• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, कार्तिक १२, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

अर्नब चक्रवात कमजोर हुँदै, नेपालमा आंशिक वर्षा र हिमपात हुन सक्ने

सम्पत्ति शुद्धीकरणले ‘मालपानी’ लाई नछोएकोमा आश्चर्य

ब्राजिलमा भ्रष्टाचार आरोपित बोल्सोनारोलाई अमेरिकाले ‘असल मानिस’ भन्दै भिसा दिने

माओलाई तानाशाह भनेकोमा एमबाप्पेले मागे माफी

स्पेनमा दुई रेल ठोक्किँदा कम्तीमा ३० जनाको मृत्यु

शरद्मा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

भक्तपुरमा बिहीबारदेखि पुस्तक प्रदर्शनी सुरु

बाढीपछि फेरिएको पाल्पाको ‘रानीमहल’

नेप्से परिसूचक बढ्यो

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ७. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ८. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ९. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • १०. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

२५ बैंकले रु चार अर्ब ६७ करोड ब्याज फिर्ता गर्नुपर्ने, कुन बैँकले कति ?


  •   बिहिबार, पुष १४, २०७९ मा प्रकाशित
  • रमेश लम्साल र शङ्कर श्रेष्ठ
    काठमाडौँ । सम्झौताविपरीत बढी प्रिमियम लिएका २५ वाणिज्य बैंकले रु चार अर्ब ६७ करोड ऋणीलाई फिर्ता गर्नुपर्ने भएको छ ।

    Advertisement

    कर्जा प्रवाह गर्दा ऋणीसँग गरिएको सम्झौताविपरीत प्रिमियम थप गरेपछि वाणिज्य बैंकहरूलाई नेपाल राष्ट्र बैंकले नियमविपरीतको प्रिमियम फिर्ता गर्न निर्देशन दिएको हो ।

    ब्याजदर फिर्ता गर्ने प्रतिबद्धता नजनाए लेखापरीक्षण प्रतिवेदन नै स्वीकृत नगर्ने केन्द्रीय बैंकको अडानपछि बैंकहरु सो रकम फिर्ता गर्न तयार भएका हुन् । राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले २५ बैंकलाई सो बराबरको रकम फिर्ता गर्न निर्देशन दिइएको जानकारी दिनुभयो ।

    बैंक तथा वित्तीय संस्थाले प्रत्येक आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन राष्ट्र बैंकबाट स्वीकृत गराउनुपर्छ । उक्त प्रतिवेदन स्वीकृत भएपछि मात्रै लाभांश घोषणा गर्ने र साधारणसभा बोलाउने बाटो खुला हुन्छ । यो वर्ष लेखापरीक्षण प्रतिवेदन पेश गरेका बैंकहरूलाई राष्ट्र बैंकले अनधिकृतरूपमा लिइएको ब्याज यकिन गरी फिर्ता गर्ने प्रतिबद्धतापछि मात्रै प्रतिवेदन स्वीकृत गर्ने नीति लिएको हो ।

    हालसम्म २५ वाणिज्य बैंकको लेखापरीक्षण प्रतिवेदन स्वीकृत भइसकेको छ । तीमध्ये सबैले रकम फिर्ताको प्रतिबद्धता जनाएका छन् ।

    कृषि विकास बैंकको भने अहिलेसम्म पनि वित्तीय विवरण स्वीकृत नभएकाले सो बैंकले अनधिकृतरूपमा ब्याज लिए/नलिएको वा लिएको भए कति लिएको थाहा हुन बाँकी छ । यो समेत गर्दा यस्तो रकम थप बढ्न सक्ने अवस्था रहेको राष्ट्र बैंकले जनाएको छ ।
    कुन बैंकको फिर्ता गर्नुपर्ने रकम कति ?

    राष्ट्र बैंकले उपलब्ध गराएको तथ्याङ्कानुसार एउटै बैंकले रु ४८ करोडसम्म बढी ब्याज असुल गरेको पाइएको छ । सबैभन्दा कम ब्याज रकम असुलेको बैंकले पनि फिर्ता गर्नुपर्ने र रु सात करोडभन्दा बढी रकम फिर्ता गर्नुपर्ने अवस्था छ ।

    राष्ट्र बैंकका अनुसार एनआइसी एसिया बैंकले रु ४८ करोड, नबिल बैंकले रु ४७ करोड, ग्लोबल आइएमई बैंकले रु ४५ करोड, सिद्धार्थ बैंकले रु ३३ करोड, बैंक अफ काठमाण्डूले रु ३६ करोड, प्राइम कमर्सियल बैंकले रु २६ करोड, राष्ट्रिय वाणिज्य बैंकले रु २५ करोड तथा कुमारी बैंकले रु २० करोड ब्याज फिर्ता गर्नुपर्ने भएको छ ।

    त्यस्तै सनराइज बैंकले रु १९ करोड, एनएमबि बैंकले रु १६ करोड, नेपाल बैंक, प्रभु बैंक र एभरेष्ट बैंकले रु १५–१५ करोड, लक्ष्मी बैंकले रु १३ करोड, हिमालयन, नेपाल इन्भेष्टमेन्ट र सिटिजन्स बैंकले रु १२–१२ करोड, मेगा, सिभिल र सानिमा बैंकले रु ११–११ करोड, एनसिसी बैंकले रु नौ करोड, सेञ्चुरी र नेपाल एसबीआई बैंकले रु सात–सात करोड फिर्ता गर्नुपर्ने देखिएको छ । त्यसमध्ये सबैले उक्त रकम फिर्ता गर्ने प्रतिबद्धता जनाइसकेका छन् ।

