काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा बुधबार जिल्ला अदालतमा अभियोग पत्र दर्ता भएको छ ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले ३० जना अभियुक्तविरुद्ध ५ कसुरमा अभियोगपत्र दायर गरेको हो ।
पक्राउ परेका १६ सहित ३० जनालाई अभियुक्त बनाइएको छ। उनीहरुलाई ठगी, संगठित अपराध, सरकारी लिखत किर्ते, राज्यविरुद्धको कसुर र एकीकृत कसुरमा सजाय माग गरिएको छ।
अभियोगमा प्रतिवादीका बयानसँगै अन्य प्रमाण समेत पेश गरिएको छ। प्रतिवादीहरुका मोबाइलमा भेटिएका प्रमाण र आर्थिक लेनदेन मुख्य प्रमाण देखिएका छन्। यस्तै अन्य पनि गरी ४३ वटा दसी प्रमाण जुटाएको अभियोगमा उल्लेख छ।
यि हुन् अभियुक्तहरु
यो प्रकरणमा पक्राउ पर्नेमा नेकपा एमालेका नेता एवम् पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, नेपाली कांग्रेसका नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाँण, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, हज समितिका अध्यक्ष शमशेर मियाँ, पूर्वसभासद् आङटावा शेर्पा, तत्कालीन गृहमन्त्री खाँणका स्वकीय सचिव नरेन्द्र केसी, टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी रहेका छन्।
यस्तै, केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई, टंक गुरुङ, गोविन्द चौधरी र रामशरण केसी पनि प्रहरी हिरासतमा छन्।
फरार रहेका बचन झा, रमा थापा र गोकुल थापालाई पनि प्रहरीले संलग्न देखिएको बताए पनि अहिलेको मुद्दामा भने प्रतिवादी छैनन्।
फरार रहनेमा पूर्व गृहमन्त्री बादलका छोरा प्रतिक र सुरक्षा सल्लाहकार इन्द्रजितका छोरा निरजसहित छन्।
यस्तै केशव तुलाधार, अशोक पोख्रेल, लक्ष्मी महर्जन, धीरेन राई, मोहन राई, दीपा हुमागाईं, सुनिल बुढाथोकी, विनिता लिम्बू,
निरञ्जन कुमार खरेल, राजेश अर्याल, हरिभक्त महर्जन र आशिष बुढाथोकी रहेका छन्।
यस्ता छन् प्रहरीले जुटाएका प्रमाण




