लिबाङ । रोल्पामा राष्ट्रिय जनमोर्चाको सङ्गठनात्मक गतिविधि तीव्र भएको छ । सदरमुकाम लिबाङमा आगामी जेठ ६ र ७ गते हुने जिल्ला सम्मेलनको सन्दर्भमा राजमो सक्रिय बनेको हो ।
जिल्ला सल्लाहकार हस्तमणि पुनले दिनुभएको जानकारीअनुसार जिल्ला सदस्य केबी थापासहितको टोलीले रुन्टिगढी र थबाङ गाउँपालिकामा राजमोको भेला सम्पन्न गरी वडा तथा टोल समिति गठन गरेको छ ।
त्यस क्रममा वैशाख १ गते थबाङको वडा नं. १ मा वडाभेला सम्पन्न भएको छ । भेलाले राजेन्द्र घर्ती अध्यक्ष रहनुभएको राजमोको वडासमिति गठन गरेको छ । समितिको उपाध्यक्षमा धाते बुढा, सचिवमा आशा बुढा र कोषाध्यक्षमा जितकुमारी बुढा रहनुभएको छ ।
त्यस्तै सदस्यहरूमा मनकुमारी घर्ती, जयकिशोर घर्ती, हिम्मत बुढा, धनमाया बुढा, ज्योतिमाया घर्ती, दिलबहादुर बुढा र शक्ति घर्ती रहनुभएको छ ।
भेलाले रेगमान बुढा, धनप्रसाद बुढा र बिर्खबहादुर बुढालाई सल्लाहकारमा चयन गरेको छ ।
यसअघि २०७९ चैत २८ गते रुन्टिगढी गाउँपालिकाको वडा नम्बर ८ स्याउलिबाङमा सम्पन्न भेलाले टोल समिति गठन गरेको थियो ।
कुमारी बस्नेत अध्यक्ष रहनुभएको सो समितिको उपाध्यक्षमा लक्ष्मी रोका, सचिवमा टेकबहादुर बस्नेत, कोषाध्यक्षमा दिलकुमारी रोका तथा सदस्यहरूमा कमानसिंह पुन, थमन रोका र रुक्मिणी रोका रहनुभएको छ ।
त्यस्तै, चैत २४ गते सोही वडाको हाङबाङमा राजमोको टोल समिति गठन भएको छ ।
डम्बरबहादुर परियार अध्यक्ष रहनुभएको सो समितिमा उपाध्यक्ष भागिराम परियार, सचिवमा धनबहादुर विक, कोषाध्यक्षमा सङ्गिता विक तथा सदस्यहरूमा सुन्तली परियार, जमकला परियार, रामबहादुर विक, दिलबहादुर विक, मनिराम विक, दीपक परियार र गोविन्द परियार रहनुभएको छ ।
एवम् प्रकारले सोही पालिकाकै वडा नं. १ नापलमा पनि गत चैत १९ गते राजमोको भेला सम्पन्न भएको थियो ।
भेलाले कुलबहादुर विक अध्यक्ष रहनुभएको राजमोको टोल समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा तुलसी विक, सचिवमा चित्रबहादुर भण्डारी, कोषाध्यक्षमा दिलबहादुर डाँगी तथा सदस्यहरूमा दिलकुमारी विक, धनबहादुर डाँगी र डण्डुभाइ भण्डारी रहनुभएको छ ।