नवलपुर । रक्तिम सांस्कृतिक अभियान नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) काे जिल्ला भेला सम्पन्न भएको छ । भेलाले कृष्ण गिरीको अध्यक्षतामा जिल्ला समिति चयन गरेको छ ।
८ सदस्यीय जिल्ला समितिको उपाध्यक्षमा कोपिला तामाङ, सचिव सुरेश थापा, कोषाध्यक्ष सफलता ढुङ्गाना, सदस्यहरु कृणा अस्लामी, शाहिल पेमि, समिर सुनार, आनिमा राई र गोबिन्द अम्बै चयन हुनुभएको छ ।
साे भेला रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय उपाध्यक्ष हेमराज आश्रमको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य भागिरथ भट्टराई, अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक) का केन्द्रीय कार्यवाहक महासचिव शालिकराम सापकोटा, राष्ट्रिय जनमोर्चा नवलपुरका सल्लाहकार चन्द्र सापकोटा, अखिल नेपाल युवक संघ नवलपुरका कार्यवाहक अध्यक्ष गोविन्द अम्बै लगायत नेता कार्यकर्ताको ऊपस्थिति थियो ।
भक्त बहादुर ऊचैको अध्यक्षतामा सम्पन्न भेलाको सञ्चालन कृष्ण गिरिले गर्नुभएको थियो ।