहरूको बढी झुकाव जातिवादतिर नै छ । त्यसका साथै त्यो क्षेत्रमा भारतका कट्टर हिन्दुवादी वा उनीहरूको संस्था राष्ट्रिय स्वयम्सेवक सङ्घको क्रियाकलाप पनि बढेर गएको छ । उनीहरूले सधैँ खास गरेर नेपालको तराईमा मुस्लिमका विरुद्ध साम्प्रदायिक गतिविधि बढाउने प्रयत्न गरिरहन्छन् । त्यसले गर्दा नेपालमा प्रायश: साम्प्रदायिक दङ्गा हुने वा अशान्तिको वातावरण पैदा हुने गर्दछ । त्यही प्रकारले त्यहाँ मदरसाको क्रियाकलाप पनि बढेर गएको छ । तराईमा रोहिङ्ग्या मुस्लिमको घुसपैठ बढेको बारेमा कैयौँ सञ्चारमाध्यमले आशङ्का व्यक्त गरिरहेका छन् । उक्त कारणले गर्दा सुनसरीमा प्राय: साम्प्रदायिक घटना घटिरहन्छन् र अहिलेको घटनाका पछाडि पनि मुख्य रूपले हिन्दु र मुसलमानका बिचको तनाव नै जिम्मेवार छ ।

    द्वितीय– अहिले सुनसरीको घटनालाई पुलिस प्रशासनको अवाञ्चित प्रकारको कारबाहीले पनि बढी उत्तेजित बनाउने काम गर्‍यो । त्यहाँ हिन्दु र मुस्लिमको सामान्य प्रकारको तनावको अवस्थामा प्रहरीले अनावश्यक रूपले बलप्रयोग गरेको कारणले पनि त्यहाँको अवस्था बढी गम्भीर हुन पुग्यो । त्यहाँ प्रहरीले पूर्व सूचना नदिईकन अन्धाधुन्ध प्रकारले गोली चलाएको, त्यसका साथै प्रचलित नियमका विरुद्ध कैयौँ जनालाई घुडामाथि पनि गोली हानेका तथ्य बाहिर आएका छन् । बताइरहनुपर्ने आवश्यकता छैन कि त्यसका लागि नैतिक रूपले गृहमन्त्री नै जिम्मेवार छन् र हुन्छन् पनि ।

    भदौँ २३ को गोलीकाण्डमा प्रधानमन्त्री त्यहाँ उपस्थित नभए पनि नैतिक रूपले उनी नै जिम्मेवार हुनुपर्दथ्यो र त्यही कारणले उनले र गृहमन्त्रीले पनि राजीनामा दिएका थिए । सुनसरीको घटनाको लागि गृहमन्त्री नै जिम्मेवार भएको हुनाले के उनले पनि राजीनामा दिनुपर्ने आवश्यकता छैन ? यो गम्भीर रूपले विचारणीय प्रश्न हो ।”

    बुधबार, साउन १३, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.