    किन फिर्ता भयो लिइसकेको ‘ब्याज’ ?
    बढ्दो आयात र शोधनान्तर घाटाका कारण नेपालको वित्तीय बजारमा लगानीयोग्य पूँजीको अभाव भएको र बजारमा नयाँ पूँजीको माग भए पनि आपूर्ति हुन नसक्दा बजारको ब्याजदरसमेत बढ्दै गएको छ ।

    अहिले वाणिज्य बैंकहरूले मुद्दति निक्षेपमा १२दशमलव१३ प्रतिशत ब्याज दिँदै आएका छन् । विकास बैंकहरूले १२दशमलव८५ तथा फाइनान्स कम्पनीहरूले १३ दशमलव३५ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेका छन् । सबै प्रकारका संस्थाले रेमिट्यान्स निक्षेपमा थप एक प्रतिशत विन्दुले ब्याज दिँदै आएका छन् । मुद्दति निक्षेपसँगै बचत निक्षेपको ब्याजदर पनि स्वत: बढ्ने कारणले बैंकहरूको लागत बढ्दै गएको छ । यसको प्रत्यक्ष असर आधार दरमा पर्दा बैंकहरूको ब्याजदर बढ्दै गएको हो ।

    आधारदर बढेका कारणले ब्याजदर बढ्नुलाई स्वभाविक नै मानिन्छ । परिवर्तित ब्याजदर प्रणालीअनुसार ऋण लिएका ग्राहकले बैंकको त्रैमासिक आधार दरमा निश्चित प्रतिशत प्रिमियम थपेर ब्याजदर तिर्नुपर्छ । आधारदर बढ्दा ऋणको ब्याजदर स्वत: बढ्दै जान्छ ।
    तर बैंकहरूले भने बढेको आधार दरमात्रै नभएर प्रिमियमसमेत बढाएर ग्राहकसँग ब्याजदर लिएको भेटिएको छ । यसलाई राष्ट्र बैंकले अनधिकृत भन्दै सम्पूर्ण रकम फिर्ता गर्न भनेको हो ।

    वित्तीय संस्थामा पनि समस्या,
    त्यसो त बैंकहरूमा मात्रै नभएर विकास बैंक तथा वित्त कम्पनीमा पनि यस्तै समस्या भए पनि त्यसको यकिन तथ्याङ्क भने छैन । राष्ट्र बैंक वित्तीय संस्था सुपरीवेक्षण विभागका कार्यकारी निर्देशक पिताम्बर भण्डारीले विकास बैंक र वित्तीय संस्थाले बढी प्रिमियम लगाएर ब्याजदर फिर्ता गरे/नगरेको आफूहरूले हेर्ने गरेको र बढी देखिए फिर्ता गराउने गरेको बताउनुभयो । यद्यपि बैंकहरूमा जस्तो ठूलो आकार विकास बैंकहरूहमा नभएको उहाँको भनाइ थियो ।

    वित्तीय संस्थामा पनि यो समस्या नै नभएको भन्ने त होइन तर बैंकहरूको जस्तो ठूलो समस्याचाहिँ छैन, कार्यकारी निर्देशक भण्डारीले भन्नुभयो, जुन–जुन संस्थाले ब्याज बढी लिएका छन्, तिनलाई हामीले फिर्ता गर्न भनेका छौँ । सबै संस्था आइनसकेकाले हामीले एकीकृत तथ्याङ्क सङ्कलन गरेका छैनौँ ।

    हालसम्म सञ्चालनमा रहेका १७ विकास बैंकमध्ये सातवटा र १५ फाइनान्स कम्पनी (समस्याग्रस्त बाहेक) मध्ये पाँचवटाको मात्रै वित्तीय विवरण राष्ट्र बैंकबाट स्वीकृत भएको राष्ट्र बैंकले जनाएको छ । (रासस)

    बिहिबार, पुष १४, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अर्नब चक्रवात कमजोर हुँदै, नेपालमा आंशिक वर्षा र हिमपात हुन सक्ने
    सम्पत्ति शुद्धीकरणले ‘मालपानी’ लाई नछोएकोमा आश्चर्य
    ब्राजिलमा भ्रष्टाचार आरोपित बोल्सोनारोलाई अमेरिकाले ‘असल मानिस’ भन्दै भिसा दिने
    शरद्मा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति
    भक्तपुरमा बिहीबारदेखि पुस्तक प्रदर्शनी सुरु
    बाढीपछि फेरिएको पाल्पाको ‘रानीमहल’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    भर्खरै

    • १.
      अर्नब चक्रवात कमजोर हुँदै, नेपालमा आंशिक वर्षा र हिमपात हुन सक्ने

    • २.
      सम्पत्ति शुद्धीकरणले ‘मालपानी’ लाई नछोएकोमा आश्चर्य

    • ३.
      ब्राजिलमा भ्रष्टाचार आरोपित बोल्सोनारोलाई अमेरिकाले ‘असल मानिस’ भन्दै भिसा दिने

    • ४.
      माओलाई तानाशाह भनेकोमा एमबाप्पेले मागे माफी

    • ५.
      स्पेनमा दुई रेल ठोक्किँदा कम्तीमा ३० जनाको मृत्यु

    • ६.
      शरद्मा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

    • ७.
      भक्तपुरमा बिहीबारदेखि पुस्तक प्रदर्शनी सुरु

    • ८.
      बाढीपछि फेरिएको पाल्पाको ‘रानीमहल’

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.